Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

सहमतीय सरकार तत्काल !

काठमाडौं, प्रमुख दलका शीर्ष नेताले राष्ट्रिय सहमतीय सरकार गठनको पहल थालेका छन्। व्यवस्थापिका संसदको बैठकमा आ–आफ्नो धारणा राख्दै उनीहरूले विपदको सामना र संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका छन्। केही दिनअघि चारदलको बैठकमा पनि सत्तापक्षका शीर्ष नेताले विपदको सामना र संविधान निर्माणका लागि सबै दल सहभागी सरकार गठन गरिनुपर्ने प्रस्ताव गरेका थिए। यस प्रस्तावमा विपक्षमा रहेका राजनीतिक दल पनि तयार भएका छन्। ‘सहमतीय सरकारको विपक्षमा अहिलेसम्म कोही देखिएको छैन तर नेतृत्व कसले गर्ने भन्ने प्रमुख कुरा हो\' एक शीर्ष नेताले भने। व्यवस्थापिका संसदको शनिबार बसेको बैठकमा पनि सत्तारुढ र विपक्षी दलका प्रभावशाली नेताले राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको औंल्याए। पूर्वप्रधानमन्त्री एवं कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले विपदले देश एकजुट बनाएको अवस्थालाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने बताए। ‘संसद, पार्टी, संविधानसभा र सबै राजनीतिक दल एक छौं भन्ने सन्देश दिन जरुरी छ\' देउवाले भने। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सहमतिको सरकार बनाउन प्रस्ताव गरे। ‘सहमतिको सरकार बनाऊँ,ु उनको प्रस्ताव थियो, ‘संविधान पनि जारी गरौं। स्थानीय निकायको निर्वाचन पनि गरौं। सबै दलले यस्तो संकल्प लिएर अघि बढौं।\' पूर्वप्रधानमन्त्री एवं एमालेकै अर्का वरिष्ठ नेता झलनाथ खनालले सबै दलका मतभिन्नता थाती राखेर एकताका साथ अघि बढ्नुपर्ने बताए। उनले राष्ट्रिय एकताको खाँचो औँल्याउँदै सहमतिको सरकार बनाउनेतर्फ सोच्न सबै राजनीतिक दललाई आग्रह गरे। ‘राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे सोचौं,ु उनले भने, ‘साझा कार्यक्रम ल्याऊँ। अनि पुनःनिर्माणको प्रक्रियामा अघि बढौं।\' एनेकपा माओवादीका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री बावुराम भट्टराईले पनि केही दशक नेपालमा राष्ट्रिय सरकार बनाएर जानुपर्ने धारणा राखे। ‘नेपालमा केही दशक अझै सहमतीय सरकारको आवश्यकता छ\' उनले भने, ‘त्यसका लागि गतिशील नेतृत्व चाहिन्छ। अब धेरैले नेतृत्वका लागि लोभलालच नगरौं। सक्ने र नयाँ पुस्तालाई नेतृत्व दिऊँ।\' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पनि तयार रहेको बताए। ‘एउटै कार्यकारिणीमा रहेर देशलाई अघि बढाउनु अहिलेको आवश्यकता हो\' पौडेलले भने, ‘यसलाई कुरामात्र होइन, ठोस रूपमा पूरा गर्नुपर्छ।\' यसअघि शुक्रबार व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपदको सामना र संविधानका लागि मन मिलाएर एकवद्ध भई अघि बढ्नुको विकल्प नभएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: