Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

एमालेमा विलय नहुने प्रचण्डको अडानले रोकियो एकता

\"\"काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’ अनुसार गम्भीर सोचविचारपछि सार्वजनिक गरेका थिए– बराबरीका आधारमा पार्टी एकता हुनुपर्ने अभिव्यक्ति । आफू निकट नेताहरूसँगको परामर्शपछि उनको यो अभिव्यक्ति आएको थियो । दाहालको यो बराबरी अर्थात् ५०/५० प्रतिशतका आधारमा पार्टी एकता हुनुपर्ने अभिव्यक्ति बहस, छलफल र दबाबका लागि थियो । आजको कान्तिपुर दैनिकमा खबर छ–ताकि यसले एमाले नेताहरूलाई सोच्न बाध्य पारोस् । यसमा एकतापछि दाहाललगायत अन्य माओवादी वरिष्ठ नेताको भविष्य के हुने भन्ने मनोविज्ञान छ । दाहालको यो मनोविज्ञान बुझेर हुनुपर्छ एमाले नेताहरूले पनि अहिले नै दाहाललाई ‘अध्यक्ष लेखेर दिन नसकिने’ बताए । महाधिवेशनअघि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहाल दुवै अध्यक्ष वा सहअध्यक्ष रहने अन्तरिम विधानले टुंगो लगाएको छ । यो प्रावधानले मात्र दाहालको आगामी राजनीति सुरक्षित हुन नसक्ने बुझाइ उनको छ । ‘दुई अध्यक्ष भने पनि अध्यक्ष प्रचण्ड सेरोमोनियल बनाउने संकेत मिल्यो,’ माओवादीका एक नेताले भने, ‘दुवै कार्यकारी अध्यक्ष हुनुपर्छ भन्ने छलफल चल्दै छ ।’ एकतापछि हुने निर्णय अल्पमत–बहुमतका आधारमा हुने भएकाले माओवादीको भविष्य ‘अन्धकार हुने’ सुझाव पनि दाहालले पाए । त्यसकारण उनले पार्टी एकता हुनुअघि केही सुनिश्चितता चाहे । खासगरी प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीबाट पार्टी एकतापछि दाहाललगायत वरिष्ठ नेताको राजनीतिक भविष्यबारे केही न केही समझदारी माओवादी पक्षले चाहन्छ । गत निर्वाचनको परिणाम र त्यसअघि भएको निर्वाचन सिट बाँडफाँटलाई आधार बनाउने एमालेको रणनीतिलाई प्रतिवाद गर्न दाहालले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्ने अडान ल्याएको माओवादीको भनाइ छ । ‘एकीकरण भनेको प्रतिशतका आधारमा हुने होइन । ५०, ५० वा ६०, ४० भनेको संयुक्त मोर्चाको नियम हो । पार्टी एकताको नियम अलग हुन्छ,’ माओवादीका वरिष्ठ नेता एवं गृहमन्त्री रामबहादुर थापाले भने, ‘एकता सम्मानजनक हुनुपर्छ भन्ने हो ।’ माओवादीको डर यति मात्र होइन । दस वर्षे सशस्त्र युद्धका बलमा शक्तिमा आएका माओवादीका लागि ‘जनयुद्ध’ प्यारो छ । पार्टी एकीकरण भइसकेपछि जनयुद्धको भाव मेटिने डर छ । माओवादी नेताहरू भने जनयुद्ध शब्दमा विवाद नभएको दाबी गर्छन् । ‘अन्तरिम विधानमा जनयुद्ध उल्लेख भइसकेको छ,’ माओवादी अर्का नेता नारायणकाजी श्रेष्ठले भने, ‘यसमा विवाद छैन ।’ उनले दुई अध्यक्ष (ओली र दाहाल) बीच दुई दिन भएको गोप्य छलफलमा धेरै कुरा मिलिसकेको दाबी गरे । ‘हेर्दै जानुस्, वैशाख ९ गते हामी पार्टी मिलेको सन्देश दिन्छौं,’ उनले भने । ओली भारतबाट फर्किसकेपछि पार्टी एकता प्रक्रियाले गति लिने आकलन भए पनि दुई दलबीच केही आशंका जन्मियो । ‘एमालेको चेपुवामा माओवादी विलय भएको सन्देश जाने गरी एमाले नेताले सार्वजनिक रूपमा बोल्न थाले, उनीहरूमा दम्भ देखिन थाल्यो,’ एक नेताले भने, ‘अहिले नै दम्भ देखिन थाल्यो भने एकता भएपछि ह्याकुलाले मिच्ने नहोला भन्न सकिन्न । त्यसकारण सोचविचार गरेर एकताका लागि केही दिन ढिला भए फरक पर्दैन । बरु गम्भीर छलफल गर्ने कुरा भएको हो ।’ प्रधानमन्त्री ओलीले सरकारी निर्णय माओवादीसँग परामर्श नगरी थाले, त्यसले माओवादीलाई केही चिसो पस्यो । नेता थापाले अहिले एमाले नेताबाट माओवादी अध्यक्षप्रति लक्षित टिप्पणी हुनु अस्वाभाविक भएको टिप्पणी गर्छन् । ‘नेताहरूले बाहिर बोलेका छन् भने त्यो गैरजिम्मेवार कुरा हो । महाधिवेशनले पार्टी अध्यक्ष चयन गर्छ त्यो विधिसम्मत ढंगले हुने हो,’ उनले भने । माओवादीका एकथरी नेताले एमालेसँग मिल्नुलाई विलय हुने अर्थका रूपमा लिएका छन् । ती नेताहरूले अध्यक्ष दाहाललाई एकता हुनुअघि क्षमताका आधारमा कार्यविभाजन, जनयुद्धको भावलाई जोगाउन ओलीसँग गम्भीर छलफल गर्न सुझाएका हुन् । एमाले अध्यक्ष ओली दाहालसँग शक्ति सेयर गर्न तयार छन् । तर पार्टी एक भइसकेपछि दाहाल र एमाले नेता माधव नेपाल पक्ष मिलेर आफूलाई अप्ठ्यारो पार्ने काम नहोस् भन्ने कुरामा विश्वस्त हुन चाहन्छन् । दोस्रो तहका केही नेताले पार्टी एक भएपछि दाहाल, नेपाल मिल्नुपर्ने अनौपचारिक कुरा गरेपछि ओलीलाई चस्को पसेको स्रोतको दाबी छ । असोजमा निर्वाचन गठबन्धन सहमति हुनुअघि दाहालको भित्री इच्छा नहँ‘दानहुँदै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई ओलीले अचानक बालकोट बोलाएर मोर्चामा सहभागी गराए । दाहाल र नेपाल मिले आफूलाई अप्ठ्यारो पर्न सक्ने भन्दै भट्टराईलाई गठबन्धनलाई भित्र्याए । तर माओवादीले गोरखा–२ मा भट्टराईलाई नछाड्ने भएपछि उनी गठबन्धनमा टिकेनन् । अहिले पनि ओलीले दाहालको मनोविज्ञान बुझ्न आफ्ना नेताहरूलाई जिम्मेवारी बाँडफाँटबारे सार्वजनिक रूपमा बोल्न खुला गरे । बिहीबार र शुक्रबार दुई नेताबीच भएका चार घण्टाभन्दा लामो छलफल सैद्धान्तिक विषयभन्दा एकअर्काप्रति विश्वस्त हुन खोजेका हुन् । वाम एकता संयोजन समितिले राजनीतिक प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई जिम्मा दिएपछि भएको छलफल विश्वास बलियो बनाउन केन्द्रित थियो । ‘दुई नेताबीच आपसी विश्वासका आधारमा मात्र सरकार र पार्टी बलियो हुन्छ, शंका भयो भने दुवै कमजोर हुन्छ । दुई दिन बढी त्यसमै केन्द्रित भयो,’ निकट स्रोतले भन्यो, ‘दुवै पार्टीको विगत र वर्तमानको अस्तित्वलाई सम्मान गर्ने गरी छलफल चल्दै छ ।’ दुवै नेता ‘भैंसीदेखि जोगी डराउने, जोगीदेखि भैंसी डराउने’ मनोविज्ञानले प्रभावित गरेकाले एक्लाएक्लै छलफलमा जुटेको नेताहरूको बुझाइ छ । पार्टीमा आफूले चाहेको निर्णय गराउन सक्ने दाहाल र ओलीमा आशंका रहिरहे आगामी यात्रामा कुनै पनि बेला ब्रेक लाग्न सक्छ । दुवै नेतामा राजनीतिमा जोखिम मोल्ने प्रवृत्ति भएकाले लामै रहेको आशंका मेटाउन अग्रसर भएका हुन् । राजनीतिक कार्यदिशा दुवै दलको साझा हुने भएकाले एकले अर्कालाई निल्ने प्रश्नै नहुने नेता श्रेष्ठको भनाइ छ । ‘वैचारिक राजनीतिक लाइन हाम्रो र एमालेको साझा हुन्छ,’ उनले भने, ‘सम्मानजनक नीतिका आधारमा सांगठनिक संरचना हुन्छ ।’ अब बन्ने पार्टी विधानले कसैलाई भेदभाव नगर्ने उनको भनाइ छ । ‘विधानले बराबरी अधिकार दिन्छ,’ उनले थपे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending