Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

२ वर्षभित्र संघीय संसद्को आफ्नै भवन

\"\"काठमाडौं । सरकारले २ वर्षमा संघीय संसद् भवन बनाउने तयारी थालेको छ । सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफल जग्गामा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले संघीय संसद् भवन कम्प्लेक्स बनाउने कार्ययोजना बनाएको हो । पुतली बगैँचामा रहेको नेपाली सेनालाई एक महिनाभित्र सार्न सेनासँग छलफल गर्ने र निर्माणस्थलको व्यवस्थापन गर्ने कार्यविवरण पुनर्निर्माण समितिले अघि सारेको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–त्यस्तै, भवनको डिजाइन प्रतिस्पर्धाबाट २ महिनाभित्र तय गर्ने कार्ययोजना छ । निर्माण हुने भवन ल्यान्डस्केप, पार्किङसहितको डिजाइन नक्सा र इस्टिमेटका लागि परामर्शदाता २ महिनाभित्र नियुक्त गर्ने समितिको तयारी छ । परामर्शदाताबाट डिटेल डिजाइन, नक्सा र इस्टिमेट ४ महिनाभित्र लिने कार्ययोजना तयार गरिएको छ । निर्माण सामग्री खरिद प्रक्रिया २ महिनामा टुंगो लगाउने र २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता गर्ने र निर्माण कार्य सुरु गर्ने कार्ययोजना बनाइएको छ । संसद् भवन निर्माणका लागि आगामी आर्थिक वर्ष ०७५÷७६ देखि सिंहदरबार सचिवालय पुनर्निर्माण समितिमै बजेट व्यवस्था गर्न आग्रह गर्ने समितिले जनाएको छ । ०५५ मा सरकारले पुतली बगैँचामा संसद् भवन बनाउन १५५ रोपनी जग्गा छुट्याएको थियो । तर, संसद् भवन बन्न नसकेपछि सेना बस्दै आएको छ । पुतली बगैँचाबाट सेना गृहमन्त्रालयको पश्चिमपट्टि सर्न सकारात्मक भएकाले संसद् भवन बन्ने सभामुख कृष्णबहादुर महराले बताए । सभामुख महराले प्रधानमन्त्री केपी ओलीसहित मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतसँग संसद् भवन निर्माणबारे छलफल गरिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending