Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

मनोज पुनको अपराधको नयाँ रहस्य खुल्दै : रसियन महिलालाई भारत पुर्याउन जान्थे नेता

\"\"बुटवल । प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्‍याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–रुपन्देहीका तत्कालीन युवा संघका अध्यक्ष दुर्गा तिवारी, व्यापारी बलु पौडेललगायतको हत्याका मुख्य अभियुक्त मनोज पुनलाई सीधै सम्पर्क गरेर सूचना पुर्‍याएको प्रमाण फेला पारेपछि नेता तथा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । पुन झन्डै एक महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका थिए । यी हुन् पक्राउ पर्ने रुपन्देही देवदहका लेखनाथ न्यौपानेसहित बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगरका उत्तम आचार्य, देवदह नगरपालिका वडा नं. ५ बस्ने तुल्सी न्यौपाने, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ घर भई बुटवल बस्ने हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका वडा नं. ६ बस्ने रोशन खड्का पक्राउ परेका छन् । लेखनाथ न्यौपाने माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी रुपन्देहीका अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्षसमेत भइसकेका थिए । तुल्सी न्यौपाने माओवादी केन्द्रका कार्यकर्ता हुन् । त्यसैगरी आचार्य एमालेनिकटको युथफोर्सको पूर्वनेता हुन् । श्रेष्ठ मदिरा व्यवसायी हुन् । श्रेष्ठले दुईजनाको हत्या गर्नका लागि रकम पुनलाई उपलब्ध गराएको प्रहरीले जनाएको छ । खड्का जग्गा व्यापारी हुन् । रसियन महिलालाई भारत पुर्‍याउने गरेको आशंका प्रहरीले माओवादी नेता नेखनाथ न्यौपानेले रसियन महिलाहरूलाई नेपालको बाटो हुँदै भारत पुर्‍याउने भूमिकामा समेत संलग्नता रहेको आशंका गरेको छ । मनोज पुन भारतमा रहँदा त्यहाँका आपराधिक समूहका नाइके योगेन्द्र सिंहसँग सम्पर्कमा रहेको प्रहरीको भनाइ छ । सिंहसँग न्यौपानेको सीधा सम्पर्क रहेको प्रहरीको आशंका छ । भारतमा रहँदा पुन पनि रसियन युवतीसँग समेत बस्ने गरेको र सिंहसँग रसियन महिला पुग्ने गरेको आशंका प्रहरीको छ । सिंहसँग पुग्ने रसियन महिलाहरू नेपालको बाटो जान न्यौपानेले सहयोगी भूमिका खेलेको प्रहरीको भनाइ छ । एसपी ज्ञवालीले यस्ता अपराधमा केही भारतीय नागरिकको समेत संलग्नता रहेको हुन सक्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending