Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सर्पले डसेको भन्दै सर्पको टाउको नै चपाइदिएपछि…

\"\"सर्पले तपाइँलाई डस्यो भने के गर्नुहुन्छ ? आफ्नो उपचार गर्नेतर्फ लाग्नुहुन्छ र रिसको झोँकमा सर्पलाई मार्नुहुन्छ पनि होला । तर भारतका एकजना व्यक्तिले चाहीँ आफुलाई डस्ने सर्पको टाउको चपाइदिएर बदला लिएका छन् । भारतको उत्तरप्रदेशस्थित हर्दोइका बासिन्दा सोनेलालले आफूलाई सर्पले टोकेपछि बदलास्वरुप सर्पको टाउको टोकेर छिनालिदिएको बताए । सर्पको टाउको छपाइदिएर मारेपछि बेहोस भएको अवस्थामा उनलाई फेला पारी स्थानीय सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरुले चाहीँ उनको शरीरमा सर्पले डसेको कुनै घाउ नदेखिएको बताएका छन् । शुक्लापुर भागर गाउँमा खेतीकिसानी गर्ने सोनेलाललाई बेहोस अवस्थामा शनिवार साँझको सात बजे अस्पताल पूराइएको थियो । सर्पले डसेको भनेर उनलाई अस्पताल लगिएपछि डाक्टरहरुले सर्पले डसेको शरीरको भाग खोजे तर जिउमा कुनै खत थिएन । रातको दश बजे सोनेलाल होसमा आए । त्यसपछि उनलाई सोधीखोजी गर्दा अनौठो घटनाको खुलासा भयो । सोनेलालका अनुसार उनले वस्तुभाउ चराइरहेको बेला उनलाई सर्पले डसेछ । त्यसपछि उनले रिसले उक्त सर्पलाई च्याप्पै समाए र त्यसको टाउकोमा टोके र चपाएर सर्पको टाउको छिनालिदिए । त्यसपछि मुखमा रहेको सर्पको टाउको थुके । तर डाक्टरहरुका अनुसार उनको जिउमा सर्पले डसेको कुनै खत नभएका कारण उनी सर्पले डसेर बेहोस भएको नभै सर्पको टाउको चपाउँदा त्यसको विष शरीरभित्र गएको डाक्टरहरुकेा अनुमान छ । सोनेलाल लागुऔषधका अम्मली भएको हुँदा उनले तलतली मेट्नका लागि सर्पको टाउको नै चपाएको हुनसक्ने अुनमान गरिएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending