Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

एमाले–माओवादी एकता: प्रक्रिया टुंगोतिर

[caption id=\"attachment_172125\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौँ । पाँच दशकदेखि फरक धारको राजनीतिक अभ्यास गर्दै आएका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा २०१९ सालयता विभाजन सुरु भएको थियो । त्यही विभाजनको खाडलबाट कम्युनिस्ट पार्टीका दुई ठूला भँगालाका रूपमा एमाले र माओवादीको उदय भएको हो । तिनै दुई भँगाला अब एक भएर अघि बढ्ने अन्तिम तयारी गर्दैछन् । एकताको अन्तिम घोषणा कम्युनिस्ट पार्टी स्थापना भएको दिन अप्रिल २२ लाई पारेर आउँदो वैशाख ९ गते गर्ने तयारी छ । अाजको कान्तिपुरमा खबर छ-दुवै पार्टीले एकताको सम्पूर्ण आधार करिब तयार गरेका छन् । संगठनात्मक स्वरूप तयार भइसकेको छ । दुवै दलको राजनीतिक दस्तावेज पनि अन्तिम चरणमा पुगेको छ । वाम एकता संयोजन समितिको बैठकबाट सबै दस्तावेज अनुमोदनेपछि एकताको औपचारिक घोषणा हुने नेताहरूले जनाएका छन् । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि नै एकता गर्ने तयारी भए पनि छलफलका लागि पर्याप्त समय नभएपछि अब कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन एकता गर्नु उपयुक्त हुने नेताहरूले ठानेका छन् । ‘पार्टी एकताका लागि उपयुक्त दिन स्थापना दिवस नै हो, त्यही तयारी छ,’ एकतासम्बन्धी विधान बनाउन गठित कार्यदलका सदस्य एमाले नेता वेदुराम भुसालले भने । कस्तो बन्दै छ संगठन ? एमाले र माओवादी केन्द्रबीच एकतापछिको पार्टीको केन्द्रीय समिति २ सय ९९ हुनेछ । कम्युनिस्ट पार्टीमा केन्द्रीय समितिभित्र पोलिटब्युरो र स्थायी समितिका संरचना राख्ने अभ्यास छ । त्यही अभ्यासलाई निरन्तरता दिँदै पोलिटब्युरो ९९ र स्थायी कमिटी ३३ सदस्यीय बनाउने सहमति भएको छ । पार्टीमा पदाधिकारी रहने छैनन् । अध्यक्ष भने दुई जना हुनेछन् । केन्द्रीय समितिमा दुवै पार्टीका तर्फबाट व्यक्ति छनोट हुनेछन् । हाल एमालेका करिब २ सय जना केन्द्रीय सदस्य छन् । माओवादीका भने केन्द्रीय सदस्यहरू छैनन् । महाधिवेशन आयोजक समितिको नाममा केन्द्रीय संरचना बनाइएको छ । त्यसमा करिब ४ हजार जना छन् । माओवादीको हेटौंडा महाधिवेशनले ९९ जनाको केन्द्रीय समिति बनाउने तय गरेको थियो । त्यसलाई आधार मानेर व्यक्ति छनोट गरिने छ । पार्टीको केन्द्र र प्रदेश दुवै संरचनामा अनुशासन, लेखा परीक्षण र निर्वाचनसम्बन्धी काम गर्ने आयोगहरू रहनेछन् । केन्द्रीय कमिटीबाहेक राज्यको संरचनाअनुसारकै अन्य पार्टी कमिटी रहने गरी सहमति छ । केन्द्रीय कमिटीपछि राष्ट्रिय परिषद् हुनेछ । त्यसबाहेक प्रदेश कमिटी, जिल्ला कमिटी, नगर/गाउँ कमिटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीहरू रहनेछन् । प्रदेश कमिटी बढीमा १ सय ५१ सदस्यीय हुनेछन् । पार्टीमा तीन खाले सदस्य रहने सहमति भएको छ– पार्टी सदस्य, संगठित सदस्य र मानार्थ सदस्य । भ्रातृ संगठनहरूबारे भने पछि निर्णय हुनेछ । एकतापछि बन्ने पार्टीको संगठन विभागले मापदण्ड तय गरेर भ्रातृ संगठनहरू एकीकरण गर्नेछ । अन्य कमिटी र भ्रातृ संगठनमा दुई अध्यक्षात्मक प्रणाली लागू नगर्ने सैद्धान्तिक सहमति छ । संगठनात्मक स्वरूप निर्धारणका चार आधार एमाले र माओवादी केन्द्रले चार आधारमा एकीकृत पार्टीको संगठनात्मक स्वरूप निर्धारण गरेका छन् । सैद्धान्तिक आधार ‘माक्र्सवाद–लेनिनवाद’ लाई मानिएको छ । लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार चल्ने भनिएको छ । एकताका लागि यसअघि गरिएका सहमतिका तीन दस्तावेजलाई आधार मानिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गठबन्धन निर्माण गर्नुअघि असोजमा ६ बुँदे सहमति भएको थियो । सहमतिअनुसार एमाले र माओवादी केन्द्रले ६० र ४० प्रतिशतको भागबन्डाको आधारमा चुनावी तालमेल गरेका थिए । गठबन्धन निर्माणपछि दुवै दलले संयुक्त चुनावी घोषणापत्र जारी गरेका थिए । गठबन्धन निर्माणको सहमति र घोषणापत्रसमेत आएपछि दुई दलीय गठबन्धनले चुनावमा राम्रो परिणाम ल्यायो । दुई दलबीच गत फागुन ७ गते एकताको प्रारम्भिक आधार भन्दै सातबुँदे सहमति भएको थियो । ती सहमतिको आधारमा संगठनात्मक र राजनीतिक दस्तावेज बनाउने कार्यदल बनाएको थियो । विगतका सहमतिलाई आधार बनाएर एकताको स्वरूप तयार पारेको हो । सिद्धान्त : माक्र्सवादी–लेनिनवादी मात्र एमाले र माओवादी मूलत: माक्र्सवादी लेनिनवादी सिद्धान्तबाटै निर्देशित हुन् । तर उनीहरूको राजनीतिक कार्यदिशा फरक थियो । एमाले शान्तिपूर्ण राजनीतिक बाटोबाट हुर्कियो । त्यसैले माक्र्सवादको नयाँ प्रयोगका रूपमा उसले लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार्य र संसदीय राजनीतिक अभ्यास गर्‍यो । यो राजनीतिक अभ्यास गर्न उसले मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ लाई आफ्नो मुख्य सिद्धान्त मान्दै आएको छ । त्यस्तै, माओवादीले क्रान्ति शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा नभई हिंसात्मक बल प्रयोगबाट सफल हुने विचार राख्थ्यो । त्यसैले उसले माक्र्सवादको प्रयोगका रूपमा माओले अघि सारेको हिंसात्मक बल प्रयोग गर्ने सिद्धान्त अवलम्बन गर्‍यो । यी दुई राजनीतिक सिद्धान्तको पाठशालाबाट हुर्किए पनि अब दुवै शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धाबाटै अघि बढ्ने बाटामा आइपुगेका छन् । तर तत्काल एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई घोषित रूपमा अपनाउन माओवादी तयार छैन । त्यस्तै एमाले पनि माओवादीले भन्दै आएको एक्काइसौं शताब्दीको जनवाद लगायतका सिद्धान्तलाई मानेर जाने अवस्थामा छैन । दुवैले अपनाउँदै आएका यी सिद्धान्तलाई पक्रेर बस्दा एकता नै नहुने अवस्था आउने भएकाले तत्कालका लागि पार्टीको दस्तावेजमा ‘माक्र्सवादी–लेनिनवादी’ सिद्धान्तलाई मात्र मूल सिद्धान्त मानिनेछ । जनताको बहुदलीय जनवाद र माओवाद, एक्काइसौं शताब्दीको जनवादसम्बन्धी विषयलाई महाधिवेशनसम्म छलफलमै लैजाने सहमति भएको नेताहरूले जानकारी दिए । विवाद: सूर्य चिह्न र जनयुद्ध दुवै पार्टी एकीकरणको अन्तिम तयारीमा पुग्दा दुइटा विषयमा भने विवाद देखिएको छ । यद्यपि यो विवाद ठूलो नभएको नेताहरूको दाबी छ । एकीकृत पार्टीको चुनाव चिह्न ‘सूर्य’ नै राखौं भन्ने प्रस्ताव एमालेको छ । माओवादीले भने ‘सूर्य’ चिह्नलाई परिमार्जन वा अन्य कुनै नयाँ चिह्नको प्रस्ताव गरेको छ । माओवादीको समेत पहिचान झल्किने गरी सूर्य र हँसिया हथौडा चिह्न मिलाउनुपर्ने माओवादी पक्षको माग छ । एमालेले भने सूर्य चिह्न नै जनतामा भिजिसकेकाले यसलाई परिवर्तन गर्न नहुने अडान राखेको छ । चुनाव चिह्नबाहेक पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्नेमा पनि विवाद छ । एमालेले ‘जनक्रान्ति’ भन्ने शब्द राख्नुपर्छ भनेको छ । माओवादीले भने ‘जनयुद्ध’ नै राख्नुपर्ने अडान लिइरहेको छ । जनयुद्धभन्दा ठूलो अर्थ त जनक्रान्तिले दिने एमालेको तर्क छ । माओवादीले भने १० वर्षे सशस्त्र युद्धका कारण गणतन्त्र स्थापना भएकाले ‘जनयुद्ध’ लाई नजरअन्दाज गर्न नमिल्ने जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending