Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

नौ सामुदायिक विद्यालय खारेज

 

\"\"रुकुम । रुकुम (पश्चिम भाग)को आठबीसकोट नगरपालिकाले नौ विद्यालय खारेज गर्ने निर्णय गरेको छ ।

नगरपालिकाभित्र रहेका ६१ सामुदायिक विद्यालयमध्ये नौ विद्यालयलाई पूर्णरुपमा खारेज गर्ने निर्णय नगर शिक्षा समितिले गरेको हो । भौतिक पूर्वाधार, विद्यार्थी संख्या र शैक्षिक गुणस्तर मापनका आधारमा ती विद्यालयलाई नजिकको अर्काे विद्यालयमा पूर्णरुपमा गाभ्ने निर्णय भएको समितिले जनाएको छ । एक महिनाको समय लगाएर गरिएको विद्यालय अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा नौ विद्यालयलाई पूर्ण गाभिने र १६ विद्यालयको कक्षा घटाउने निर्णय भएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । पढाइको गुणस्तर सुधार्न विद्यालय खारेज तथा तह घटाउने निर्णय भएको बताइएको छ । “न्यूनतम पूर्वाधार पूरा नभएका, विद्यार्थी संख्या न्यून रहेका, विद्यालयको दूरी ३० मिनेटभन्दा कम भएका र शैक्षिक गुणस्तर न्यून भएका विद्यालय खारेजीमा परेको उनको भनाइ छ । विद्यालय गाभिएपछि शैक्षिक सुधार हुनाका साथै भौतिक पूर्वाधार अभाव नहुने गरेर सबै व्यवस्था मिलाउने तयारी गरिएको छ । नगरपालिकाभित्र रहेका चित्रिपाटन आधारभूत विद्यालय वडा नं ४, मस्टकैलाश तथा जलदेवी आधारभूत विद्यालय वडा नं ५, जोलीपीपल तथा जनचेतना र दीपज्योति आधारभूत विद्यालय वडा नं ९ लाई खारेज गरिएको छ । यसका साथै साइराम आधारभूत विद्यालय वडा नं १०, जनभावना आधारभूत विद्यालय वडा नं ११ र जनविकास आधारभूत विद्यालय वडा नं १२ पनि खारेजीमा परेका छन् । ती विद्यालयका शिक्षक तथा विद्यार्थी र अन्य भौतिक सम्पत्ति नजिकको विद्यालयमा गाभिएको नगर प्रमुख केसीले बताए । भौतिक पूर्वाधारको अभाव भएका र विद्यार्थी संख्या कम भएका अन्य १६ विद्यालयको तह घटाउने निर्णयसमेत भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending