Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

३ लाख ५३ हजारको मृत्यु भएको सिरिया युद्ध किन ? (फोटोफिचर)

\"\"द्वन्द्व शुरू हुनुभन्दा पहिला सिरियाभित्र राष्ट्रपति बशर अल असदको राष्ट्रपतित्वमा उच्च बेरोजगारी एवम् भ्रष्टाचार भएको र राजनीतिक स्वतन्त्रता नभएको भनेर गुनासो सुनिने गरिन्थ्यो ।

असदले सन् २००० मा आफ्ना बुवा हाफिजको निधन भएपछि सत्तारोहण गरेका थिए । \"\" छिमेकी देशहरूमा भएको \"अरब क्रान्त\"को प्रभावमा सिरियाको दक्षिणी नगर डेरामा मार्च २०११ प्रजातन्त्रको समर्थनमा प्रदर्शनहरू भए । सरकारले विरोधीहरूलाई दमन गर्न व्यापक बल प्रयोग गरेपछि राष्ट्रपतिको राजीनामा माग गर्दै देशभरि विरोध प्रदर्शनहरू भए । \"\" अस्थिरता बढ्यो र दमन पनि सघन भयो । विपक्षीहरूले हतियार उठाए । पहिला आफ्नो सुरक्षाका लागि र पछि आफ्नो क्षेत्रमा सरकारी सुरक्षाकर्मीहरू आउन नदिन । \"विदेशीले उकासेको आतङ्कवाद\" भन्दै असदले त्यसलाई निमिट्यान्न पार्ने उद्घोष गरे । हिंसा तीव्र गतिमा बढ्यो र देश गृहयुद्धको चपेटामा पर्‍यो ।

कतिको मृत्यु भयो ?

संयुक्त अधिराज्यमा आधार भएको र स्थलगत पर्यवेक्षण गर्न सञ्जाल भएको समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले गत मार्च महिनासम्म तीन लाख ५३ हजार नौ सय मानिसहरूको मृत्यु भएको विवरण सङ्कलन गरेको छ । मृतकहरूमध्ये गैरसैनिकको सङ्ख्या एक लाख छ हजार थियो । \"\" माथि उल्लिखित सङ्ख्यामा हराएका वा मारिएका भन्ठानिएका ५६ हजार नौ सय मानिसहरूको सङ्ख्या जोडिएको छैन । सो समूहले मारिएका एक लाख मान्छेको विवरण संलग्न नभएको हुनसक्ने बताएको छ । भाइअलेशन डक्युमेन्टेशन सेन्टर नामक एउटा संस्थाले सिरियामा भएका गैरसैनिकहरूमाथि भएका आक्रमणलगायन अन्य अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवाधिकारका कानुन उल्लङ्घनका घटनाको विवरण सङ्कलन गरेको छ । उसले फेब्रुअरीसम्म लडाइँ र यससँग जोडिएका घटनामा १,१९,२०० गैरसैनिक समेत १,८५,९८० जनाको मृत्युको विवरण सङ्कलन गरेको थियो ।

लडाइँ केका लागि ?

अहिले यो लडाइँ असदका समर्थक र विरोधीबीच मात्र सीमित छैन । यसमा आआफ्ना उद्देश्य भएका समूह र देशहरू पनि संलग्न हुन आइपुगेका छन् । त्यसले गर्दा परिस्थिति अति जटिल भएको छ र द्वन्द्व लम्बिएको छ । ती समूह र देशहरूलाई सिरियाभित्र रहेका धार्मिक समूहबीच घृणा फैलाउन उक्साएको आरोप लाग्ने गरेको छ । बहुमतमा रहेका सुन्नी मुसलमानको समुदायलाई राष्ट्रपतिको शिया अल्वाइट सम्प्रदाय विरुद्ध उकासिएको आरोप छ । त्यस्तो विभाजनले दुवै पक्षबाट अत्याचार हुने गरेको र अशान्ति बढेको छ । उनीहरूले जिहादी इस्लामिक स्टेट र अल काइदालाई पनि फैलिन दिएका छन् । स्वशासनको अधिकार भएका तर असदका फौजसँग नलडेका कुर्दहरूले सिरियाको द्वन्द्वमा अर्को आयाम थपेका छन् । बीबीसी र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending