Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पूर्वाञ्चलका भुकम्प पीडितले राहत नपाएको गुनासो

धनकुटा, नजिकको तीर्थ हेला- भनेझैं पूर्वाञ्चलका विभिन्न स्थानबाट संकलित राहत सामग्री राजधानी सहित पश्चिमका जिल्लामा जान थालेपछि पूर्वाञ्चलका भूकम्प प्रभावित जिल्लाहरूमा राहत अभाव भएको छ । सबैले गोर्खा, सिन्धुपाल्चोक, दोलखा लमजुङ लगायतका जिल्लामा राहत सामग्री लैजान थालेपछि पूर्वाञ्चलका भूकम्प पीडितहरुले राहत कम पाएका हुन् । पीडितहरुले राहत वितरणमा कसैलाई काखा, कसैलाई पाखा भएको गुनासो गरेका छन् । पश्चिमका जिल्लाहरुमा थुप्रिएर बसेको राहत वितरण भएको छैन भने पूर्वमा राहतको अभाव भएको छ । गत वैशाख १२ गते आएको विनाशकारी महाभुकम्पका कारण पूर्वाञ्चलमा ५२ जनाको ज्यान गएको छ । ओखलढुंगाको खिजिफलाटे(८ का ३६ वर्षीय मकरबहादुर तामाङको शनिबार मृत्यु भएपछि ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको छ । यसअघि पूर्वाञ्चलका विभिन्न जिल्लामा महाभूकम्पमा परि ५१ जनाको मृत्यु भएको थियो । श्रीचौरबाट राहत स्वरुप बाँडिएको त्रिपाल बुझेर घरतर्फ फर्कने क्रममा योलुङ खोलाको भीरमाथिबाट खसेको पहिरोमा परि अपराह्न १ बजे उनको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पूर्वाञ्चलमा घाइते हुनेको सङ्ख्या ३ सय २८ पुगेको छ । भूकम्पबाट हालसम्म सोलुखुम्बुमा २२, ओखलढुंगामा १९, सुनसरीमा ७, मोरङमा २, भोजपुरमा २ र ताप्लेजुङमा १ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, घाइते ३ सय २८ जना मध्ये १ सय ७९ पुरुष र १ सय ३९ जना महिला रहेका छन् । भूकम्पबाट सामान्य घाइते उपचार पछि घर फर्किसकेका छन् भने गम्भीर घाइतेहरुको उपचार पूर्वाञ्चलका विभिन्न अस्पतालहरुमा भइरहेको प्रहरीले जनाएको छ । भूकम्पका कारण हालसम्म ६ हजार ३ सय २१ वटा घर पूर्ण रुपमा क्षति भएका छन् भने १७ हजार ८ सय ३१ घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार पूर्वाञ्चलका ९४ वटा सरकारी कार्यालयमा पूर्ण रुपमा क्षति पुगेको छ । भूकम्पबाट कति क्षति भएको छ भनेर अहिलेसम्म यकिन गर्न नसकिएको बताइएको छ । धनकुटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले राहत वितरण सुरु गरेपनि राहतको आकांक्षी पीडित भन्दा अन्य धेरै भएकाले वास्तविक पीडितको पहिचानको लागि तत्काल स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए । जिल्लामा पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयले ५ हजार, जिल्ला विकास समितिले ३ हजार र फेकोफनले १ गरि प्रतिघर ९ हजार रुपैयाँका दरले राहत वितरण सुरु गरिएको थियो । कोशी अञ्चलमा सबैभन्दा बढी भोजपुरमा सर्वसाधारणका घर भत्किएका छन् । भोजपुरमा अझै पनि क्षतिको विवरण पूर्ण रुपमा आउन सकेको छैन । भोजपुरमा ९ हजार ७ सय वटा घरमा पूर्ण रुपमा क्षति भएको छ । करिब ७ हजार सर्वसाधारण घरबारविहीन भएका छन् । भूकम्पका कारण २२ जनाको मृत्यु र ३० प्रतिशत भन्दा बढी परिवार घरबारविहीन भएको ओखलढुंगामा जिल्लाका जनप्रतिनिधिहरु अवस्था बुझ्न नआएकोमा स्थानीय आक्रोशित भएका छन् । आफूले भोट दिएर पठाएका प्रतिनिधिहरु नआएपछि स्थानीय आक्रोशित भएका हुन । सभासदहरु बलबहादुर केसी र गोपाल गिरी दुवै जनताबाट बेखबर भएपछि उनीहरूलाई बहिष्कार गर्ने तयारी जनताले गरेका छन् । छिमेकी जिल्लाका सभासदहरु भूकम्प गएको ३ दिन नबित्दै राहत प्याकेज लिएर आआफ्नो निर्वाचन क्षेत्रका जनताको दुखमा साथ दिन पुगेपछि सर्वसाधारणले सभासदहरु राहत लिएर आउने आशा गरेका थिए । तर, उनीहरूले राहत ल्याउने त परको कुरा अहिलेसम्म भूकम्पबाट आफन्त गुमाएका परिवार तथा प्रभावितका लागि समवेदना समेत व्यक्त नगरेको स्थानीयले बताए । स्थानीय प्रशासनले भने आपतकालीन राहत सामाग्री वितरण कार्यलाई तीव्रता दिएको छ । आपतकालीन राहतका लागि १ करोड १६ लाख रुपैयाँ विभिन्न गाविसका पीडित तथा मृतकका परिवारलाई वितरण गर्न टोली मार्फत पठाइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए । सोलुखुम्बु जिल्लामा १५ सय ५५ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ओखलढुंगा जिल्लामा भूकम्पमा परेर १९ जनाले ज्यान गुमाएका छन् । जिल्लाको रगनी गाविसमा मात्रै ६ जनाको मृत्यु भएको छ । ९२ जना घाइते मध्ये गम्भीर १२ जनाको जिल्ला अस्पतालमा भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले मृतकमध्ये १८ परिवारलाई तत्काल राहत स्वरुप प्रति परिवार ४० हजार रुपैयाँ प्रदान गरेको छ । जिल्लामा भूकम्पले करीब १५ हजार घर पूर्ण रुपमा क्षतिग्रस्त भएको अनुमान गरिएको छ । पीडितको राहतका लागि पाँच हजार थान त्रिपाल र २० क्विन्टल चामल वितरण गरिसकिएको छ । जिल्लाका ४० गाविसमा बढी प्रभावित छन् । पूर्वाञ्चल र तराईका जिल्लाले सो जिल्लालाई खाद्यान्न र औषधी उपचारमा सहयोग पुर्याइरहेका छन् । भूकम्पबाट १ सय विद्यालय, १२ स्वास्थ चौकी र १ इलाका प्रहरी कार्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले जनाए । सरकारका तर्फबाट पर्याप्त राहत नआएपछि पीडितहरु निराश हुन थालेका छन् । पूर्वाञ्चलका विभिन्न जिल्लाबाट प्राप्त सूचना अनुसार अहिले केही विस्थापितले बाहेक अरुले राहत पाएका छैनन् । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक सुरेशप्रकाश आचार्यले प्रभावित क्षेत्रमा राहत पुर्‍याउने कार्य भइरहेको बताए । ुहामीले सोलु र ओखलढुंगामा ७ हजार त्रिपाल र खाद्यान्न वितरण गरेका छौ -उनले भने । बजारमा अभाव भएका राहत सामग्रीहरु उद्योगहरुसँग माग गरिरहेकाले नपुगेको ठाउँमा थप राह पुर्‍याउन पहल भइरहेको आचार्यले बताए । भौगोलिक विकटताका कारण कतिपय ठाउँमा राहत पुर्‍याउन नसकिएको उनको भनाइ छ । राहत वितरण गर्दा कसैलाई विभेद नगरेको क्षेत्रीय प्रशासक आचार्यले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies