Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत लाभांश दिने

\"\"काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको मंगलबार ५१ औं वार्षिक साधारण सभाले मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुंदै कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोवार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्य वस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति गरी सेवा पु¥याउदै आएको अवगत गराए । मानन्धरले उक्त आ.व.को कारोवारबाट करकट्टी अगाडिको कुल मुनाफा रु. ७६ करोड ९३ लाख आर्जन गर्न सकेको र खुद मुनाफा ७ करोड ३६ लाख गरेको बताउनु भयो । अघिल्लो वर्ष २०७२।०७३ मा कुल मुनाफा रु. ६१ करोड २४ लाख थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको मन्दी, देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउंदै आफ्नो कारोवारमा सकारात्मक सुधार सहित अगाडि बढेकोे उल्लेख गरे । सर्वसाधारण जनतालाई सुपथ मूल्यमा अति आवश्यक वस्तुहरु सुलभ गराउने गहन सामाजिक दायित्व यस संस्थाले बहन गर्दै आएको छ । यस परिस्थितिमा आर्थिक उदारीकरण तथा खुल्ला बजार नीतिबाट सिर्जित उच्च प्रतिस्पर्धात्मक वातावरण र गहन सामाजिक उत्तरदायित्व वीच सामन्जस्य राखी आफ्नो व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी नेपाल भर उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहको कुरा अध्यक्षले बताए । उजले नेपालमा ५ वर्ष मुनिका ९४.५ प्रतिशत बालबालिकाले आयोडिनयुक्त नून प्रयोग गरेको जानकारी गराए । अन्तर्राष्ट्रिय एवं आन्तरिक बजारमा देखिएको उतार चढाव बीच कर्पोरेशनले यस वर्षको शुरुको ७ महिना माघ मसान्तसम्म रु. ६ अर्ब ६६ करोडको कारोवार गरेको छ । गत वर्ष सोही अवधिमा रु.५ अर्ब ४१ करोडको कारोबार गरेको थियो । नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७४।०७५ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशन रकमबाट युरिया ५७ हजार मे. टन, डिएपी २२ हजार मे. टन आयात भई सकेको व्यहोरा जानकारी गराउदैं वर्षेनी हुने गरेको मलको अभावलाई विगत वर्ष देखिनै कर्पोरेशनले सन्तोषजनक रुपमा व्यवस्थापन गरिरहेको छ । अनुदान रकमबाट आयात गरिएको रासायनिक मलको परिमाण नेपालको कृषि बजारको आवश्यकता भन्दा कम रहेकोले खेती गर्ने मुख्य सिजनमा मलको अभाव हुन नदिन कर्पोरेशनको आफनै पहलमा कृषि विकास मन्त्रालयको सिफारिस एवं स्वीकृति लिई अनुदान बिनाको अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट आयात गरी बिक्री वितरण गरिरहेको छ । यसका अतिरिक्त स्वदेशी उद्योगहरुमा चिनीको उत्पादन न्यून भई चिनी अभाव हुन गई मूल्य वृद्धि हुने हुंदा चिनीको अभाव हुन नदिन नेपाल सरकारको निर्देशनमा मूल्य नियन्त्रणको लागि चिनी आयात गरी बिक्री वितरण गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending