Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

महासंघको चेतावनीः प्रेस स्वतन्त्रता हनन भए सडकमै उत्रन्छौं

\"\"काठमाडौं । ‘अवहेलना’ को प्रावधान दुरुपयोग गर्दै अदालत र प्रेस काउन्सिल मिडियामाथि नै ‘प्रि–सेन्सरसिप’ लगाउनेतर्फ गए सडक आन्दोलनमा उत्रने नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ । ‘प्रधानन्यायाधीशको अयोग्यताबारे लेखिएका समाचारलाई लिएर कान्तिपुरमाथि अवहेलना मुद्दा लगाइनु र समाचार छाप्न रोक्न प्रेस काउन्सिललाई आदेश दिइनु प्रेस स्वतन्त्रताविरुद्ध कदम हुन्,’ महासंघका महासचिव रमेश विष्टले भने, ‘अदालतले त्यही प्रकृतिको फैसला सुनाए महासंघ सडकमा उत्रन बाध्य हुनेछ ।’ प्रधानन्यायाधीश गोपाल पराजुलीको फरक–फरक जन्ममिति र प्रमाणपत्र सम्बन्धमा कान्तिपुरमा प्रकाशित समाचारले अदालतको अवहेलना भएको भन्दै दायर मुद्दाको सर्वोच्चमा सुनुवाइ जारी छ । आजको कान्तिपुर दैनिकमा खबर छ–यसअघि पराजुलीकै एकल इजलासले कान्तिपुरलाई सर्वोच्चमा झिकाउनुका साथै ‘सेन्सरसिप’ लगाउन काउन्सिललाई आदेश दिएको थियो । उक्त कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नै संकुचित हुने स्थितिमा पुगेको निचोडसहित कान्तिपुरप्रति ऐक्यबद्धता जनाउन महासंघको उच्चस्तरीय टोली आइतबार कान्तिपुर कार्यालयमा आएको हो । ‘प्रेस स्वतन्त्रता संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्रमा व्यवस्था गरिएको प्रावधान हो । यसलाई कुनै पनि न्यायाधीशको आदेशले उल्लंघन गर्न त परको कुरा, त्यसविरुद्ध संविधानमै प्रावधान भए स्वतः खारेज हुन्छ,’ महासंघका उपाध्यक्ष विपुल पोखरेलले भने, ‘प्रेस स्वतन्त्रतालाई संकुचित गरिने कुनै पनि क्रियाकलाप वा निर्णयको महासंघले खुलेर विरोध गर्नेछ । यो नेपालको संविधान र विश्वव्यापी घोषणाविरुद्ध हो ।’ पोखरेलले न्यायाधीशका चारित्रिक विषयले सिंगो अदालतको प्रतिनिधित्व गर्न नसक्ने बताए । ‘समाचारको एउटा पात्रले आफूलाई पीडित दाबी गर्दै प्रेस काउन्सिलमा उजुरी गर्न वा अदालत जान मिल्छ,’ उनले भने, ‘तर पदीय दुरुपयोग गर्दै प्रेस स्वतन्त्रता कुण्ठित पार्न मिल्दैन ।’ पराजुलीले प्रेस काउन्सिललाई दिएको ‘सेन्सरसिप’ को आदेश र लगत्तै काउन्सिलले कान्तिपुरलाई तारन्तार स्पष्टीकरण सोधेको घटनालाई गम्भीरतापूर्वक हेर्नुपर्ने महासंघको ठहर छ । ‘हामीले अदालतको क्रियाकलापसँगै काउन्सिलका गतिविधिसमेत नियालिरहेका छौं,’ महासचिव विष्टले भने, ‘प्रेस स्वतन्त्रताविरुद्ध अघि बढ्न कसैलाई दिँदैनौं ।’ अखिलेश उपाध्याय, कान्तिपुरका सम्पादक हरिबहादुर थापालगायतले प्रधानन्यायाधीश पराजुलीले कान्तिपुरविरुद्ध अवहेलना मुद्दामार्फत सिंगो मिडिया जगत्माथिसेन्सरसिप लगाउन खोजेको भन्दै त्यसतर्फ गम्भीर हुन ध्यानाकर्षण गराएका थिए । महासंघका वरिष्ठ पदाधिकारीहरूले त्यो अवस्था आए महासंघ सडकमै उत्रने प्रतिबद्धता जनाएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending