Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

किसानको पीडाः खेतभरी गहुँको रास, गासभरी अरुको आस

भक्तपुर, विनाशकारी भूकम्पले घर भत्किए पछि पालको शरणमा पुगेका किसानहरुको पिडा थपिदो छ । खेतभरी गहुँको रास छ तर गासभरी अरुकै आश गर्नु पर्दा किसानहरु चिन्तित भएका छन् । भूकम्पले आहत बनाएका उनीहरुलाई खेतमा फलेको आलु र पाकेको गहुँ भित्र्याउने ठाउँसमेत नभएपछि पीडामाथि पीडा थपिएको हो । भक्तपुरका किसानले रोपेको आलु खन्न निकै हतारो भइसके पनि राख्ने ठाउँ नहुँदा फलेको आलु खेतमै कुहिन थालेको छ । विगतका वर्षमा आलु खनेर संरक्षण गरिसक्ने भए पनि यस वर्ष खेतमै गएका छैनन् किसान । आलु खनेकाले पनि राख्ने ठाउँ नहुँदा कुहिन थालेको छ । भूकम्पपछिको लगातार पानी पर्नाले एकातिर खेतमै आलु कुहिएको छ भने खेतबाटै आलु बिक्री गर्नलाई व्यापारी पनि आएका छैनन् । विगतका वर्षमा भने आलु लिन खेतमै आउने किसान यस वर्ष नआउँदा भएको आलु पनि कुहिन थालेको हो । भक्तपुर ताथली–३ सौडोलकी साबित्री बस्नेतले भएको घर भत्किएपछि पाकेको गहुँसमेत भित्र्याउन नपाएको गुनासो गरे । उनले भने– ‘एकातिर घर भत्किएर पालको बास भएको छ, अर्कोतर्फ खेतभरि गहुँ पाकेर झुलेको छ, काटेको गहुँ पनि घर ल्याउने ठाउँ नभएपछि खेतमै रास लाएर राखिएको छ ।’ भत्किएको घर अगाडि थुपारिएको आलुको रासबाट कुहिएको आलु फाल्दै नगरकोट नगरपालिका–३ ताँथलीकी शारदा गिरीको चिन्ता पनि उस्तै छ । गिरीले भने– ‘खेतमा आलु कुहिन थालेपछि खनेर घरमा ल्याइयो, भत्किएको घरमा राख्ने ठाउँ नभएर बाहिरै राखिएको छ, तर घरमा पनि कुहिन थालेपछि ज्याला पनि नउठ्ने भो, एकै पटक विपत्ति आयो हामीलाई ।’ सौडोलकी कोपिला खड्काको चिन्ता पनि उस्तै छ । खेतमा गुहँ काट्दै गरेकी उनी भन्छिन– गहुँ काट्न थालियो, नकाटौँ असिनाले झार्ला भन्ने डर, काहाँ राख्ने घर छैन, यही खेतमा गहुँको रास लाएर राख्नुको विकल्प छैन ।’ भक्तपुर नगरपालिका सूर्यमढीकी कान्छीमाया कोजूले आँखाभरि आँसु पार्दै खेतमा गहुँ पाके पनि त्यसको वास्तै नभएको बताइन । उनले भनिन– ‘भूकम्पले घर लग्यो, गहुँ भित्र्याउने परिवार लग्यो, यो चिन्तामा गहुँ भित्र्याउन याद पनि छैन, टाउको लुकाउने ओतको ठेगान छैन, गहुँ कहाँ राख्नु ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: