Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

राज्यले पुनर्वासको व्यवस्था गर्नुपर्छः पूर्व प्रधानमन्त्री भट्टराई

दोलखा, पूर्व प्रधानमन्त्री एवम् एकीकृत (नेकपा माओवादी) का वरिष्ठ उपाध्यक्ष डा बाबुराम भट्टराईले भूकम्पपीडित जनताको राज्यले पुनर्वासको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

हालैको भूकम्पले गराएको क्षतिको अवस्था बुझ्न यहाँँ आउनुभएका उपाध्यक्ष भट्टराईले दोलखा जिल्ला पूर्णरुपमा क्षतविक्षत् भएकाले राज्यले दिने भनेको रु २५ हजार राहत अपर्याप्त रहेको बताए ।

क्षति प्रभावित भएका प्रति परिवारलाई रु दुई लाख दिने भनिएको रकम अपुग छ रु दुई लाखको ठाउँमा रु पाँच लाख पुर्याउनुपर्ने धारणा आफ्नो पार्टीको रहेको समेत उनले उल्लेख गरे ।

\'हाम्रो जीवनकालको महात्रसित भूकम्प आएको छ । अरबाैँ ध्वस्त भएको छ । हजारौँं नेपाल आमाका सन्ततिले ज्यान गुमाएका छन् । हामीले विदेशीसँग हात फिँजाएका छाैँ। विदेशी जति पनि सहयोग गर्न तयार छन् ।\'

ग्रामीण भेगमा एकीकृत रुपमा घर बनाई व्यवस्थित बस्ती बनाउन राज्यले हिच्किचाउनुपर्ने अवस्था नरहेको समेत उनले बताए ।

आफूले अवलोकन गर्दा दोलखा, सिन्धुपाल्चोकलगायत अन्य जिल्लाका पहाड भूकम्पका कारण चर्किएको उल्लेख गर्दै उपाध्यक्ष भट्टराईले वर्षात्को समय पनि आएकाले पहिरो जाने बढी सम्भावना देखिएकाले अस्थायी बस्ती नै अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताए ।

बस्न योग्य नभएका घरका नागरिकले तत्काल पुनर्वासको व्यवस्था निजी वा सरकारी तबरबाट भए पनि गर्न सरकारलाई दबाब दिने उहाँले बताए । सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाएर अगाडि बढ्नसमेत सरकारलाई दबाब दिएको उनले बताए ।

भूकम्पबाट दोेलखामा हालसम्म ७५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । ३०० जनाभन्दा बढी घाइते भएका छन् । दोलखामा भूकम्पले ५३ हजारभन्दा बढी घर क्षति पु¥याएको छ भने करिब दुई लाख जनता प्रभावित बनेका छन् ।

उनले दोलखाको थप स्थितिको विषयमा स्थानीय राजनीतिक दल र स्थानीय प्रशासनसँग जनाकारी लिनुभएको थियो ।

पूर्वी पहाडी जिल्ला दोलखा आइपुगेका पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी) का वरिष्ठ उपाध्यक्ष भट्टराईले भूकम्पपीडितको गाउँगाउँको अवलोकन गरी हेलिकोप्टरमा आजै काठमाडाैँ फर्किएका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending