Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

भूपू सैनिक परिवारलाई खुशीको खबरः चार वर्षमा बिनाधितो सात अर्ब लगानी

\"\"काठमाडौं । नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा नेपाल इन्भेस्टमेन्ट बैंकले आगामी चार वर्षमा थप ४० हजार भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिनाधितो रु सात अर्ब लगानी गर्ने भएको छ ।

उक्त बैंकले गएको चार वर्षमा २१ हजार १६१ भूतपूर्व सैनिकलाई लघुवित्त व्यवसायका लागि बिनाधितो ४ दशमलव ५ प्रतिशत सहुलीय ब्याजदरमा रु तीन अर्ब ५० करोड ५४ लाख कर्जा लगानी गरिसकेको नेपाल इन्भेस्टमेन्ट बैंकका कार्यकारी प्रमुख ज्योति पाण्डे जानकारी दिए । भूपू सैनिकको जीवनस्तरमा सुधार ल्याउन नेपाली सेनाको प्रस्तावमा बैंकले २०७० माघबाट भूपूसैनिक सम्मेलनकै अवसर पारेर सेवामूलक कार्यक्रमअन्तर्गत सहुलीयत ब्याजदरमा लगानी अघि बढाएको हो । मुलुकमा हाल भूपूसैनिक ५५ हजार ९६९ तथा पारिवारिक निवृत्तिभरणमा रहेकाको संख्या १२ हजार ४१७ रहेको कल्याणकारी बोर्डले जनाएको छ । बैंकबाट ऋण लिएर व्यवसाय शुरु गरेका भूपूसैनिकले छोटो अवधिमा पर्याप्त आम्दानी लिन सफल भएपछि बैंकले लघुवित्तको लगानीमा ह्वात्तै वृद्धि गरेको हो । समयको हेक्का र अनुशासनभित्र रही जिम्मेवारी निर्वाह गर्ने भूपूसैनिकले बंैकको ऋणबाट भौगोलिक धरातल र बजारको मागका आधारमा व्यवसाय सञ्चालन गर्दै आएका कारण छोटो समयमा उदाहरणीय प्रगति हासिल गर्न सफल भएकोे सेनाको ठम्याइ छ । नेपाली सेनाले हिताधिकारीको आवश्यकता र मागलाई ध्यानमा राखेर भूपू सैनिक सम्मेलन वा अरू कुनै कार्यक्रममार्फत कल्याणकारी बोर्डबाट प्रदान गर्ने सबै कार्यक्रम घरदैलोमै पु¥याउने प्रयास गरिरहेको कल्याणकारी बोर्डका कार्यकारी प्रमुख अधिकृत पदमविलाश कार्कीले जानकारी दिए । उनले भने “जीवनको ऊर्जावान् महत्वपूर्ण समय संगठन र मुलुकको खातिर समर्पण गरेका भूपू सैनिकको जीवन शैलीमा सुधार गरी परिवर्तन ल्याउन सकियोस् भने भनेर शुरु गरिएको कार्यक्रमबाट निकै राम्रो नतिजा प्राप्त भइरहेको छ, ऋणीले व्यवसाय बढाउँदै लगेका छन्, कार्यक्रम ज्यादै सफल भएको छ ।” लघु व्यवसाय सञ्चालन गर्न चाहने महिला उद्यमीलाई रु पाँच लाख तथा पुरुषलाई रु चार लाखसम्म बैंकले कर्जा प्रवाह गर्नेछ । कृषि तथा पशुजन्य कार्यक्रम रहेका सहकारीमार्फत व्यवसाय सञ्चालन गर्न चाहेमा त्यस्ता समूहमा आउने उद्यमीलाई बंैकले रु एक करोडसम्म लगानी गर्ने जनाएको छ । बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिएर भूपू एवम् आश्रित परिवारले खासगरी अम्रिसो र अलैँची खेती तथा बंगुरपालन, भैँसीपालन, गाईपालन, बाख्रापालन, मौरीपालन, माछापालन तथा किराना पसल र होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending