Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

सलमानको घरमा रातभरि बलिउड हस्तीका ताँती, प्रशंसकमाथि लाठीचार्ज

मुम्बई, ‘हिट एण्ड रन’ केसमा पाँच वर्षको जेल सजायँ पछि दुईदिनको जमानत पाएका सलमान खान बुधबार आफ्नो घर पुगेका छन् । उनी घर पुगेलगत्तै बलिउडका लगभग सबै हस्तीहरु रातभरी ओहोरदोहोर गरिरहे । सलमान खानले हिजोको रात आफ्ना साथीहरु र बलिउडका स्टारहरुसँगै गुजारेको बताइएको छ । बिपाशा बसु, रानी मुखर्जी, प्रिती जिन्टा, सोनाक्षी सिन्हा र संगीता बिजलानीसमेत बलिउडका थुप्रै हस्तीहर उनलाई भेट्न उनका घर पुगेका थिए । सुनिल सेट्टी, सोनू सूद, चंकी पाण्डे, पनीत इस्सर राती अबेर सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट पुगे । टिसिरिजका भूषण कुमार र टिप्स कम्पनीका रमेश तौरानीले पनि सलमानलाई भेटे । यसका साथै सदलमान खानकी पूर्व प्रेमिका र अभिनेत्री संगीता बिजलानी र बिग बस फेस अभिनेत्री एली अबराम पनि सलमान खानलाई भेट्न पुगेका  थिए । कोर्टमा करिब १० घण्टाको तनावपछि राती करिब आठ बजे जब सलमान आफ्नो घर पुगे तब त्यहाँको भीडले उनको गाडीलाई घेरेको थियो । यहि क्रममा पुलिसले सलमानका प्रशंसकहरुमाथि हल्का लाठीचार्जसमेत गर्नुपरेको थियो । मुम्बइको अदालतले १३ वर्ष पुरानो हिट एण्ड रन केसमा सलमान खानलाई सबै आरोपमा दोषी ठहर््याउँदै पाँच वर्षको जेल सजायँ सुनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending