Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

असला माछा मार्दै हुनुहुन्छ भने सावधान ! ३० हजार जरिवाना परिएला

 

\"\"खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन् । पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो कदम चालेको हो ।

रुपाकोट शिर भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला र बगरेभञ्ज्याङ शिर भएर बग्ने भुत्याखोलामा माछा मार्न रोक लगाइएको स्थानीय सर्वधन राईले जानकारी दिए । \'लोप हुन लागेको असला माछा संरक्षणका लागि समितिसमेत बनाएका छौँ,” उहाँले भने – “संरक्षण समितिले पहिलो पटक माछा मारेको भेटे रु पाँचदेखि १० हजार, दोस्रो पटक रु १० देखि २० हजार र तेस्रो पटक रु २० देखि तीस हजार नगद जरिवानासहित कानूनी कारबाही गर्ने निर्णय गरेको छ ।\' संरक्षण समितिमा आबद्ध स्थानीयवासीले माछा पाइने खोलाहरुको नियमित अनुगमन गर्नसमेत शुरु गरेका छन् । माछा संरक्षणका लागि खार्मी र पाथेका प्रवेश गर्ने मुख्यद्वारहरुमा असला माछासहितको होर्डिङबोर्ड राखिएको समितिले जनाएको छ । माछा संरक्षण समितिलाई वडाको तर्फबाट समेत आवश्यक सहयोग हुने वडाध्यक्ष रामचन्द्र राईले बताए । स्थानीय लक्षिणाप्रसाद राईको संयोजकत्वमा ११ सदस्यीय संरक्षण समिति गठन गरिएको छ । यसअघि, ती खोलाहरुमा पाइने असला माछा स्थानीयवासीले मारेर दिक्तेल र बाक्सिलाबजारमा बिक्री गर्ने गरेका थिए । सानो खोलामा पनि प्रशस्त पाइने असला माछा प्रतिकेजी रु ७०० मा बिक्री हुने गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending