Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भूकम्पमा भत्किए ११ हजार कक्षा कोठा

काठमाडौं, भूकम्पका कारण विद्यालयका ११ हजार दुई सय ८१ कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भएपछि सरकारले अस्थायी कक्षाकोठा बनाएर पठनपाठन गर्ने तयारी गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– शिक्षा विभागका अनुसार विद्यालयका ध्वस्त भएका ती कक्षाकोठा कुनै पनि गतिविधि गर्न नमिल्ने अवस्थामा छन्। भूकम्पबाट ४० जिल्लाका नौ हजार एक सय ८१ विद्यालयमा क्षति पुगेको छ। जसका कारण ती विद्यालयमा पढ्ने नौ लाख ४८ हजार विद्यार्थी प्रभावित भएका छन्। विभागका निर्देशक खगेन्द्र नेपालले चार हजार आठ सय ६९ वटा कक्षाकोठामा आंशिक क्षति भएको जानकारी दिए। दुई हजार आठ सय ७८ कक्षा कोठामा सामान्य क्षति पुगेको छ। यस्ता कक्षाकोठामा भने पठनपाठन गराउन सकिने विभागले जनाएको छ। भूकम्पका कारण नुवाकोट, दोलखा र गोरखाका जिल्ला शिक्षा कार्यालय बस्नै नहुने गरी भत्किएका छन्। भूकम्पमा परी ३१ जना शिक्षकको मृत्यु भएको पनि नेपालले बताए। भूकम्पपछि बन्द विद्यालय जेठ १ गतेदेखि सञ्चालन गर्ने तयारी छ। ‘धेरै विद्यालयमा क्षति भएका कारण पठनपाठन गराउन कठिन देखिएको छ। ती विद्यालयमा भएको क्षतिको अवस्था, पढाइ सञ्चालन गर्न कस्ताकस्ता तरिका अपनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न पनि स्कुल खोल्नु आवश्यक छ’ नेपालले भने। भवन भत्किएर पढाइ चलाउन कठिन देखिएका विद्यालयमा अस्थायी कक्षाकोठा बनाउने योजना विभागको छ । ‘त्रिपाल, बाँस वा स्थानीयस्तरमा उपलब्ध सामग्री प्रयोग गरेर यस्ता कक्षाकोठा बनाइन्छ’ नेपालले भने, ‘एउटा ब्लकमा दुई कोठा हुन्छन्। एउटा कोठामा ४० जना विद्यार्थी अटाउनेछन्।’ यस्ता कोठामा म्याट्रेस वा स्थानीयस्तरमा प्रयोग गरिने अन्य सामग्री बिछ्याइनेछ। कक्षाकोठासँगै अस्थायी शौचालय पनि निर्माण गरिनेछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: