Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

सलमानले झारे आँसु

काठमाडौं, १२ बर्ष पुरानो \'हिट एण्ड रन\' मुद्धामा मुम्बईको एउटा अदालतले सलमान खानलाई दोषी ठहर गरेको छ । दोषी ठहर गरिएका सलमाललाई कति सजाए हुन्छ न्यायाधिसहरुले त्यसको छिट्टै फैसला गर्ने छन् । मुम्बई सत्र अदालतका अतिरिक्त सत्र न्यायाधिस डीडब्लू देशपाण्डेले भने– ‘सलमान खानमाथि नियोजित हत्याको मुद्धा ठहर भएको छ ।’ उनले सलमानले नशामा गाडी चलाई रहेको र उनका विरुद्ध सबै आरोपहरु सहि सावित भएको बताए । जमानतका लागि सलमानले हाइकोर्टको ढोकासम्म पुग्नु पर्ने हुन्छ । समाचार एजेन्सी पीटीआईका अनुसार जतिबेला न्यायाधिसले सलमानलाई दोषी ठहर गरे त्यससमय उनका आँखामा आँसु आएको थियो । न्यायाधिस देशपाण्डेले फैसला सुनाउँदै एलेस्टर परेरा र बीएमडब्लु मुद्धामा संजिव नन्दाको मुद्धालाई हवाला दिएको छ । बीबीसी संवाददाता मधु पालले दिएको जानकारी अनुसार अदालतमा बहसका समय सलमानले आफु कयौं समयदेखि मानवताका लागि काम गरि रहेको बताएका थिए । उनले आफुले गरिरहेको कामलाई ध्यानमा राखेर सजाए दिनु पर्ने बताएका थिए । उनले आफु मानवता विरोधी नभएको बताए । सलमानले अदालतमा आफु जेल गएमा त्यसले धेरै जनालाई नोक्सानी हुने बताएक थिए । उनले आफुमाथि २०० करोडको जिम्मेवारी रहेको बताएका थिए । साथै सलमानले आफु अहिले विभिन्न संक्रमणको सिकार भएको तथा जेलमा गए झनै गम्भिर हुन सक्ने बताए आरोप २८ सितम्बर २००२ को राती नशामा गाडि हाँकेर फुटपाथमा सुती रहेका मानिसहरुमाथि गाडी चढाएको सलमान खानमाथि आरोप छ । सो घटनामा एकको ज्यान जानुका साथै अन्य चार घाईते भएका थिए । सलमान खानले यी आरोपहरु अस्विकार गर्दै आई रहेका थिए । सलमान खानका अनुसार त्यस समय न त उनले गाडी चलाएका थिए न त नशामा थिए । सलमान खानका ड्राइभर अशोक सिंहले पनि अदालतमा दिएको बयानमा उनले नै गाडी चलाई रहेका थिए र टायर पञ्चर भएका कारण सो दुर्घटना भएको थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: