Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

ओली र प्रचण्डको घुमाउरो कथन–‘एकता विलम्ब हुन्छ ?’

\"\"काठमाडौं । एमाले-माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित संयुक्त कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले पार्टी एकताअगाडि दुवै नेता आपसी विश्वासको वातावरण बनाउने र एकीकृत पार्टीको संगठनको अनुपात मिलाउने छलफलमा अझै अल्झिएको प्रस्टै संकेत दिएको छ । आइतबारको सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अलिक बढी एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट विश्वस्त हुन चाहिरहेका थिए भने ओली दाहाललाई विभेदरहित र सम्मानजनक एकतामा आशंका नगर्न आग्रह गर्दै थिए । पार्टी स्थापना दिवसमै पार्टी एकता गर्ने सम्भावित मिति टारेका एमाले(माओवादीले आइतबारको सभाबाट नयाँ मिति घोषणा गर्ने अपेक्षा दुवै पार्टीका नेता(कार्यकर्ताले गरेका थिए । तर, अझै पनि ओली(दाहाल आपसमा विश्वस्त हुन नसकेका कारण नयाँ मिति अन्योलमा परेको छ । यसलाई नेताहरूले भने चलाखीपूर्ण तरिकाबाट सम्बोधनका क्रममा मिति घोषणा नगरी ‘ढ्याम्मै’ पार्टी एकता गर्ने जवाफ दिएका छन् । एमालेले ९ वैशाखमा पार्टी एकता हुन नसके पनि पार्टी स्थापना दिवसको दिन पारेर पार्टी एकताको नयाँ मिति घोषणा गर्न माओवादी नेतृत्वसँग प्रस्ताव गरेको थियो । तर, माओवादीले एकताका समग्र विषय नमिलेसम्म नहतारिन गरेको आग्रहपछि आइतबार पार्टी एकताको नयाँ मिति घोषणा टरेको थियो । माओवादी अध्यक्ष दाहाल पार्टी एकतापछि पनि केन्द्रमा आफ्नो बलियो वर्चस्व कायम गरिराख्न चाहन्छन् । त्यसैले पनि उनले केन्द्रमा बराबरी आधारमा एकताको मोडेलमा एमाले अध्यक्ष ओलीसँगको ‘वन टु वन’ वार्तामा अडान लिइरहेका छन् । दाहालले आइतबारको कार्यक्रममा पनि पार्टी एकता गर्दा निर्माण हुने संगठनात्मक मोडालिटीमा पनि आफ्नो समय खर्चे । उनले शनिबार मात्रै ओलीसँगको ‘वन टु वन’ वार्तामा एकतापछिको पार्टी संगठनको मोडालिटीबारे तीन वटा सूत्रमा छलफल भएको खुलाए । उनले भने, ‘हामी दुई अध्यक्षबीच संगठनात्मक मोडालिटीका विषयमा पनि सहमति भएको छ । पहिलो, सम्मानजनक ढंगले एकता गर्नुपर्छ । कसैले कसैलाई हिमुलेट गर्ने, अपमानित गर्ने, विभेद गर्ने गरी एकता हुन सक्दैन । दोस्रो, एकता गर्दा समानताको सिद्धान्तलाई अंगीकार गर्नुपर्ने र तेस्रो न्यायोचित ढंगले एकता गर्ने समझदारी छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending