Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

यी हुन् विश्वका 'टप टेन' धनाढ्य, विनोद चाैधरी १५६१ अाैं स्थानमा (सूचीसहित)

\"\"फोर्ब्स पत्रिकाले वार्षिक रुपमा सार्वजनिक गर्ने संसारका धनीहरुको सूचीको शीर्ष स्थानमा अनलाइन कम्पनी एमाजोनका संस्थापक जेफ बेजोस रहेका छन् । गत वर्ष ३९.२ अर्ब डलर रहेको सम्पत्ति ११२ अर्ब डलर पुर्याउँदै उनले शीर्ष स्थानमा कब्जा जमाउन सफल भएका हुन् । उनको उदयसँगै यसअघि शीर्ष स्थानमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्स ९० अर्ब डलर सम्पत्तिका साथ दोस्रो स्थानमा झरेका छन् । अघिल्लो वर्ष उनको सम्पत्ति ८६ अर्ब डलर रहेको थियो । पछिल्ला २४ मध्ये १८ वर्ष शीर्ष गेट्सले फोर्ब्स सूचीको शीर्ष स्थानमा कब्जा जमाउँदै आएका थिए । शीर्ष १० मा कोही पनि महिला पर्न सकेनन् । अमेरिकी रिटेल चेन कम्पनी वालमार्टकी एलिसा वाल्टन १६ औँ स्थानमा रहेकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २२२ स्थान तल खस्किएका छन् । उनको कूल सम्पत्ति ३.५ अर्ब डलरबाट ३.१ अर्ब डलरमा झरेपछि उनी धनीहरुको सूचीमा पछि परेका हुन् । फोर्ब्सका अनुसार न्युयोर्कमा रहेको उनको सम्पत्तिको मूल्यमा आएको कमी र गल्फ कोर्सको आम्दानीमा आएको कमीका कारण उनको स्थान खस्किएको हो । यस्ता छन् शीर्ष १० धनीहरुः १. जेफ बेजोस, एमाजोन – ११२ अर्ब डलर २. बिल गेट्स, माइक्रोसफ्ट – ९० अर्ब डलर ३. वारेन बफेट, बर्कसायर हाथावे – ८४ अर्ब डलर ४. बर्नार्ड आर्नल्ट एण्ड फ्यामिली, एलएमभीएच – ७२ अर्ब डलर ५. मार्क जुकरबर्ग, फेसबुक – ७१ अर्ब डलर ६.अर्मान्सियो ओर्टेगा, जारा – ७० अर्ब डलर ७. कार्लोस सिल्म हेलु एण्ड फ्यामिली – ६७।१ अर्ब डलर ८. चाल्र्स कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर ९. डेभिड कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर १०. ल्यारी एलिसन, ओराकल – ५८.५ अर्ब डलर नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्तिमा २० अर्बले वृद्धि भएको छ । विश्वभरीका खर्बपतिको सुची सार्वजनिक गर्दै आएको फोब्र्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गर्दै चौधरीको सम्पत्ति बढेको जनाएको हो । फोब्र्सका अनुसार एक वर्षको अवधिमा चौधरीले करिब २० अर्ब रुपैयाँ आम्दानी गरेका छन् । अघिल्लो वर्ष १ दशमलब ५ बिलियन डलर अर्थात १ खर्ब ५० अर्ब सम्पत्ती रहेकोमा यस वर्षको मार्च ६ सम्मको अवधिमा सो बढेर १ दशमलब ५२ बिलियन डलर अर्थात १ खर्ब ५३ अर्ब रुपैंयाँ पुगेको हो । चौधरी सम्पत्तिसँगै डलर अर्बपतिको सुचीमा दुई स्थान माथि उक्लेका छन् । फोब्र्सले विश्वभरीका २ हजार २०८ जना डलर अर्बपतीको सुचीमा चौधरी १५६१औँ स्थानमा छन् । अघिल्लो वर्ष उनी १५६३औँ स्थानमा सुचीकृत थिए । फोब्र्सले चौधरीको आम्दानीको प्रमूख स्रोतमा नविल बैंक, चौधरी ग्रुप कर्प अन्र्तगतका विभिन्न उद्योग तथा होटल भएको बताएको छ । त्यस्तै ६ वर्षको अवधिमा चौधरीले आफ्नो सम्पत्ती करिब ५० अर्बले बढाएका छन् । सन् २०१३ को मार्च महिनामा चौधरीको कुल सम्पत्ती एक खर्ब थियो भने २०१४ मा १ खर्ब १० अर्ब, २०१५ मा १ खर्ब ३० अर्ब, २०१६ मा १ खर्ब १० अर्ब र २०१७ मा १ खर्ब ३० अर्ब पुगेको छ । चौधरीको सन् २०१५ को मार्चमा १ खर्ब ३० अर्ब रहेकोमा २०१६ मा भने २० अर्बको गिरावट आउँदै १ खर्ब १० अर्बमा सिमित भएको थियो । त्यसपछि भने उनको सम्पत्ती बढ्दै गएको छ ।
 धनाढ्यहरूको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending