अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सर्वाधिक समय काम गर्नेमध्येकी एक सल्लाहकार उनकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेकी छन् ।
एउटा विज्ञप्तिमा उनले आफूले ट्रम्पलाई कुनै पनि शब्दमा धन्यवाद व्यक्त गर्न नसक्ने बताइन् । ह्वाइट हाउसले मंगलबार एउटा संसदीय समितिमा प्रमाण उपलब्ध गराउने क्रममा उनले राष्ट्रपति ट्रम्पको पक्षमा झुटो बोलेको स्वीकार गरेका विवरणसँग उक्त राजीनामा नजोडिएको प्रतिक्रिया दिएको छ । राष्ट्रपति ट्रम्पले उनलाई साँच्चिकै असल मानिस भन्दै उनको अभाव खट्किने बताएका छन् । २९ वर्षीया होप हिक्स पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुन् । हिक्सले आफ्ना सहकर्मीहरूलाई आफूले ह्वाइट हाउसमा गर्नुपर्ने सबैथोक सम्पन्न गरेको बताएको विवरणहरूमा जनाइएको छ । उनी ह्वाइट हाउसकी सञ्चार निर्देशकको रुपमा काम गर्ने चौथो व्यक्ति थिइन् । ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यानर्डसले हिक्स कहिलेबाट अलग हुन्छिन् त्यो प्रष्ट भइनसकेको बताइन् । उनले अमेरिकी संसद्को गुप्तचर समितिमा मंगलबार दिएको बयानसँग उक्त राजीनामा सम्बन्धित नरहेको पनि उल्लेख गरिन् । संसदीय समितिसमक्ष हिक्सले राष्ट्रपति ट्रम्पको पक्षमा बेला बेलामा झुटो बोलेको स्वीकार गरेकी थिइन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उनले सन् २०१६ को राष्ट्रपतीय चुनावका रुसले हस्तक्षेप गरेको भन्ने आरोपसँग सम्बन्धित विषयमा झुटो नबोलेको बताएकी थिइन् । चुनावी अभियानका क्रममा हिक्सले ट्रम्पको प्रेस सचिवको भूमिका खेलेकी थिइन् । अचानक एन्टोनी स्कारामुची बर्खास्त गरिएपछि गएको अगष्टमा उनले ह्वाइट हाउसको सञ्चार टोलीको प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । उनले खासै चर्चामा नरही काम गर्दै आएकी थिइन् । राष्ट्रपति ट्रम्पले उनले निकै राम्रोसँग आफ्नो जिम्मेवारी बहन गरेको भन्दै भविष्यमा पनि उनीसँग काम गर्न चाहना रहेको जनाएका छन् । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: