Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

अमेरिकी राष्ट्रपतिका ज्वाइँ 'घटुवामा'

\"\"अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरलाई ह्वाइट हाउसका गोप्य कागजातहरूको पहुँचमा घटुवा गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पका एक उच्च सल्लाहकार रहेका कुश्नरले उच्चस्तरको सुरक्षासम्बन्धी रिपोर्ट पाउने गरेका थिए । गोप्य कागजातहरूमा पहुँचका लागि स्थायी अनुमति नपाएका जारेड कुश्नर र ह्वाइट हाउसका अन्य सहयोगीहरूले अब उप्रान्त उच्चस्तरका सुरक्षा रिपोर्ट पाउने छैनन् । ट्रम्पकी छोरी इभांकासँग बिहे गरेका कुश्नरको राष्ट्रपतिलाई गराइने दैनिक गुप्तचर जानकारीमा पहुँच रहिआएको थियो । कुश्नरका वकिलले पोलिटिको म्याग्जिनलाई पछिल्लो निर्णयबारे जानकारी गराएका हुन् । नाम नखुलाइएका अरू दुईजना अधिकारीहरूले पनि समाचार संस्था रोयटर्सलाई त्यसबारे जानकारी गराएका थिए । पोलिटिकोका अनुसार उक्त निर्णयबारे ३७ वर्षीय कुश्नरलाई गत शुक्रवार जानकारी गराइएको थियो । कुश्नरका वकिल एबी लोवेललाई उद्धृत गर्दै पोलिटिकोले पछिल्लो निर्णयका कारण राष्ट्रपतिले अह्राएका महत्त्वपूर्ण कामहरूलाई जारी राख्न कुश्नरमाथि कुनै असर नपर्ने जनाएको छ । ह्वाइट हाउसले गोप्य दस्तावेजहरूमा पहुँचबारे अनुशासनका ठूलो कदम चालेपछि पछिल्लो खबर बाहिर आएको हो । यसै महिनाको शुरूतिर राष्ट्रपति ट्रम्पका \'चिफ अफ स्टाफ\' जोन केलीले उच्च सुरक्षा दस्तावेजहरूमा पहुँच पाउने मानिसहरूको संख्या सीमित पार्ने बताएका थिए । यसअघि घरेलु हिंसाका आरोप लागेको अवस्थामा पनि ट्रम्पका एक पूर्वसहयोगी रब पोर्टरले गोप्य दस्तावेजहरूमा पहुँच पाउने गरेका विवरणहरू सार्वजनिक भएका थिए । राजनीतिक अनुभव नभएका कुश्नरलाई ह्वाइट हाउसका एक सल्लाहकारका रूपमा ठूलो जिम्मेवारी दिइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy