Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

बन्दिपुर लडाइँका घाइतेलार्इ उपचारको लागि युएईबाट सहयोग

\"\"काठमाडाैं । पुर्व जनमुक्ति सेनाका बटालिएन भि.सि राजन बराइलीको स्वास्थ्य उपचारको लागि नेपाली जनप्रगतिशिल मंच युएई र भोजपुर हातेमालो समाज युएईले सयुक्त रूपमा आर्थिक सहयोग गरेका छन् । २०५८ साल देखि तत्कालीन माओवादीको पुर्णकालिन सदस्य बनेर जनयुद्धमा होमिएका याकु-५ भोजपुरका बराइली बन्दिपुरको लडाइँमा घाइते भएका थिए । हाल सम्म उनी ह्वील चियरको सहारा लिन बाध्य छन । [caption id=\"attachment_178315\" align=\"alignleft\" width=\"562\"]\"\" राजन बराइली[/caption] बराइलीको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र हालसम्म स्वास्थ्य उपचारको लागि रकम जुटाउन नसक्दा अपांग जीवन बिताउन बाध्य भएको भन्दै मन्च युएई र समाजले संयुक्त रूपमा नेपाली रुपैयाँ ५० हजार तत्कालको लागि सहयोग स्वरुप पठाइएको जन प्रगतिशील मन्च युएईका अबुधाबी क्षेत्रिय अध्यक्ष दिपक न्यौपानेले खबरडबलीलार्इ जानकारी दिए । सोमबार इटहरीको कृष्ण होटलमा आयोजित सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रममा प्रदेश न १ कि उपसभामुख सरस्वती पोख्रेलले खादा ओढाइ बराइलीको सम्मान गर्दै उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन । मञ्च अबुधाबी क्षेत्रीय कमिटी युएईका उपाध्यक्ष रामकुमार तिरुवाको उपस्थिति रहेको उक्त कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिदैं आएको मन्चले एक बर्षभित्र विभिन्न शीर्षकमा सहयोग स्वरूप १४ लाख रुपैयाँ नेपाल पठाइएको र आगामी दिनमा समेत निरन्तर सहयोग गर्दै जाने न्यौपानेले बताएका छन । यता भोजपुर हातेमालो समाज युएईले जिल्ला स्वास्थ अस्पताल भोजपुरमा गत महिना मात्रै लाखौ रुपैयाँ बराबरको ह्विल चियर एबम विभिन्न क्यानसर पीडितको उपचार्थ आर्थिक सहयोग गरेको र आगामी दिनमा समेत यस्तो सहयोग निरन्तर रहने समाजका अध्यक्ष ज्ञानेन्द्र राइले जानकारी दिएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending