Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

रवीन्द्र मिश्रसँग कुर्लिने महिलाको कहानीः पत्नी कराउने, पति जेलमा हराउने

काठमाडाैं । भ्रष्टाचारीलाई कारबाही गर भन्दै रवीन्द्र मिश्रहरूसँग काँधमा काँध मिलाई श्रीमती सडकमा नारा लगाउने अनि श्रीमान्चाहिँ त्यहीबेला भ्रष्टाचारी ठहरिएर जेल जाने । सम्भवतः यस्तो घटना संसारमा कहीँ–कतै देख्न पाइँदैन । तर, नेपाल न हो, यहाँ नहुने के छ र ? प्रसंग, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी निर्देशक सुवाष निरौला र श्रीमतीको हो । निरौलालाई भ्रष्टाचार गरेको प्रमाणसहित विशेष अदालतले ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवानासहित सात वर्षको कैद सजाय तोकेको छ । जनअास्था साप्ताहिकमा खबर छ-गजब के भने विशेष अदालतबाट भ्रष्टाचारमा डामिएका सुवाषकी श्रीमती संगीता भने भ्रष्टाचार विरोधी ‘अभियन्ता’ हुन् । ‘सोसल वेलफेयर एजेन्सी एण्ड ट्रेनिङ इन्स्टिच्युट’ (स्वाती) की संस्थापक उनले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल) लगायत संस्थासँग मिलेर भ्रष्टाचारसँग सम्बन्धित थुप्रै प्रोजेक्ट चलाएकी थिइन् । खासगरी महिलाको क्षेत्रमा काम गर्ने भनेर स्थापना गरिए पनि स्वातीले ‘डोनर’ फेला पारेपछि भ्रष्टाचारविरुद्ध काम गर्न थालेको हो । त्यस क्रममा अमेरिकी सहयोग नियोग युएसएआइडी, डेनमार्कको सहयोग नियोग डानिडा ह्युगो, डिफिडलगायत थुप्रै दाताबाट उल्लेख्य आर्थिक सहयोग लिएको निरौलाको इन्टरनेट ठेगाना वुमन फाउण्डर्स ओआरजी/संगीता निरौलामा उल्लेख छ । दाताको आर्थिक सहयोग र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाललगायत संस्थाको सहकार्यमा भ्रष्टाचारविरोधी गतिविधि सञ्चालन गर्ने संगीता पटक–पटक ‘भ्रष्टाचारीलाई जेल होइन, माथि पु¥याउने व्यवस्था नगरेसम्म नेपाल सुध्रिँदैन’ भन्ने गर्थिन् । अर्थात् भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने कुराको वकालत गर्थिन् । त्यही कारण पछिल्लो समय राजनीतिक रूपमा विवेकशील साझा पार्टीको गतिविधिमा सक्रिय थिइन् । सुशीला कार्कीको महाभियोग प्रसंगमा होस् कि डा. गोविन्द केसीको अनशनमा– भ्रष्टाचारीलाई कारबाही माग गर्दै साझा पार्टीको ब्यानर लिएर माइतीघर मण्डलामा नारा लगाउन पुगिहाल्थिन् । कतिसम्म भने आफ्नै पतिविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको बेला ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै सडकमा नारा लगाउँदै थिइन् । अर्थात् उनी आफंै भ्रष्टाचारमा लिप्त पति सुवाषलगायतमाथि कडा कारबाहीको पक्षपोषण गरिरहेकी हुन्थिन् । अहिले उनीसहितको मागअनुसार पति सुवाषलगायतलाई विशेष अदालतले जेल सजायसहित दण्ड जरिवाना तोकेको छ । यसबारे जानकारी लिन जनआस्थाले पटक–पटक गरेको प्रयास सफल हुन सकेन । तर, निरुत्तरित प्रश्न यथावतै छ– उनले भ्रष्टाचारको पैसा मेरो घरमा हुल्न पाउँदैनौ भनेर पतिलाई बेलैमा खबरदारी गर्न किन सकिनन् ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending