Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भौतिक क्षतिको पुनःनिर्माणमा सहयोग गर्न दातृ निकायलाई आग्रह गरिने अर्थमन्त्रीको भनाई

काठमाडौँ, अर्थ मन्त्रालयले यही वैशाख १२ गते शनिबार आएको भूकम्पले पु¥याएको भौतिक क्षतिको पुनःनिर्माणमा सहयोग पु¥याउन दातृ निकायलाई आग्रह गर्ने भएको छ । यसका लागि मन्त्रालयले नेपालको आर्थिक एवम् सामाजिक विकासमा सहयोग गरिराखेका नेपालस्थित दातृ निकायसित छिट्टै छलफल गर्न लागेको अर्थमन्त्री डा रामशरण महतले जानकारी दिए । हामीले पुनःनिर्माणका लागि रु २०० अर्बको कोष स्थापना गर्ने सोच बनाएका छौँ, कोषमा नेपाल सरकारको तर्फबाट रु २० अर्ब राख्नेछौँ, अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आजसम्ममा चार अर्ब निकासा भइसकेको र सोमध्ये रु दुई अर्ब सम्बन्धित जिल्लाबाट वितरण कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । सो भूकम्पबाट हालसम्म सातहजार ५६२ जनाको मृत्यु, १४ हजार ३७६ घाइते, दुई लाख ५५२ घर क्षति, १४ जिल्ला अतिप्रभावित र ३१ जिल्ला प्रभावित भएका थिए । भूकम्पमा परी मृत्यु भएकालाई सरकारले किरिया खर्चबापत रु ४० हजार, मृतकका परिवारलाई रु एक लाख तथा घर मर्मतका लागि रु २५ हजार वितरण गरिराखेको छ भने घाइतेको निःशुल्क उपचार भइराखेको छ । ‘विनाशकारी भूकम्पबाट पीडितको सहयोगका लागि नगदमा भन्दा मूल्यबराबरको जिन्सी सहयोग बढी प्राप्त भइराखेकाले सहयोगको रकम बढी देखिएको हो’, अर्थमन्त्री डा महतले भने । उनले अब हामीले नगदमा सहयोग गर्न दातालाई आह्वान गरिसकेको जानकारी दिए । अहिले तत्काल पाल, त्रिपाल तथा खाद्यसामग्री, दाल, चामल आवश्यक रहेको अर्थमन्त्री डा महतले भने । भूकम्पबाट पीडित जनताको पहिलो माग नै ती वस्तुमा रहेको छ, पहिलो चरणमा ती वस्तु पु¥याउन नै सरकारले ध्यान दिइराखेको छ– उनले भने । विनाशकारी भूकम्पबाट कति विद्यालय, अस्पताल, विश्व सम्पदाका सूचीमा रहेका भवन, सरकारी कार्यालयलगायतका भौतिक संरचना क्षति भए, यसको अध्ययन भइराखेको छ, यसको यथार्थ विवरण आएपछि पुनर्निर्माणको योजना बनाउने जानकारी पनि अर्थमन्त्री डा महतले दिए । पुनर्निर्माणका लागि छुट्टै निकाय बनाउने सोचमा सरकार रहेको छ, सञ्चारकर्मीको जिज्ञासामा अर्थमन्त्रीले भने । विनाशकारी भूकम्पले खासगरी उद्योग, कृषि, पर्यटन क्षेत्रका साथै आर्थिक वृद्धिदरमा पनि असर पार्न सक्छ, उनले भने । कोषको पैसा पारदर्शी हुन्छ, कोषको पैसा तलबभत्ता तथा प्रशासनिक खर्चमा लगाउन पाइँदैन, उनले भने । अर्थमन्त्री डा महतले राहत सामग्री भन्सारमा नरोकिएको पनि स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: