Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

मानव तस्करी के हो ? को हुन् तस्कर ?

\"\"नेपालको सन्दर्भमा बैदेशिक रोज़गार सम्बन्धि ऐन २०४२, संसोधित ऐन २०६४ लगायत बिभिन्न रास्ट्रिय तथा अन्तराष्ट्रिय कानुन बिपरित पैसा लिएर वा नलिएर होस बिभिन्न बाहानामा (बैदेशिक रोज़गार, यौन ब्यापार, जबरजस्ति काममा लगिने आदि) एक ठाउँबाट अर्को ठाउँमा देशीय वा अन्तरदेशीय) मा गरिने मानब ओसार पसार सम्बन्धि कार्य भन्ने बुझिन्छ । यस्ता काममा पैसाको लेनदेन हुने भएकोले यसलाई मानव बेचबिखन पनि भनिन्छ । सरकारले श्रम तथा बैदेशिक रोज़गार बिभागको अनुमति बिना यस किसिमको कार्य गर्न बन्देज गरेको छ । बिभागले नियमानुसार आएको निबेदनलाई होलोग्राम भएको स्टिकर प्रदान गरी स्वीकृति दिने गरेको छ । सो स्टिकर बिना सेटिंग मार्फत नेपालको एयरपोर्ट र भारत लगायत अन्य मुलुक भएर बिदेश आउनु ग़ैर कानुनी हो । यो नै मानव तस्करी हो । यो विश्वब्यापी समस्या रहेको छ । अहिले यूरोप र अमेरिकाको टाउको दुखाईको बिषय पनि यही छ । खाडीमा भने दलालहरुले सेटिंगमार्फत भिजिट भिसामा हाउस मेड र अन्य कामदार पठाउने गरेका छन् । उनीहरु स्वयं दलाल र मालिकद्वारा प्रताड़ित हुने गरेका छन् । सरकारसँग कुनै रेकर्ड नहुने हुनाले उनीहरुको उद्दारमा कठिनाई हुनेगरेको छ । के सबै वैदेशिक रोज़गार ब्यवसायी तस्कर हुन् ? हैनन् । वैदेशिक रोज़गार ऐन अन्तर्गत नेपाल सरकारको कानुन शिरोधार्य गरी गरिने ब्यापार तस्करी होइन । उनीहरुले कानुनत कम्पनी दर्ता गरेका हुन्छन् । उनीहरु ब्यवसायी हुन् । कुल जीडिपीको ३१ प्रतिशत जीडीपी रेमिटेन्स रहेको हाम्रो देशमा उनीहरुको भुमिका पनि अहम छ । तर नेपाल सरकारलाई छलेर नियम बिपरित यो ब्यवसाय गर्ने ब्यक्ति चाँही मानव तस्कर नै हुन् । [caption id=\"attachment_177401\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] यस्तो कार्यमा संलग्न ब्यक्तिलाई मानव तस्कर भनिन्छ । उ समाजको धमिरा हो, अपराधी हो । मान्छे बेचेर भात खान पल्केको मानव रुपी दानब हो । पशु हो । उनीहरुमा दया, माया हुदैन । मानवता मरेको हुन्छ । जिबित मुर्दा उही हो । यस्ता पशुहरु बिभिन्न संस्थाको खोल ओढेर समाजसेवीको रुप धारण गरेका पनि हुनसक्दछन् । र युएईलगायत खाडी, मलेसिया र प्राय सबै देशमा लुकेर बसेका हुन्छन । तस्करलाई कस्तो कानुन आवश्यक छ ? मानव बेचबिखन कार्यमा संलग्न ब्यक्तिलाई ३ वा ५ बर्ष जेल सजाय काफी छैन । उसलाई आजिबन कारावास र ठुलो मात्रामा क्षतिपुर्ती भराई पीडितलाई न्याय दिलाउनु पर्दछ । तस्करीमा संलग्न सरकारी कर्मचारीको पहिचान गरी मानव बेचबिखनमा संलग्न रहेको आधारमा उसलाई पनि मुख्य तस्कर बराबरको सजाय र फेरी कुनै पनि सरकारी काममा अयोग्य हुनेगरी देशद्रोही घोषणा गरिनु पर्दछ । राज्यबाट उपलब्ध सबै सुबिधा र राहदानीबाट पनि वञ्चित गरिनु पर्दछ । जेलबाट छुटेपछि पनि यूरोप अमेरिकामा जस्तै खुट्टामा चिप्स राखी निगरानी गरिनु पर्दछ अनि मात्र यी र यस्ता समस्याको हल गर्न सकिन्छ । यसका लागि देश तथा विदेशमा रहेका विभिन्न सामाजिक तथा राजनीतिक संघ संगठनका प्रतिनिधिहरु कुटनैतिक नियोगका कर्मचारीदेखि आम श्रमिकले समेत यस्ता कार्य रोक्नको लागि विशेष भुमिका खेल्नुपर्ने हुन्छ ।(लेखकः नेपाल पत्रकार महासंघ युएई, शाखाका सचिव हुन ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending