Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

सभामुख महरासँगको अन्तरवार्ताः मैले कैलेपनि पद चाहियो भनिन, अब पार्टीको राजनीति गर्दिँन

\"\"नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । झन्डै दुईतिहाइनजिक पुगेको एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको समर्थनमा उनी सभामुख पदमा पुगे । प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुख पदका लागि उम्मेदवार नउठाएर महरालाई नै सर्वसम्मत बन्ने बाटो खुला गरिदियो । यसै सन्दर्भमा सभामुखका रूपमा महराको आगामी कार्यकाल, उनले निर्वाह गर्ने भूमिकालगायत विषयमा अाजको नयाँ पत्रिकामा अन्तरवार्ता छापिएको छ । तपाईंसँग ०४८ सालदेखिको संसदीय अनुभव छ, जनयुद्ध हुँदै शान्तिप्रक्रियापछिको लोकतन्त्र प्राप्ति र संविधान जारीपछिको संघीय संसद्मा सभामुख पदमा निर्वाचित हुनुभएको छ, कस्तो अनुभूति गरिरहनुभएको छ ? लामो समय त मैले राजनीतिक यात्रा नै पूरा गरेको छु । ०४८ सालमा हाम्रो पार्टीको मुख्य उद्देश्य भनेको संसद्भन्दा फरक थियो । संसद्प्रतिको हाम्रो विश्वास कम थियो । संसद्प्रति जनताकै विश्वास छैन भन्ने लागेर पार्टी युद्धमा गयो । त्यसपछि युद्धद्वारा पुरानो संसदीय व्यवस्थाको अन्त्य गरेर नयाँ संसदीय व्यवस्था स्थापना गर्नुपर्छ भन्ने मान्यता राख्यौँ । संविधान निर्माण भइसकेपछि नयाँ प्रतिनिधिसभाको चयन भइसकेको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी सहभागितासहितको नयाँ संविधान बनेको छ । त्यसकारण नयाँ संविधानमा आधारित भएर बनेको प्रतिनिधिसभा हो । यो हिजोको जस्तो होइन । संसद्भित्रको अभ्यास, प्रक्रियागत विधिको दृष्टिकोण के हो भन्ने एउटा अनुभव थियो । राजनीतिक दृष्टिकोणले यो नितान्त नयाँ परिवेश हो । यस्तो अवस्थामा नयाँ भूमिकासहितको प्रतिनिधिसभाको सभामुख हुन पाउँदा म खुसी छु । केही राजनीतिक उपलब्धिसहितको संविधान र संविधानमा आधारित प्रतिनिधिसभा बनेको हुनाले यसको नेतृत्व गर्ने भूमिकामा आफूलाई पाउँदा खुसी छु । सभामुखका रूपमा मुख्य कार्यभार र चुनौती के पाउनुभएको छ ? प्रतिनिधिसभा भनेको जनताको सार्वभौमसत्ता प्रयोग गर्ने सर्वोच्च अंग हो । यहाँ जनताका सबै विचार, आस्था, भावना र मनोविज्ञान केन्द्रित हुन्छ । यसपटकको प्रतिनिधिसभा नयाँ संविधानमा आधारित छ । यसमा समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेका छौँ । जनताको कुनै हिस्सा मनोविज्ञान अहिले छुट्दैनन् । महिला, जनजाति, मधेस सबै क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुने भएकाले जनताका सबै भावना र मनोविज्ञान केन्द्रित हुन्छ । जनताको सार्वभौमसत्ता  प्रयोग गर्नसक्ने सर्वोच्च थलोका रूपमा यसलाई लिनुपर्छ । समस्याहरू केन्द्रित गर्ने ठाउँ पनि यही हो । छलफलको उचित वातावरण निर्माण गर्ने र समाधान निकाल्ने ठाउँ पनि यही हो । यसकारण अबका दिनमा नयाँ संविधानको नयाँ अवधारणाअनुसार प्रतिनिधिसभालाई विकास गर्नेछौँ । संघीयता कार्यान्वयन, नयाँ कानुन, नीतिहरू निर्माण गर्नुपर्नेछ । यसैअनुसार संसद् अघि बढ्नेछ । निर्विरोध सभामुख बन्नुभयो । अब प्रमुख प्रतिपक्षीसहित अन्य दललाई कसरी समेट्नुहुन्छ ? संसद् भनेको सम्पूर्ण सांसदको संगम थलो हो । सत्तापक्ष र प्रतिपक्ष भन्ने संसदीय व्यवस्थाको पक्ष हो नै, तर सत्तापक्षको काम–कारबाहीलाई प्रतिपक्षले रचनात्मक ढंगले कुरा उठाउने र रचनात्मक सुझाबलाई सत्तापक्षले आत्मसात् गर्ने नै संसदीय परम्पराको राम्रो उदाहरण हो । यो वातावरण सिर्जना गर्न मैले सम्भव देखेको छु । यो संसद्मा भएका सबै दल, सबै माननीय सांसदको विचारमाथि छलफल गर्ने र समाधान गर्ने थलो हो । यस्तो वातावरण बनाउन म लाग्नेछु । विगतको संसद्मा तिक्ततापूर्ण अवस्था पनि देखियो । संविधान घोषणा गर्दैगर्दा कोही संसद्बाहिर र कोही भित्र थिए । उतिवेला बाहिर बस्नेहरू फेरि भित्र आएका छन्, उनीहरूलाई यहीँ राखिराख्न तपाईंको भूमिका के हुन्छ ? राजनीतिक बहस करिब–करिब टुंगिसकेको छ । केही बचेका छन् भने तिनलाई छलफल र सहमतिबाट टुंगो लगाउनुपर्छ । त्यसको पूरै कोसिस मबाट हुन्छ । तर, अहिले देश सुशासन र समृद्धिको अभियानमा आउन खोजेको छ । यसमा सबै राजनीतिक दलको समान धारणा छ । चुनावमा सबैले आफ्नो प्रतिबद्धता व्यक्त गरेको स्थिति हो । त्यसकारण पहिलेजस्तो स्थिति हुँदैन । यसपटक सुशासन र समृद्धि कसरी कायम गर्ने भन्ने बहस भयो भने त्यो त राम्रो कुरा हो । सरकार र संसद्को सम्बन्ध कसरी अघि बढ्छ भन्ने चासो विपक्षी दलमा पनि देखिन्छ नि ? सरकार उद्गम हुने थलो पनि संसद् हो । त्यसैले संसद् र सरकारबीच राम्रो सम्बन्ध हुनुपर्छ । सरकारलाई संसद्ले राम्रो गाइड गरोस्, रचनात्मक सहयोग गरोस् । त्यो ढंगले संसद्को विकास हुनुपर्छ । अवरोधक र बाधकका रूपमा होइन । त्यसकारण अब संसद् र सरकारको सम्बन्ध राम्रो हुन्छ । न्यायालयमा नियुक्ति प्रक्रिया संसद्सम्म आइपुग्दा संसदीय प्रक्रिया सामान्य कर्मकाण्डी मात्र हुने गरेको आरोप लाग्ने गरेको छ । न्यायालय र संसद्बीचको सम्बन्धबारे तपाईंको धारणा के छ? संविधान, ऐन र नियमहरू कस्ता बन्छन्, त्यहीअनुसार अघि बढ्ने थलो न्यायालय हो । त्योभन्दा बाहिरबाट चल्दैन । संविधान बन्ने थलो संविधानसभा बनिसक्यो । ऐन बनाउने थलो प्रतिनिधिसभा हो । नियमावलीहरू सरकारले बनाउँछ । त्यसकारण हामीले समयानुकूल जनताले माग गरेअनुसार, देशको आवश्यकताअनुसार ऐन बनाउने हो । ऐनअनुसार न्यायालय चल्ने हो । चलेन भने परिमार्जन गर्न सक्छ । त्यसकारण व्यवस्थापिका यस्तो चिज हो जसको सम्बन्ध सोझै जनताको प्रतिनिधित्वसँग जोडिएको छ । न्यायालय पनि जनतासँग राम्रो सम्बन्ध बनाएर अघि बढ्नुपर्छ । संघीयता कसरी धानिएला भन्ने चिन्ता छ नि ? प्रारम्भमा सबैलाई त्यस्तो लाग्छ । स्रोत कहाँबाट ल्याउने भन्ने विषय हो । विगतमा म अर्थमन्त्री पनि भएको नाताले राम्रोसँग संकलन गर्न सकियो भने धेरै स्रोत छ भन्ने लाग्छ । अब त केन्द्रीय सरकार, प्रादेशिक र स्थानीय गरी तीन तहका सरकार छन् । स्रोतको खोजी उहाँहरूले राम्रोसँग गर्न सक्नुहुन्छ । अझ बढी स्रोतको खाँचो पर्दैन । सुरुमा यसलाई मेन्टेन गर्न गाह्रो देखिएजस्तो हो । मलाई लाग्छ, बिस्तारै यो कुराको पनि हामी व्यवस्थापन गर्छौँ । वाम गठबन्धन दुईतिहाइ नजिक पुगिरहँदा संविधान संशोधनको चर्चा पनि छ । सभामुखका रूपमा संविधान संशोधन हुने विषयलाई कसरी लिनुहुन्छ ? संविधान संशोधन जनताको चाहना, राष्ट्रको आवश्यकता र समयको मागले परिमार्जन हुँदै जाने कुरा हो । त्यो कुरा संसद्मा उठाउने साथीहरू पनि हुनुहुन्छ । अरू दलहरूसँग पनि छलफल होला । बिस्तारै कति संशोधन गर्दा हुन्छ भन्ने कुरामा सहमति होला । यो विषयमा अभिभावकीय भूमिका मेरो पनि रहन्छ । हामीले के भनेका छौँ भने दुईतिहाइ पुर्या‍एर मात्रै गर्न सकिन्छ भन्ने भन्दा पनि सहमति कसरी गर्न सकिन्छ भन्ने हो । सरकारले अझै पूर्णता पाएको छैन । संसद्लाई बिजनेस अभाव होला नि ? मेरो विचारमा सरकार बनेको छ । पूर्णता नपाएको मात्रै हो । संसद्लाई बिजनेस यो सरकारले पनि दिन सक्छ । मलाई लाग्छ, सरकारले छिटै पूर्णता पाउनेछ । अब पार्टी राजनीतिलाई कसरी अघि बढाउनुहुन्छ ? अब सभामुखको हैसियतले बैठक सञ्चालन गर्ने, विधिसंगत ढंगले संविधान र कानुनको परिधिभित्र रहेर सन्तुलित भएर काम गर्ने इच्छा छ । पार्टीको सक्रिय राजनीति अहिले हुँदैन । तपार्इंले पटक–पटक अवसर पाउनुभयो भन्ने असन्तुष्टिका आवाजहरू पार्टीभित्रैबाट पनि सुनिए । तपार्इं आफैँ चाहेर सभामुख बन्नुभयो कि परिस्थिति आइलाग्यो ? त्यस्तो होइन । मैले आजसम्म कुनै पनि पदमा म आफैँ हुनुपर्छ भनेर भनेको छैन । मलाई लाग्छ, मेरो खाँचो र आवश्यकता भयो र पार्टीले यो भूमिकामा पुर्या‍यो । मुलुकमा राष्ट्रपति र उपराष्ट्रपति दोहोरिँदै गर्दा सभामुख किन दोहोर्या‍इएन भन्नेहरू पनि छन् नि ? पहिलेको सभामुखले धेरै राम्रो भूमिका खेल्नुभएको थियो । अबको स्थितिमा मलाई पार्टीले पठायो । यसमा कसैको भूमिका कम र बढी भन्ने होइन । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending