Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भूकम्पपीडित अर्धनग्न बालबालिकासँग भारतीयले यसरी खिचे सेल्फी

जुरे (सिन्धुपाल्चोेक) गत साउनमा भीषण पहिरो जाँदा उठिबास भएका जुरेका सयौं पीडित विनाशकारी भूकम्पका कारण झन् अलपत्र परेका छन्। एक सय ५० भन्दा बढीको ज्यान लिने गरी गएको पहिरोले घरबास बगाएका जुरेका बासिन्दा भूकम्पपछि शव पुरिएकै ठाउँमा बास बसिरहेका छन्। जंगलमा बनाएको छाप्रोसमेत भूकम्पले भत्काइदिएपछि शव पुरिएको पहिरो र बगरमा पाल र प्लास्टिक टाँगेर रात कटाइरहेका छन्। सिन्धुपाल्चोकमा भूकम्पले ध्वस्त बनाएका बस्ती हेर्न सोही बाटो हुँदै दिनहुँ मन्त्री, दलका नेता, समाजसेवी र विदेशी गाडीमा हुइँकिन्छन्। तर, जुरेका पीडित बासिन्दाले बाँच्नका लागि गरेको कष्टमा कसैको ध्यान जान सकेको छैन। \'पहिले हामी भत्किएकै छाप्रोमा प्लास्टिकले ओत लगाए बसेका थियौं, त्यहाँ कोही पनि गएन। कसैले सहयोग गर्ला कि भनेर यहाँ आएर दुस्ख खेप्न थालका हौ\' कलेजोको क्यान्सरबाट थला परेका पीडित मंगले तामाङले भने, \'रोएर बस्दा पनि सबैले हेरेर हाम्रो फोटोमात्र खिचेर जान्छन् तर तिमीहरूलाई के आवश्यक छ भनेर कसैले सोध्दैनन्।\' मंगलेले शुक्रबार यस्तो दुस्खेसो गरिहँदा केही नेताका गाडी त्यही बाटो हुँदै बाह्रबिसेतर्फ हुइँकिरहेका थिए। अमेरिकामा बस्ने भारतीय नागरिक हतारहतार उनीहरूसँग फोटो खिचाएर चुपचाप दौडिए। कतिपय भारतीय नागरिकले अर्धनग्न अवस्थामा अलपत्र परेका पीडित बालबालिकासँग \'सेल्फी\' खिच्नसमेत च्याए। गत साउनमा गएको पहिरोले मंगलेको घर, गाईभैंसी र बारीसमेत बगाएको थियो। पहिरोमा हराएका सयौं स्थानीयलाई खोज्न नसकिएपछि सरकारले मृत घोषणा गरेको ठाउँमाथि नै उनीहरूले रात बिताइरहेका छन्। पहिरोमा चारजना आफन्त गुमाएका मंगलेले नौ महिनामा परिवारलाई ओत लाग्ने एउटा छाप्रो बनाएका थिए। त्यही छाप्रो पनि भूकम्पले भत्काइदियो। छाप्रो भत्किँदा उनका दुईवटा बाख्रासमेत मरे। \'गाउँलेलाई पहिरोले थिचेर लग्यो, हामीलाई पीडाले थिचिरेहको छ। सबै रित्तिँदा पनि विपत्तिले हामीलाई अझै छोडेको छैन\' उनले भने, \'मेरोभन्दा बालबच्चाको पीर छ, म त यसै पनि मर्छु। डाक्टरले क्यान्सर भएको छ भन्छन्। उपचार गर्ने पैसा पनि छैन।\'आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: