Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

माओवादीलाई सभामुख छान्न सकस: यी हुन् सात आकांक्षी

[caption id=\"attachment_167774\" align=\"alignleft\" width=\"720\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । नेकपा माओवादी केन्द्रलाई सभामुखको उम्मेदवार छनोट गर्न सकस परेको छ । पार्टीभित्र आधा दर्जन नेताले सभामुख बन्न इच्छा देखाउँदै लबिङसमेत थालेका छन् । आकांक्षी धेरै भएसँगै सभामुख छनोट र नेताहरूको व्यवस्थापन गर्न माओवादीलाई अप्ठ्यारो परेको हो । केही समयअगाडि गृहमन्त्री चयन गर्न ठूलो सकसमा फसेको माओवादी केन्द्रलाई सभामुख उम्मेदवार चयन गर्न पनि उस्तै हम्मे परेको हो । शनिबार बस्ने संघीय संसद्को बैठकले प्रतिनिधिसभाको सभामुख चयन गर्नेछ । एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुख एकएक पार्टीले बाँडफाँट गरेकाले सभामुख माओवादीको भागमा परेको छ । गठबन्धनका कारण वाम गठबन्धनका उम्मेदवार नै सभामुख बन्ने निश्चितजस्तै छ । अाजको राजधानीमा खबर छ-माओवादी नेता कृष्णबहादुर महराले सभामुखका लागि दाबी गर्दै आएका छन् । उनले सभामुख बन्न लबिङलाई समेत तीव्र बनाएर लगेका छन् । निवर्तमान सभामुख ओनसरी घर्तीले पनि दोहोरिने इच्छा देखाएकी छन् । उनले पूरा कार्यकाल पदमा बस्न नपाएको भन्दै पुनः दोहोरिने इच्छा प्रकट गरेकी छन् । एमालेले राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई नै दोहो¥याउने निर्णय गरेसँगै घर्तीले पनि आफ्नो दाबीलाई अझै बढाउने देखिएको छ । नेता महराले सभामुखका लागि लबिङ गरिरहेका बेला घर्तीलाई सभामुख बनाउन उनका श्रीमान् वर्षमान पुन पनि चर्को लबिङमा छन् ।माओवादी सचिवालय सदस्य गिरिराजमणी पोखरेलले पनि इच्छा देखाएका छन् । पार्टी वरिष्ठ नेता नारायणकाजी समूहका पोखरेलले मन्त्रीभन्दा पनि सभामुखमा बढी चासो देखाएको बताइएको छ । तर, पार्टीले उनलाई सरकारमा पठाउने तयारीसमेत गरिरहेको स्रोत बताउँछ । अर्का पार्टी सचिवालय सदस्य देव गुरुङले पनि सभामुखमा दाबी गरेका छन् । कानुनका ज्ञाता मानिने गुरुङको दाबीसमेत महŒवपूर्ण रहेको पार्टीभित्र चर्चा छ । एकताबाट रामबहादुर थापा नेतृत्वमा आउनेमा थापा मात्रै मन्त्री हुने अवस्थामा एकताको भावनालाई समेट्न गुरुङलाई सभामुख बनाउने सम्भावना छ । पार्टी विभाजनअघि गुरुङ सचिव पदमा थिए । पार्टी सचिवालय सदस्य अग्नि सापकोटा, लेखराज भट्टले पनि सभामुखको दाबी गर्दै आएका छन् । एक नेताका अनुसार महरा, गुरुङ र घर्तीमध्ये एक जनासभामुख हुनेछन् ।पार्टी प्रवक्ता पम्फा भुसालले आजभोलि नै पार्टीको बैठक बसेर सभामुख उम्मेदवार छनोट गर्ने बताइन् । पार्टी सचिवालय सदस्य देवेन्द्र पौडेलले सभामुख चयनका लागि सुझाव लिने र अनौपचारिक रूपमा छलफल समेत भइरहेको जानकारी दिए । मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशपछि सभामुख रहने हुँदा पनि यसलाई उपल्लो मर्यादाक्रमको जिम्मेवारीको पद मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending