Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’

[caption id=\"attachment_168929\" align=\"alignnone\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । नेकपा एमालेले माओवादी केन्द्रसँगको वार्तालाई निर्णायक मोड दिन नयाँ मोडालिटी प्रस्ताव गर्ने भएको छ । अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले पार्टी एकतालाई छिटो टुंगोमा पुर्‍याउन एकीकृत पार्टीको नेतृत्वका विषयमा नयाँ मोडालिटी प्रस्ताव गर्ने निष्कर्ष निकालेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता लम्बिँदै जाँदा पनि ठोस आकार नलिएपछि एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरूलाई बोलाएर शनिबार निजी निवास बालकोटमा चार घन्टा गम्भीर परामर्श गरेका थिए । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीमबहादुर रावल र नेता सुवास नेम्वाङ मात्र सहभागी थिए । पछिल्लो वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठनअगावै एकीकृत पार्टीको नेतृत्व टुंगो लगाउनुपर्ने बताएपछि ओलीले शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् । ‘पार्टी एकतालाई सकेसम्म चाँडो, तर्कसम्मत, व्यावहारिक र सबैलाई चित्तबुझ्दो ढंगले अघि बढाउने मोडालिटी विकसित गर्नेबारेमा हामीले छलफल गर्‍यौँ,’ बैठकपछि वरिष्ठ नेता खनालले भने, ‘अहिले ठ्याक्कै भन्ने स्थिति बनिसकेको छैन । तर, हामीले दिएका सुझाबका आधारमा वार्ता प्रक्रियालाई उचाइमा पुर्‍याउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ ।’ प्रचण्डसँगको छलफलमा विभिन्न मोडालिटीमा छलफल हुँदै आए पनि कस्तो मोडालिटीका आधारमा वार्ता टुंग्याउने विषयमा भने खनालले प्रस्ट पारेनन् । सभामुख चयनमा निरंकुशता लादिएको आरोप एमाले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालनिकट सांसदहरूले प्रदेश ३ को सभामुख चयनमा निरंकुशता लादिएको आरोप लगाएका छन् । संसदीय दलको बैठकमा छलफलै नगरी सभामुखमा सानु श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको भन्दै नेपालनिकट सांसदहरू अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, अरुण नेपाल, लक्ष्मण लम्साललगायतले विरोध जनाएका हुन् । उनीहरूले बहुमतको नाममा विधि र प्रक्रिया मिचेर निरंकुश ढंगले दल सञ्चालन गर्न खोजिएको भन्दै समानान्तर गतिविधि गर्ने चेतावनी दिएका थिए । ओलीसँगको शनिबारको छलफलमा नेता नेपाल र खनालले विधिसम्मत तरिकाले प्रदेश सभा दल सञ्चालन गर्न ध्यानाकर्षण गराएका थिए । ओलीले भने: लामो–लामो छलफलले पनि टुंगिएन बैठकमा अध्यक्ष ओलीले प्रचण्डसँग निरन्तर धेरै लामो–लामो ‘वन अन वन’ छलफल भए पनि एकताको मोडालिटी टुंगो लाग्न नसकेको ‘ब्रिफिङ’ गर्दै शीर्ष नेताहरूसँग सुझाब मागेका थिए । ‘प्रचण्डजीसँग एकताको मोडालिटी, सैद्धान्तिक–वैचारिक पक्ष कसरी मिलाएर कार्यदल बनाउनेबारे धेरै लामो–लामो छलफल भयो, तर अझै विषयहरू टुंगोमा पुग्न सकेनन् भन्दै अध्यक्षज्यूले ब्रिफिङ गर्नुभो,’ छलफलमा सहभागी एक नेताले भने । सरकार गठनबारे स्थायी समितिमा छलफल सरकार गठन, माओवादी केन्द्रसँगको पार्टी एकता, निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फको समानुपातिक सूची बुझाउनेलगायत विषयमा छलफल गर्न एमालेले आइतबार स्थायी समिति बैठक बोलाएको छ । बैठकमा अध्यक्ष ओलीले माओवादीसँगको एकताका विषयमा पनि ‘ब्रिफिङ’ गर्नेछन् । ओली–प्रचण्ड छलफलपछि एकता संयोजनको बैठक स्थायी समितिमा छलफल भएपछि पार्टी एकताका विषयमा ओली र प्रचण्डबीच छुट्टै कुराकानी हुने भएको छ । एक चरण वाम गठबन्धनका प्रमुख नेताबीच कुराकानी भएपछि मात्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने एक नेताले बताए । समितिबाट पार्टी एकता र सरकार गठनलगायत विषयमा महत्वपूर्ण निर्णय गर्ने भनिए पनि दुई नेताबीच एकताको मोडालिटीमा सहमति जुटिसकेको छैन । शुक्रबारै बैठक बोलाउने तयारी भए पनि एमाले प्रदेश संसदीय दलको निर्वाचन तथा माओवादी अध्यक्ष प्रचण्ड चितवन रहेका कारण छलफल भएन । प्रचण्ड आइतबार चितवनबाट काठमाडौं फर्किंदै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending