Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

लाशमाथिको एकहप्ताः ताताेपानी/खासा डायरी

घुम्नका लागि म र एकजना साथी तातोपानी गएका थियौं । घुम्न र केही सामान किन्न चीनका खासामाथि बजारमा गएका थियौं । त्यहाँबाट ट्याक्सीमा फर्कंदै गर्दा एक्कासी हल्लाएजस्तो लाग्यो । सुरुमा त भूइचालो हो भन्ने पनि लागेन । ट्याक्सी ‘एक्सिडेन्ट’ हुन लागेको हो की जस्तो लाग्यो । ट्याक्सी चालक झरेर भाग्यो । सुुरुमा के भयो थाहा भएन । पछि ट्याक्सीबाट झरेपछि दोस्रो झट्कापछि मात्र भूइचालो गएको थाहा भयो । भुइचालो गएपछि ढुंगा खस्न थाले हामी चीनको सीमाभन्दा केही माथि थियौं । त्यहाँबाट नेपालको बोर्डर लाइनका घरहरु भत्किएको र पहिरोले पुरिरहेको देखियो । खासाबाट समान ओसार्ने कन्टेनर, घर, साना गाडी सबै पुरिरहेका थिए । चीनपटिको सडकमा पनि माथिबाट ढुंगा खसेर हिडिरहेको केहीलाई ढुंगाले लागेर मरेको देख्यौं । ट्याक्सीबाट झरेपछि सेफ ठाउ खोज्यौं तर, चीनतिर पनि पनि उस्तै भिरालो जमिन थियो । निरन्तर ढुंगा खसेको हुनाले बाँच्ने आशा नै मरिसकेको थियो । अलिकति खुल्लाजस्तो ढुंगा कम खस्ने ठाउँमा बस्यौं । दुई बजेसम्म हामी त्यही बस्यौ । अन्त बस्ने ठाउँ थिएन । त्यसपछि हिड्दै बोर्डरतिर आयौं  । त्यति बाटो हिड्न ४५ मिनेटजति लाग्यो । तल आएर खानेकुरा, चकलेट, केक किन्यौं । \"khashaत्यतिखेरसम्म चीनपटि अलि खुल्ला ठाउँमा बस्ने क्याम्पजस्तो बनाइएको थियो । तर, हामी अलिमाथि सुरक्षित ठाउँ गयौं  । बाटोमा नै रोकिराखेको कन्टेनरमा रातभर सुत्यौं । कन्टेनरमा सात आठजना थियौं । राती निरन्तर गएका भूइचालोले ढृंगा खसिरहेको आवाज आउदै गर्दा जिउ सिरिंग हुन्थ्यो । धेरैमाथिबाट ढुंगा खस्दा आगो नै निस्किएको देखिन्थ्यो । त्यहाँबाट भोलिपल्ट बिहान तल झ्र्यौ तर, नेपालपटिका घर, सडक, बाटो सबै पुरिएकोले बोर्डर र्छिन दिइएन । आफैं रिस्क लिएर बल्ल ८ बजे नेपाल छिर्यौं । नेपालतिर आउँदा बाटोभरी लास नै लास देखिन्थ्यो । त्यस्तो कठिन अवस्थामा उद्दार गर्ने मान्छे कोही थिएनन् । हिड्दै आउँदा पहिरो लडेर सडकमा पहाड नै बनेको थियो । बोर्डरदेखि केही तल बाइक राखेको ठाउसम्म आइपुग्यौं । बाइक ढलेको थियो केही भएको रहेनछ  । त्यहाँबाट हिडदै दुई किलोमिटर तल झर्दा बाटोभरी लास, सयौं गाडी पुरिएको दर्दनाक दृश्य थिए । दुई किलोमिटर जति तल झरेपछि कोदारी उच्च मावि रहेछ । दोस्रो दिन ९ बजेसम्म त्यहाँ आइपुगेर घरमा आफू सुरक्षित रहेको जानाकारी गराएको थिएँ । तर, त्यसपछि मोबाइलको नेटवर्क लागेन, मोबाइलमा ब्याट्रि पनि थिएन । घरमा सम्पर्क हुन सकेन । त्यसपछि स्कुलमाथि भन्दा माथि बस्यौं  तीन दिन हामीले केही खुल्ला भएको सोही ठाउँमा  आगो तापेरै बितायौं । स्थानीय क्लबहरुले केही क्याम्प बनाएका थिए । घुम्न गएका र बाचेका केही स्थानीय गरी ५/६ सय मानिस त्यहाँ थिए । तीन दिन दिनको एकपटक जाउलो खाएर बितायौं । चौथो दिनदेखि खाना बनाएर दिन थाले । तीन दिन जाउलो दिएको भए पनि दुःख र पीडाको बेला राम्रो र मिठै मानेर खाइयो । सिन्धुपाल्चोकका सहायक सिडियो पनि त्यही फसेका थिए । तर, आफ्ना बच्चा र श्रीमतिलाई त्यही छोडी हेलिकप्टरबाट चौतारा आए । चौतारा आएपछि उनलाई पिटियो भन्ने पनि सुनियो । दोस्रो दिनको भूइचालो गएपछि नेटवर्क भएन । चौथो दिनसम्म घरमा सम्पर्क भएन । पाचौ दिन बल्ल घरमा घरमा सम्पर्क सम्भव भयो । ५ औं दिनमा चिनिया सिमकार्डबाट घरमा मेसेज गरें । नेपालबाट विदेशमा फोन गर्न फ्रि रहेछ, घरबाट फोन आयो । आफू सकूशल रहेको जानकारी गराए । त्यसै दिन भूकम्प गएको पहिलो दिन चीनतिर गाडीमा संगै सुतेका केटाहरु बाह्रबिसे जानेर भनेर पहिरो आएकै बाटैबाटो हिडेका थिए । दोस्रो दिन नै हिडेर बाह्रबिसे जाने भनेर गएका हरु धेरै पहिरोमा परे । दिउसो भूइचालो आएपछि माथिबाट पहिरो झन् धेरै खसेको यिो । दूई दिन÷तीनसम्म हिडेर आउने पहिरोमा परे । हिडेर आउने बाटो थिएन । आएकाहरु बाटोमा नै पुरिएका थिए । तर, म र मेरो साथी ६ दिनसम्म हेलिकप्टरले उद्दार गर्ने आशामा बसिरह्यौं । यसरी बस्दा घाइते, स्थानीय, बृद्ध, आइमाई र केटाकेटीलाई मात्र हेलिकप्टरले उद्दार गर्यो । त्यहा घुम्न गएका युवाहरुलाई हेलिकप्टरले उद्दार गर्ने अवस्था नै रहेन । छैटो दिनसम्म पनि हेलिकप्टर आउँछ र उद्दार गर्छ भन्ने आशामा बस्यौं तर, हेलिकप्टर आएन । हेलिकप्टरबाट जान नसक्ने भएपछि हिडेरै घर फर्किने तयारीमा लाग्यौं । सातौ दिन बिहान ८ बजे बाह्रबिसेतिर लाग्यौं । पहिरो आएको बाटोबाट हिड्नुको विकल्प थिएन । यसरी हिड्नेमा हामी चार जना थियौं । तातोपानीसम्म ठिकै थियो । तर, बजारबाट यता लागेपछि बाटोमा पहिरो नगएको ठाउँ नै थिएन  । ज्यानकै माया मारेर आइएको जस्तो लाग्यो । बाटोभरी लास नै लास थिए । कतै कपडा मात्रै देखिन्थे, कतै गाडीमा लासै लास थिए । साह्रै विभत्स लाग्ने दृश्य थियो । लासमाथिबाटै हिडेर आयौं । त्यही नजिकको लाकु बजार पूरै ध्वस्त थियो । लास यत्रतत्र थिए छरिएका थिए । हाम्रै गाउँको शरण श्रेष्ठ गाडीमा पुरिएकोसमेत मैलें देखें । साहुनीलाई लिएर उनी खासा गएका रहेछन्  । दुवैजनाको गाडीमा पुरिएर मृत्यु भयो । हिडदा खुट्टा सुन्एिको थियो । हिड्दै आउँदा सिन्धुपाल्चोकको बन्जी जम्प गर्ने भन्दा एक किलोमिटर जति पर दुईतिरबाट पहाड खसेर भोटेकोशी नै थुनिएको थियो । मान्छे हिड्न एक पाइलामात्रै थियो, हामी त्यहींबाट जे त होला भन्दै जसरी पनि बाँच्नुपर्छ भन्ने आशामा अघि बढ्यौं । बिहानबाट हिडेका हामी ११ बजेसम्म १९ किलोमिटरजति हिडछौं । बन्जीभन्दा चार पाच किलोमिटर अगाडि आएपछि सामान बोक्ने गाडी पाइयो । बन्जीभन्दा सात किलोमिटरभन्दा उता अलजजिराको पत्रकार देखिएका थिए । बाटोको अवस्था गाह्रो छ भन्दै हामी बाह्रबिसेतिर फक्यौं । केही सुरक्षित ठाउँमा आउँदा पनि गाडी चढेपछि भुइचालो आएको जस्तो मात्रै लागिरह्यो । बाहबिसे आएपछि भने अब बाँचियो जस्तो लाग्यो । त्सपछि बल्ल घरमा सम्पर्क गरें । कालको मुखबाट बाँचेर आइयो तर, आफू गएको बाइक उतै फसेको छ । पहिलो दिनको भूइचालोमा केही भएको थिएन । दोस्रो दिन पुरियो की के भयो थाहा नै भएन । हिड्दा एक हप्तासम्म खुल्ला ठाउँमा बस्दा खुट्टा सुनिएको थियो, अहिले बिस्तारै ठी हुँदैछ । नेपाल र चीनको सीमा क्षेत्रमा सुरक्षित नभएपछि चीनले सीमा सुरक्षाबाहेक स्थानीय बस्तीलाई तीन महिनाको लागि सारेको छ । नेपाली घाइतेलाई उद्दार गरी उतै पनि राखेको थियो । खासाका चीनकै स्थानीय व्यापारीदेखि नेपालीसम्मका खासादेखि पर सुरक्षित ठाउँमा लगिएको चर्चा हामीले उतै सुनेका थियौं  । घाइते नेपालहरुलाई पनि उतै सारे  । तीन महिनालाई सेक्युरिटीमात्र खासाको बजार बन्द भएको छ । सामान्य घाइते भएकालाई खानेकुरा र बाटो खर्च पुग्ने पैसा दिएरसमेत चीनले नेपालीहरुलाई पठाइदिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: