Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

औषधि व्यवस्था विभाग खारेज गर्ने तयारी

\"\"काठमाडाैं । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभाग खारेज गर्ने विषयमा छलफल थालेको छ । विभागमा पर्याप्त कर्मचारी नभएकोे कारण देखाउँदै मन्त्रालय खारेज गर्ने निष्कर्षमा पुगेको हो । स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले मन्त्रालय र विभागका उच्च अधिकारीहरूसँग औषधि व्यवस्था विभाग खारेज गर्ने विषयमा शुक्रबार दिनभर छलफल गरेकी थिइन् । अाजको नयाँ पत्रिकामा खबर छ-स्रोतका अनुसार सचिव चौधरीले औषधि व्यवस्था विभागको कुनै काम नभएको भन्दै स्वास्थ्य सेवा विभाग मातहत महाशाखाको रूपमा राख्नुपर्ने धारणा राखेकी थिइन् । औषधिको गुणस्तर मापन र अनुगमनजस्ता कार्य गर्ने विभागलाई मन्त्रालयले सेवाजस्तो ठानेको विभागका अधिकारीहरूको आरोप छ । ‘विभागले प्रादेशिक संरचनाको व्यवस्थापन गर्नुपर्नेछ,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने, व्यवस्थापन गर्ने विभाग नै खारेज गरिनु आश्चर्यको विषय हो ।’ संघीय संरचनाअनुसार केन्द्रमा औषधि व्यवस्था विभाग रहने उल्लेख छ । स्वास्थ्यसचिव चौधरीले निहित स्वार्थका लागि खारेज गर्ने उद्देश्य लिएको विभागका कर्मचारीको आरोप छ । विभाग खारेज गर्नु गैरकानुनी काम औषधि ऐन २०३५ को दफा ५ अनुसार औषधि व्यवस्था विभाग गठन भएको हो । ‘स्वास्थ्य मन्त्रालयले भन्दैमा औषधि व्यवस्था विभाग खारेज हुँदैन । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहे पनि यसका आफ्नै नीति–नियम छन्,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले समेत औषधि व्यवस्था विभाग नचलाउन भनेको अवस्थामा सचिवले विभाग खारेज गरेर महाशाखा बनाउँछु भन्नु चिन्ताको विषय हो ।’ विभाग मातहत सात प्रदेशमा प्रादेशिक कार्यालय रहने व्यवस्था छ । स्वास्थ्यसचिव डा. चौधरीले भने औषधि व्यवस्था विभाग खारेज गर्ने विषयबारे ठोस निर्णय नभएको बताइन् । ‘मन्त्रालयले यस विषयमा कुनै ठोस निर्णय लिएको छैन,’ उनले भनिन् । विभाग खारेज गरे समस्या  स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. प्रवीण मिश्रले औषधि व्यवस्था विभाग स्वास्थ्य मन्त्रालयअन्तर्गतको छुट्टै स्वायत्त निकाय भएको बताए । मन्त्रालयले समन्वय गरे पनि विभाग खारेज गर्न नसक्ने उनको भनाइ छ । ‘यसलाई ऐनले पनि छुट्टै अधिकार दिएको छ,’ मिश्रले भने, ‘विभागलाई खारेज गरेर महाशाखा बनाए औषधिमा गम्भीर समस्या देखिनेछ ।’ औषधिको गुणस्तर मापन, अनुगमनजस्ता कार्यलाई प्रभावकारी बनाउन औषधि व्यवस्था विभागलाई थप शक्तिशाली बनाउनुपर्ने उनको भनाइ छ । औषधि व्यवस्था विभाग खारेज गर्ने स्वास्थ्य मन्त्रालयको तयारीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार राति सबै कर्मचारीलाई बोलाएर राय लिएको स्रोतले बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending