Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भारतीय सञ्चार माध्यमले नेपालबाट केही सिकून्

नेपालमा आएको महाभूकम्पले एउटा नयाँ बहस जन्माएको छ । भारतीय सञ्चार माध्यमले समाचारको नाममा कसैको संवेदना र सम्प्रभुतासँग खेल्नु हुन्छ कि हुँदैन भनेर । नेपालबाट #गो होम इन्डियन मिडिया भन्ने ट्रेन्ड चलेपछि यसले नयाँ बहसलाई जन्म दिएको हो । पछिल्लो अवस्थासम्म यो ट्रेन्डमा सबैभन्दा तिखो प्रतिक्रिया भारतीयहरुले नै जनाइरहेका छन् । गो होम इन्डियन मिडिया भन्ने ट्रेन्डलाई सघाउँदै भारतबाट थप दुईवटा ट्रेन्ड पनि चलाइएका छन् । पहिलो #सरी नेपाल र दोस्रो # डन्ट कम ब्याक इन्डियन मिडिया । यो भारतीय सञ्चार माध्यप्रतिको चर्को अविश्वास र त्यसले निम्त्याएको असन्तुष्टि नै हो । भारतीय मिडिया नेपालमा आलोचित हुनु स्वाभाविक कुरा हो किनकि नेपाल रिपोर्टिङमा आएका अधिकांश भारतीय पत्रकारहरुमा ‘नेपाल एउटा सम्प्रभु राष्ट्र हो, यसको आफ्नै इतिहास छ’ भन्ने सामान्य ज्ञान समेत रहेको पाइँदैन । यहाँ भारतीय सञ्चार माध्यम र पत्रकार भन्दै गर्दा ती सबै पत्रकारहरु र सञ्चार माध्यम पर्दैनन्, जो नेपालप्रति अत्यन्तै संवेदनशीलताका साथ समाचार प्रकाशित गर्ने गर्दछन् । तर \'स्कुप\' र \'टिआरपी\' बढाउने नाममा तथा मोदीको शाखिलो हुन गरिने तुच्छ प्रचारवाजीले समग्र सञ्चारजगतलाई नै नराम्रो गरी झक्झक्याएको छ । यो समय नेपालसहित मुख्यतः भारतीय सञ्चार माध्यमका लागि आफ्नो संरचनाको पुनर्रसंरचना र पुनर्मूल्यांकन गर्ने अवसर पनि हो । भारतीय सञ्चार माध्यमको मूलधारले आफूलाई समीक्षा गर्न तयार हुनुपर्छ । नेपालमा आएर भारतीय सञ्चार माध्यमले देखाएको सबैभन्दा असहिष्णु र पचाउनै नसकिने व्यवहार भनेको नेपालको राष्ट्रियताई भारतीय कुनै राज्यसँग दाज्ने भूल गर्नु नै हो । तर, हामी नेपाली सञ्चारकर्मीलाई भने यो भूल नभएर नियोजित रुपमा गरिने गतिविधि लाग्ने गर्दछ, जुन भारतीय सत्तापक्षको सोचलाई मिडियामार्फत जनमत निर्माण गर्न तयार गरिन्छ । भारतीय सञ्चार माध्यमको अस्वाभाविक गतिविधि हामीले रिपाेर्टिङ नाममा भारतीय सैनिकहरुको पछि लागेर आउँदा र त्यसका केही फुटेजहरु हेर्नासाथ शंकाको दृष्टिबाट हेरेका थियौं । तर, उद्धारको नाममा नेपाल भित्रिएकाहरुलाई हामीले त्यसबेला नै प्रतिक्रिया जनाउनु हतारो हुन्थ्यो । तर, हामीले सबै घटनालाई नियालिरहेका थियौं । नेपालमा भारतीय सञ्चार माध्यमको काँधमा बन्दुक राखेर भारतीय सत्ताले जनमत निर्माण (मुख्यतः मोदीको भक्तिगान) को अभियान चलाइरहेकै सन्दर्भमा नेपालमा भने यसले राष्ट्रिय सम्प्रभुतामै हस्तक्षेप गरिरहेको महशुस भैरहेको थियो । नेपालमा राष्ट्रियताको आगो सल्किरहँदा यसै सन्दर्भमा बीबीसी हिन्दी सेवामा सिक्किम बिलयका मुख्य योजनाकार बीएस दाससँग सिक्किम बिलयबारे चर्चा गरियो । के यो संयोग मात्रै थियो ? नेपालमा राहतको नाममा छद्म कूटनीतिक युद्ध लडिरहेका भारतीयहरु, जसलाई भारतीय विदेश विभागका अधिकारीहरुले ‘डिजास्टर डिप्लोमेसी’ को संज्ञा दिएका छन् । त्यसलाई भारतीय मिडियामार्फत लडिनु थियो तर, त्यही मिडियाले ठीक प्रोजेक्सन गर्न नसकेकै हो । त्यसको उदाहरण पाकिस्तानबाट पठाइएको \'बिफ का मसला\' भन्ने समाचार थियो । भारतीय सञ्चार माध्यममा उद्धारको प्रचार गरेर चीनको सूचना लिने प्रयास गर्नु र झुक्किएर आफ्ना हेलिकप्टर चिनियाँ सीमामा पुगे भन्दै त्यसको स्विकारोक्ति गर्नुले भारतीय सत्तापक्ष र खासगरी यसको नेतृत्व गरिरहेका मोदीको नियतलाई दर्शाउँछ । यो सही समय हो, जतिबेला भारतीय सञ्चार माध्यमले सत्ताको गुलियोमा भुल्न छाडेर जनताको पक्षमा समाचार सम्प्रेषण कसरी गर्ने भन्ने बारेमा आफ्नो समीक्षा गर्न पाउने छन् । आफूलाई सच्चाउँदै मानवीय संवेदना र अरुको सम्प्रभुतालाई प्राथमिकता दिनु पर्नेछ भन्ने जान्न पाउने छन् । भारतीय सञ्चार माध्यमले नेपालका सञ्चार माध्यमहरुसँग सिकून्– यो समय आफ्नो बचाउमा शब्द खर्च गर्ने समय होइन, आफूलाई सही मार्गमा हिँडाउन प्रयत्न गर्ने समय हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: