Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

यस्तो छ गोरखामा भारतीय हेलिकप्टरको दादागिरी

गोरखा,  भूकम्‍पको प्रभावबारे जानकारी लिन ११ दिनपछि गोरखा आइपुगेका प्रधानमन्त्री सुशील कोइरालासँग प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भारतीय हेलिकोप्टरले गर्दा घाइतेको उद्धार तथा राहत सामग्री ढुवानी गर्न समस्या परेको गुनासो गरेका छन्। अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा आइपुगेका प्रधानमन्त्रीसँग जिविसको सभाकक्षमा प्रजिअ अधिकारीले विपत्का बेला उद्धार गर्न आएको भारतीय हेलिकोप्टरले मनोमानी उडान गर्दा काम अव्यवस्थित भएको बताएका थिए। ‘प्रधानमन्त्रीलाई म के अनुरोध गर्न चाहन्छु भने भारतीय हेलिकोप्टरले हामीसँग कत्ति पनि समन्वय गरेन’ तिमल्सेनाले भने, ‘यसले गर्दा हामीलाई काम गर्न समस्या भयो ।’ साँझ सर्वपक्षीय बैठक गरेर भोलिपल्टका लागि घाइते र राहत सामग्री ओसार्न बनाएको तालिकाविपरीत भारतीय हेलिकोप्टरले उडान गर्दा काम अस्तव्यस्त भएको उनले प्रधानमन्त्रीसँग गुनासो गरे। ‘साँझ हामी सबै बसेर एउटा तालिका बनाउँछौं, ऊ कहिले उडाउँदैउडाउँदैन, कहिले भारतीय पत्रकारहरूमात्र लिएर उड्छ’ प्रजिअ तिमल्सेनाले भने, ‘कहिले गुम्दा पुर्याउन पठाएको खाद्यान्न बालुवामा झारेर आउँछ। कहिले जंगल र खोल्सामा खसालेर आउँछ।’ भारतीय हेलिकोप्टरको उडानबारे जिल्ला दैवी प्रकोप उद्धार समितिलाई पत्तो नहुने र पोखरा कार्यालयबाट पनि स्पष्ट भनाइ नआउँदा भारतीय हेलिकोप्टर सहयोग हो कि असहयोग हो बुझ्न नसकेको उनले बताए। भारतीय हेलिकोप्टरको मनोमानीकै कारण पालुङटार हवाईमैदानमा १७ ट्रक खाद्यान्न अलपत्र परेको प्रजिअ तिमल्सेनाले बताए। ‘उनीहरूलाई जिम्मा लगाएको १७ टन खाद्यान्न पालुङटारमै अलपत्र छ’ तिमल्सेनाले भने, ‘हामी आजित भएका छौं।’ भारतबाट ल्याएको पानीभुजा पनि आवश्यक नपर्ने भएकाले फिर्ता पठाइदिन प्रजिअ तिमल्सेनाले प्रधानमन्त्रीसँग आग्रह गरे। भारतीय वायुसेनाको एमआई १७ हेलिकोप्टर सदरमुकाम, बारपाक र पालुङटारबाहेक अन्य स्थानमा अवतरण गर्न नसक्ने र सानो एमआई १६ ले पनि मनोमानी उडान गरेपछि जिल्लाका राजनीतिक दलहरू आजित भएका छन्। सत्तारूढ नेपाली कांग्रेस, एनेकपा माओवादी र नेकपा(माओवादीले पनि संयुक्त विज्ञप्ति जारी गरी भारतीय हेलिकोप्टरको स्वेच्छाचारी गतिविधिको विरोध गरेका छन्। कांग्रेस सभापति हरिबहादुर घले, एमाओवादी अध्यक्ष लेखबहादुर थापा र नेकपा(माओवादीका इन्चार्ज परशुराम रम्तेलले विज्ञप्ति जारी गरी सहयोगका नाममा आफूखुसी उडान भरेर सरकारी संयन्त्रको खिल्ली उडाएकाले तत्काल यसखाले गतिविधि सच्याउन आग्रह गरेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: