Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

साहित्यकार इन्द्रबहादुर राईले भनेका थिए सन्तोषले मर्दैछु

\"\"काठमाडाैं । मंगलबार राति भएको साहित्यकार इन्द्रबहादुर राईको निधनले नेपाली साहित्य जगत् मर्माहत भएको छ।

९१ वर्षीय साहित्यकार राईको दार्जिलिङस्थित आफ्नै निवासमा निधन भएको परिवारनिकट स्रोतले जनाएको छ। उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए। भारतको दार्जिलिङमा जन्मेका इन्द्रबहादुर राई साहित्यमा विभिन्न प्रयोग र साहित्यमाथिको सैद्धान्तिक चिन्तनका लागि नेपालमा प्रसिद्ध छन्। सन् १९७७ मा भारतको साहित्य अकादेमीले नेपाली भाषामा योगदानका लागि वार्षिक पुरस्कार दिन शुरू गर्दा इन्द्रबहादुर राईले \'नेपाली उपन्यासका आधारहरू\' पुस्तकका लागि त्यो पुरस्कार जितेका थिए। पश्चिमा समालोचनाका सिद्धान्तहरू प्रयोग गरेर नेपाली साहित्यको मूल्याङ्कन गरिएको \'नेपाली उपन्यासका आधारहरू\' नेपाली समालोचना क्षेत्रको कोसेढुङ्गा मानिन्छ। नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा उनको योगदान रहेको बताइन्छ। \'विपना कतिपय\' र \'आज रमिता छ\' जस्ता शुरूवाती कृतिबाट राईले नेपाली साहित्यमा नयाँ पाश्चात्य शैली र विचारधाराको प्रवेश गराएको मानिन्छ। उनले शुरूवात गरेका आयामेली आन्दोलन र लीलालेखनबाट पछिल्लो पुस्ताका लेखकहरू प्रभावित भएको बताउँछन्। साहित्यमा बिताएको जीवन आफ्नै कृतिजस्तै लाग्ने उनले उल्लेख गरेका थिए। करिब एक वर्षअघि दिएको अन्तर्वार्तामा उनले भनेका थिए, \"साहित्यकारका निम्ति जीवन के थोक हो, हामी बताउनै सक्दैनौँ।\" त्यसलाई काममा लगाउँछौँ। तर पनि हामीले चाहेको जस्तो त्यो काममा लाग्दैन। केही केही काममा लाग्छ, त्यतिमै सन्तोक मान्नपर्छ जस्तो लाग्छ। जुन आफैँमा पनि हामीले लेखेमा भिन्दै कथा, भिन्दै उपन्यास हुन जानेछ।\" त्यस्ता कथा लेख्ने लेखकहरूले भने कसैको पाइला नपछ्याइ आफ्नै बाटो पहिल्याउनुपर्नेमा उनको सधैँ जोड थियो। \"हामी जहिले पनि आफ्नो बाटो खोजौँ। अरूको बाटो नसमातौँ,\" उनले भनेका थिए। मौलिक सिर्जनाले मात्रै साहित्य समृद्ध हुने विचार राख्दै उनी भन्छन,\"साहित्यमा ठूला लेखकलाई पछ्याउन खोज्यौँ भने देखि हामी कहीँका रहँदैनौँ। हामी कसैको बाटो हिँड्नु हुँदैन। आफ्नै बाटो खोज्नुपर्छ। आफ्नै बाटो पहिल्याउन सकेनौँ भनेदेखि लेखक, कवि नभए पनि भयो।\" जीवनको उत्तरार्द्धमा राइ विस्मृति लगायतका विभिन्न स्वास्थ्य समस्या र पत्नीको निधनको दुःखद परिस्थितिको सामना गरिरहेका थिए। तर उनी निराश भने देखिँदैनथे। \"म अघिको लेखक फेरि बनूँला भन्नेमा छैन, तर म सन्तुष्ट छु,\"उनले आफ्नो जीवनलाई आफ्नै शब्दमा यसरी मूल्याङ्कन गरेका थिए। \"मेरा सबै कृति प्रकाशित छन् वा हुनेवाला छन्, र म एक प्रकारले खुशी व्यक्ति जाँदैछु । मर्नुभन्दा अघि सन्तुष्ट व्यक्ति पाउनु कठिन छ। म चाहिँ त्यो व्यक्ति हुँ, म सक्छु।\" राईको अन्त्येष्टि बिहीवार दार्जिलिङमा गरिने परिवारनिकट स्रोतले जनाएको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending