Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

माधव नेपालले भने-यसरी देशलाई समृद्धिको उच्च विन्दुमा पुर्याउन सकिन्छ

 

\"\"काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश निर्माणको जिम्मेवारी प्राप्त भएको र वर्तमान सरकारले जनताका पक्षमा महत्वपूर्ण कार्यभार पूरा गर्ने दृढता व्यक्त गरे ।

नेपालभित्रै केही शक्तिले वामपन्थी अधिनायकवादी हुन्छन् भनेर गलत प्रचार गरेको टिप्पणी गर्दै नेता नेपालले भन्नुभयो, “वामपन्थी जनताको भावनामा विश्वास गर्छन् । कसैले चिन्ता नगरे हुन्छ । वामपन्थीले अधिनायकवादको बाटो समात्दैनन् । लोकतन्त्र खुम्चिन्छ कि, राज्यका निकायका अनावश्यक राजनीतीकरण गर्छन् कि भन्ने चिन्ता गर्नु आवश्यक छैन ।” देशलाई आर्थिक–सामाजिक रुपान्तरणको दिशामा अगाडि बढाउँदै बेरोजगारीको अन्त्य गरी एकाध वर्षभित्र देशलाई समृद्धिको उच्च विन्दुमा पु¥याउन सकिने बताए । नेता नेपालले जित्नेले अहंकार र हार्नेले काम गर्नै नदिने वातावरण बनाउन नहुने धारणा तथा सत्ता र प्रतिपक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने “प्रतिपक्ष वेटिङ गभर्मेण्ट हो । शुरुदेखि नै विरोध गर्ने र काम गर्न दिन्न भन्ने प्रवृत्ति सबैले त्याग्नुपर्छ । लडाइँ, झगडा र द्वन्द्वको युग सकिएर शान्तिपूर्ण तवरले विकासको युगमा मुलुक प्रवेश गरेको छ । ” पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले नेपाली जनतालाई सुशासन र न्यायको अनुभूति दिने तथा नेपालको उत्पादकत्वको विकास गर्न सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । नेता नेपालले भने “छिट्टै केपी ओली नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्नेछ । मुलुक अगाडि बढ्ने सिंगो खाका पाउनेछ ।” सबैको बुद्धिमानी र सुझबुझपूर्ण कार्यका कारण संविधानसभा नेपालमा सफल भएको र तोकिएको समयमा संविधान लेखन सम्पन्न भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउँदै नेपालको संविधानले सबै पक्षलाई समेट्ने प्रयास गरेको तथा पिछडिएको क्षेत्र र समुदायलाई राज्यको मूलप्रवाहमा ल्याएको उल्लेख गरे । भ्रष्टाचारको जालोले विकास निर्माणको काम रोकिने गरेको दृष्टान्त पेश गर्दै उहाँले आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेको भौतिक विकासलाई एकीकृत रुमपा अगाडि बढाउनुपर्नेमा जोड दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending