पूर्वजनसेनाका कमान्डर थिए चार महिने शिशुका उद्धारकर्ता
बैशाख २४ गते, २०७२ बिहिवार 7th May, 2015 Thu१७:४४:४० मा प्रकाशित
क्याप्टेन दीपक नजिकै थिए । चारमहिने शिशुकी आमा अलापबिलाप गर्दै थिइन्, ‘मेरो बच्चा सानो छ, त्यहाँ पुरिएको छ, बचाउनुस् ।’ दीपकले अगाडि हेरे, धराप थियो । पछाडि हेरे, एउटी आमाको चित्कार थियो । यसरी अलापबिलाप गर्ने रश्मिचा अवाले थिइन् । नेपाली सेनाका क्याप्टेन थिए, दीपककुमार बुढाथोकी । रश्मिचाको अनुनय रोकिएन, ‘पुरिएर दुई छोरा मरिसके, यो सोनितलाई जसरी पनि बचाइदिनोस् ।’
दीपकले आफ्नो ग्रुप परिचालन गरे । त्यो पाँचतले भवन पूरै ध्वस्त थियो । ध्वस्त भवनभित्र चारमहिने शिशुको के हाल होला रु दीपकले अठोट गरे, ‘शिशुु जुन हालतमा होस्, यी आमालाई बुझाउँछु ।’ उनको टोलीले दिउँसोदेखि राति ११ बजेसम्म भग्नावशेष भवन खोतल्यो, केही भेटिएन । ११ बजे भूकम्प आएपछि उनीहरुले केही बेरका लागि काम रोके । शिशुकी आमाको अलापबिलाप रोकिएको थिएन ।
भूकम्पले वरपरका जीर्ण घर भत्कने खतरा थियो । क्याप्टेन दीपकले भूकम्प रोकिएपछि खोजी गर्ने वचन दिए । त्यसपछि क्याप्टेन दीपकको सैन्य ट्रक सल्लाघारी तीनकुनेको चौरतर्फ लाग्यो । केहीबेर आराम गर्न पुगेका दीपकको दिमागमा ती चारमहिने शिशुकी आमाको चित्कार गुञ्जिरहेकै थियो । त्यसैले बिहान तीन बजे नै उनको टोली भग्नावशेष भवनतर्फ मुभ भयो ।
वैशाख १२ को विनाशकारी भूकम्पले जनधनको क्षति गरेपछि विपत् व्यवस्थापन गण सुन्दरीजलमा कार्यरत क्याप्टेन दीपकलाई सैनिक हेडक्वार्टरबाट आदेश आयो– ‘भक्तपुर इलाका बढी क्षतिग्रस्त छ, त्यहाँ मुभ गर ।’
भूकम्प गएको २० मिनेटमा उनीसहितको टोली भक्तपुर मुभ भयो । ब्यासी पुग्दा त्यहाँको दृश्य विभत्स थियो । रुवाबासी चलिरहेको थियो । घरहरु सबै भत्किसकेका थिए । मान्छेहरु चौर र खेतहरुमा थिए । सेना देख्नेबित्तिकै उनीहरु हुर्रिएर अगाडि आए ।
दुईवटा ट्रकमा एक सय ६० सैनिक थिए । दुईवटा गुल्म थियो । दुई मेजरले फरकफरक गुल्मको कमान्ड सम्हालेका थिए । दीपक एक गुल्ममा ट्वाइसी थिए । अर्को गुल्मको कमान्ड चाहिँ सुकुलढोकातिर खटियो । दीपकसहितको गुल्म ब्यासीबाट कमलविनायक र च्याम्हसिंहतिर खटियो । च्याम्हसिंहको भित्रतिर जाने स्थिति नै थिएन । भूकम्प रोकिएकै थिएन । घरका ढुंगाहरु खस्दै थिए । तर पनि सेना छिर्ने आँट गर्यो ।
कमलविनायकमा एउटा घर भत्किएको थियो । त्यो घरमा चार जना मान्छे पुरिएका थिए । तीमध्ये दुईजनाको मृत्यु भइसकेको थियो । एक जनालाई सेना पुग्नुभन्दा पहिले नै स्काभेटरले निकालिसकेको थियो । हात भाँचिएको अवस्थामा उसकी दिदीलाई पनि निकालिएको थियो । उनीहरुमध्येकै चार महिनाको एक बच्चा त्यहीं पुरिएको खबर सेनामा पुग्यो ।
तीन बजेदेखि ६ बजेको बीचमा उनको टोलीले चारवटा शव निकालिसकेको थियो । साढे सात बज्दै थियो, बच्चा पुरिएको भग्नावशेषमा उनको टोली मुभ भयो । खोज्न सुरु गर्यो । धेरै तलसम्म खोतल्दै थिए, दीपकलाई बच्चा रोएको आवाज आएजस्तो लाग्यो । उनले त्यो आवाजलाई पछ्याए । शिशु जीवितै भएको पक्का भयो । तर, सकुशल निकाल्ने कसरी रु उनको टोली संवेदनशील भएर उद्धारमा लाग्यो । बिहान साढे आठ बजे बच्चाको नजिक पुग्यो । शिशुले औंला चलाइरहेको थियो । रुन भने छाडिसकेको थियो ।
शिशुको नजिकै एउटा कुर्सी थियो । उल्टो कुर्सीको मुनि शिशु । त्यो उल्टो कुर्सीले उनलाई थप विश्वास दियो किनकि कुर्सीमुनि शिशु सुरक्षित हुने सम्भावना थियो । उनले सुवेदार दीपक राईलाई शिशु निकाल्न आदेश दिए । राई जनमुक्ति सेनाबाट समायोजित नेपाली सेनाका सुवेदार थिए । उनैले बिहानको १० बजेतिर २२ घन्टापछि भग्नावशेष भित्रबाट ती कलिलो शिशुलाई काखमा राखे । बच्चालाई केही पनि भएको थिएन । मुखमा माटो थियो । त्यसपछि राईले शिशु क्याप्टेन दीपकलाई थमाए ।
‘उद्धारका बेला शव निकाल्नुभन्दा जिउँदो मान्छे निकाल्दाको आनन्द अर्कै हुन्छ,’ क्याप्टेन दीपकले खुसी बाँडे ।
बाहिर जनता खुसीले उफ्रँदै थिए । त्यो ठूलो भीड एकाएक भग्नावशेष नजिकैको सेनातिर आयो र ती जिउँदो शिशु निकाल्ने हिरोहरुलाई उचाल्न थाल्यो । नचाउन थाल्यो । त्यो चिहानजस्तो भग्नावशेषमाथि केही क्षण खुसी बर्सियो ।
तत्कालै क्याप्टेन दीपकले एम्बुलेन्स बोलाए । शिशुलाई अस्पताल पुर्याउनु थियो ।
यी बहादुर सैनिकहरुले शिशु उद्धार गरेको तस्बिर संसारभर चर्चित भयो । नेपालका प्रायः सबै सञ्चारमाध्यमले प्रथामिकताका साथ प्रसारप्रसार गरे । अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी तथा सीएनएनले समेत उनको फोटो नेपालको अनलाइन मिडिया काठमाण्डु टुडेबाट साभार गर्यो । हामीले निरन्तर उनको पिछा गरिरह्यौं । आखिर ती साहसिक तथा बहादुर सैनिक को थिए त र ?
अहिले शिशुको स्वास्थ्य अवस्था तन्दुरुस्त छ । यी शिशुलाई बचाउने ती सेनानी को हुन् रु उनीसँग संवाद गर्न खोज्दा उनले समय नभएको र आफू उद्धारको काममा व्यस्त रहेको बताए । आखिर उनले नभने पनि उनका आफन्तबाट थाहा पाइयो– सल्यान घर भएका उनी समायोजित जनमुक्ति सेनाका नेपाली सेना रहेछन् । ०५६ सालदेखि जनमुक्ति सेनाका कमान्डर रहेका उनलाई खरबडबलीले सोधेको थियो, ‘तपाईं पूर्वजनमुक्ति सेना हो रु’ उनको जवाफ थियो, ‘म नेपाली सेना हुँ ।’
तस्बिर साभार: काठमान्डु टुटे डटकम/अमुल थापा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: