Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

पूरै परिवार नै एचआइभी एड्स संक्रमित

\"\"रोल्पा । पश्चिम रोल्पाको माडी गाउँपालिकाको एक सिंगो परिवार नै एचआइभी एड्सबाट संक्रमित भएको प्रमाणित भएपछि उक्त परिवारमा निराशा छाएको छ । विसं २०७४ माघ १ गते जन्मिएका नवजात शिशु पनि हिजो सोमबार एचआइभी एड्स संक्रमण भएको प्रतिवेदन आएपछि सिंगो बुढामगर परिवार नै एचआइभी एड्स संक्रमित भएको पत्तालागेको हो । गत माघ महिनामा सुत्केरी हुन जिल्ला अस्पताल प्यूठान पुगेकी ३८ वर्र्षीया महिलालाई रगत जाँचका क्रममा एचआइभी एड्सबाट संक्रमण भएको पत्ता लागेको थियो । श्रीमती एचआइभी एड्स संक्रमित भएको पाइएपछि डाक्टरको सल्लाह बमोजिम श्रीमान्को रगत जाँच गरियो र श्रीमान् पनि एचआइभी एड्सबाट संक्रमित भएको पुष्टि भयो । जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका डा सुशील आचार्यका अनुसार श्रीमान् श्रीमती दुबैमा एचआइभी एड्सको संक्रमण देखिएका कारण नवजात शिशु पनि संक्रमित हुन सक्ने भन्दै पी सी आर गर्न नमूना लिइएको थियो । डा आचार्यका अनुसार बच्चाको पी सी आर रिपोर्ट नआउँदासम्मका लागि बच्चालाई एचआइभी एड्सको संक्रमणबाट जोगाउन जन्मेकै दिनदेखि औषधि प्रयोग गरिएको थियो । सोमबार शिशु पनि एचआइभी एड्स संक्रमित भएको प्रतिवेदन आएपछि बुढामगर दम्पती छाँगाबाट खसे जस्तै भएको छ । विवाह लगत्तै गर्भवती भएकी नवजात शिशुकी आमाले आफू एचआइभी एड्सबाट संक्रमित भएकोबारे केही थाहा नपाएको बताउनुभयो । उहाँले भन्नुभयो – “गर्भ रहेपछि असह्य पीडा हुने गरी गुप्तांग चिलाउँथ्यो । घाउ खटिरा पनि देखिन थालेको थियो । त्यसबेला उपचार नगरेर धामी झाँक्रीमा विश्वास गरें । धामी झाँक्रीले खानेपानीको मूलमा देउराली लागेर यस्तो बनाएको भनेपछि त्यसमै विश्वास गरेर धेरै पैसा खर्च गरें जसका कारण आज यति ठूलो धोका खानुप¥यो ।” अठार वर्षदेखि भारतको गडवालतिर श्रम गरेर नेपाल फर्किएका ३५ वर्षीय एड्स संक्रमित बुढामगरले एक वर्ष पहिले गाउँकै ३८ वर्र्षीया युवतीसँग मागी विवाह गर्नुभएको थियो । उहाँले विवाह पूर्व वैदेशिक रोजगारीका क्रममा आफ्नो ४ जनासँग असुरक्षित यौन सम्पर्क भएको राससलाई बताउनुभयो । श्रीमान्ले असुरक्षित यौन सम्पर्क राखेका कारण श्रीमती र छोरीमा पनि एचआइभी एड्स संक्रमण भएको हुनसक्ने अनुमान लगाइएको छ । हाल यो जोडी निकै सन्तापमा छ । श्रीमान्ले गरेको गल्तीको शिकार आफू र भर्खरै जन्मिएकी छोरी बन्नुपर्दा नवजात शिशुकी आमा निकै भावविह्वल बनेका छिन् । उनले भने – “एचआइभी एड्स भनेको सुनेकै थिइनँ तर, आज आफूले यस्तो भोग्नु प¥यो । यस्तो जानेको भए विवाह नै गर्ने थिइनँ । बेलामा बुद्धि नपु¥याउँदा जिन्दगी बरबाद भयो । गाउँलेले पनि हेलाँको दृष्टिले हेर्न थालेका छन् । समाजमा मुख देखाएर बाँच्न गाह्रो हुने भयो । अब विवाह गर्ने जोडीलाई पहिले रगत जाँच गरेर मात्र विवाह गर्न सल्लाह दिन्छु ।” आर्थिक संकट सुल्झाउन भन्दै हिजै सोमबार रोजगारीका लागि श्रीमान् काठमाडौँ गएपछि श्रीमतीमा थप आशंका तथा निराशा थपिएको छ । आफूहरुलाई भन्दा पनि छोरीको भविष्यको चिन्ताले दुबैलाई पिरोल्न थालेको छ । अभाव र गरिबीमा पिल्सिँदै आएको यो परिवारको भविष्य अन्यौलमा रहेको आफन्तजनले बताएका छन् । यी थप तीन जनासहित हाल यस जिल्लामा एचआइभी एड्स संक्रमितको संख्या ६५ पुगेको छ । जिल्लामा यस बाहेक अन्य केही परिवार पनि श्रीमान्का कारण संक्रमित भएको बताइन्छ । जिल्लामा २६ जना महिला र २६ जना पुरुष संक्रमित छन् र १४ जनाको यसअघि मृत्यु भइसकेको छ । रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार संक्रमितहरु ९ देखि ६० वर्ष उमेरभित्रका छन् । अधिकाँश श्रीमान्कै कारण संक्रमित बनेका हुन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending