Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

पाकिस्तानी प्रधानमन्त्री अब्बासी र प्रचण्डबीचको भेटमा के-के भयो छलफल ?

\"\"काठमाडौं । नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । होटेल हायातमा भएको भेटमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । भेटका अवसरमा नेपाल भ्रमणमा आउनुभएकोमा स्वागत गर्नुहुँदै अध्यक्ष प्रचण्डले पाकिस्तानले नेपालको शान्ति प्रक्रिया, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पुर¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए । अध्यक्ष प्रचण्डले नेपालले सफलतापूर्वक संघीय संरचना अन्तर्गतका सबै तहको निर्वाचन सम्पन्न गरेको बताउनुहुँदै अबको प्राथमिकता स्थायित्व, सुशासन, विकास र समृद्धि हासिल गर्ने रहेको बताए । “यो प्रक्रियामा पाकिस्तानबाट हामीले विगत झैं सहयोग चाहेका छौं” अध्यक्षले भने । अध्यक्ष प्रचण्डले भेटका अवसरमा दक्षिण एशियामा शान्ति, स्थायित्व र समृद्धिका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महत्वपूर्ण भूमिका बताउनुहुँदै सार्कले क्षेत्रीयस्तरमा व्यापार, लगानी, पर्यटन तथा कनेक्टिभिटी जस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याएका थिए । नेपालले सबैखाले आतंकवादको बिरोध गर्दै आएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले आतंकवाद, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, लागु औषधको तस्करी, क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासका मुद्दामा दुबै देशबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे । भेटका अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल पाकिस्तानको असल छिमेकी रहेको बताउनुहुँदै निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नेपालको भविष्य निकै उज्वल हुने धारणा व्यक्त गरे । दक्षिण एशियामा शान्ति, समृद्धिका पक्षमा पाकिस्तान र नेपालले भूमिका खेल्दै आएको बताउनुहुँदै प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानको भ्रमणको निम्तो दिएको समेत जानकारी गराए । पाकिस्तानमा प्राविधिक शिक्षा पढ्न नेपाली विद्यार्थीहरुका लागि छुट्टयाइएको कोटा दोब्बर गरिएको जानकारी गराउदै प्रधानमन्त्री अब्बासीले व्यापार, पर्यटनलगायतका क्षेत्रमा समेत थप सहयोग गर्ने बताए । अहिले पाकिस्तानको मुख्य चुनौती आतंकवाद रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री अब्बासीले आतंकवाद दक्षिण एशियाका साझा शत्रु भएको बताए । पाकिस्तानले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको सम्मेलनको आयोजना गर्ने तयारीमा जुटेको उनले बताए । पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीसँगको भेटमा प्रचण्डसँगै माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending