Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

ओमान, साउदी र बहराईन पठाउने काम 'अवरुद्ध'

[caption id=\"attachment_97903\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

खाडी देशहरुको समूहले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परिक्षणको प्रक्रिया परिवर्तन गरेपछि तीनवटा मुलुकमा कामदार पठाउने काम एक सातादेखि अवरुद्ध भएको बताइएको छ ।

गल्फ कोअपरेशन काउन्सिल (जीसीसी)ले साउदी अरेबिया, ओमान र बहराईन जान चाहनेले विदेशी मुद्राको खाता खोली १० डलर तिरेर मात्र अनलाइन मार्फत स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान लागू गरेको छ । जीसीसीले साउदी अरेबिया, ओमान र बहराईन जाने नेपाली कामदारको स्वास्थ्य परिक्षणको व्यवस्था गर्दै आएको संस्थाको अनुमति खारेज गरी फागुन १७ गतेदेखि अनलाइनमा नै समय र सिट सुरक्षित गर्ने व्यवस्था लागू गर्यो । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ विदेशी मुद्रामा शुल्क तिर्ने भनी गरिएको व्यवस्थाका कारण समस्या आएको बताउँछन् । उनले भने, \"स्वास्थ्य परिक्षण गर्न अनलाईन मार्फत दर्ता गर्ने र क्रेडिट कार्डबाट १० डलर शुल्क तिर्नु पर्ने नयाँ नियम जीसीसीले ल्याएको छ। तर ती मुलुकमा जाने नेपाली श्रमिकको नाममा डलर खाता पनि छैन र राष्ट्र ब्याङ्कको अनुमति बिना डलर विदेश पठाउन मिल्दैन ।\" संघका अनुसार दिनहुँ जसो कैयौं नेपाली कामदार यी मुलुकका लागि जाने गरेका छन् । अनलाईनमा उपलब्ध करिब एक दर्जन मध्ये कुनै पनि स्वास्थ्य संस्था रोज्न सकिने व्यवस्था गरिएको बताइएको छ । स्वास्थ्य परिक्षण गरेबापत हाल तिरिरहेको ५५ सय रुपियाँ शुल्क नयाँ व्यवस्थामा समेत कायम रहनेछ । सरकारले भने जीसीसीले जारी गरेको नयाँ नियम आफूलाई जानकारी नभएको बताएको छ । श्रम तथा रोजगार मन्त्रालयको विशेष समिति सदस्य सचिव अर्जुन प्रसाद खनालले भने, \"हामीकहाँ बाट त्यस्तो निर्णय भएको अथवा हामीसँग सम्झौता भएर त्यस्तो निर्णय भएको होइन। श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परिक्षण शुल्क सम्बन्धी गरेको निर्णय भन्दा बढि शुल्क लिन पाइँदैन ।\" गत वर्ष पनि स्वास्थ्य परिक्षण गर्दा १० डलर तिर्ने नियम लागू गर्न खोजिएको थियो तर नेपालीले विदेशी मुद्राको खाता खोल्न पाउने व्यवस्था नरहेको भन्दै श्रम मन्त्रालयले सो विषय सुल्झाएको अधिकारीहरु बताउँछन् । नयाँ नियमले आफूहरुलाई अतिरिक्त आर्थिक भार पर्ने भन्दै वैदेशिक रोजगारीमा जान खोज्ने कतिपय कामदारले त्यसको आलोचना गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending