Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

हिजो केके भयो सभागृहमा ? भित्रि कुरा !

\"\"मध्याह्न १२ः३० बजे हलमा होहल्ला कार्यक्रम सुरु गर्न दुई अध्यक्षको प्रतीक्षा थियो । अचानक हलभित्र होहल्ला सुरु भयो । कार्यक्रममा राखिएको मुख्य ब्यानरप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताहरू हुटिङ गर्न थाले । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस शीर्षक राखिएको ब्यानरमा केपी ओली र प्रचण्डको बाहेक पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर थियो । लेनिन दिवसमा लेनिनको फोटो खोइ भन्दै नाराबाजी सुरु भयो । आयोजकमा नेकपा (एमाले)सँगै नेकपा (माके) लेखिएकोमा उनीहरूको आपत्ति थियो । यस्तो ब्यानर हटाएर मात्र कार्यक्रम सुरु हुनुपर्छ भन्ने उनीहरूको माग थियो ।  आधा घन्टापछि वर्षमान मञ्चमा फ्लोरमा तनाव बढिरहेको वेला माओवादी नेता वर्षमान पुन स्टेजमा उक्लिए । उत्तेजित कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘कृपया संयमित हुनुस्, अनुशासनमा बस्नुस्, तपाईंहरूका सबै जायज माग शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ ।’ तर, तनाव शान्त भएन । ब्यानर फेर्नुपर्ने माग एकोहोरो रूपमा उठिरह्यो । एमाले कार्यकर्ता भने लगातार मौन थिए । ब्यानर निकाल्न महानगरका कर्मचारी हलमा होहल्ला भइरहेको वेला भित्र दोस्रो तहका नेताहरूले संक्षिप्त छलफल गरेर ब्यानर निकाल्ने सहमति गरे । नेताहरूकै निर्देशनमा महानगरपालिकाका कर्मचारीले ब्यानर निकालेर उल्टो पारे । नारा लगाउनेहरूले ताली बजाए । यसबीचमा माओवादीको तर्फबाट अर्को ब्यानर बनाउने सहमति भयो । त्यतिन्जेलसम्म केपी ओली र प्रचण्ड सभागृह आइपुगेका थिए । तर, उनीहरू हलमा होइन, भित्री कोठामा छलफलमा बसे ।  मान्छे सम्हाल्ने जिम्मा बद्री पंगेनीलाई आयोजकहरूले नयाँ ब्यानरको प्रतीक्षा गरिरहेका थिए । त्यसैले साढे दुई बजेसम्म कार्यक्रम सुरु हुन सकेको थिएन । कार्यकर्ताहरू आत्तिएर फर्किन थालेपछि अचानक बद्री पंगेनीलाई स्टेजमा बोलाइयो । एकता गर ओली र प्रचण्ड भन्दै उनले लोकभाकामा गीत गाउन थालेपछि दुवै पक्षका कार्यकर्ताले थपडी पिट्न थाले । खासमा उनी कार्यक्रममा समेत थिएनन्, गीत गाउनका लागि फोन गरेर तत्कालै बोलाइएको थियो ।  ३ बजेतिर नयाँ ब्यानर आइपुग्यो माओवादीले तयार पारेको ब्यानरमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर थियो । एमालेले तयार पारेको ब्यानरसँगै नयाँ ब्यानर टाँगिएपछि माओवादी कार्यकर्ताले फेरि ताली बजाए । तर, पाँच मिनेटमै डोरी चुँडिएर खस्यो । फेरि टाँग्न १५ मिनेट लाग्यो । अनि सुरु भयो तस्बिर विवाद ब्यानर विवाद सकिएर कार्यक्रम सुरु हुनै लागेको थियो, एमाले नेता कृष्णगोपाल श्रेष्ठ दुईवटा तस्बिरसहित स्टेजमा उपस्थित भए । एउटा तस्बिर माक्र्सको र अर्को लेनिनको थियो । दुवै तस्बिर ओली र प्रचण्ड बस्ने सोफाअगाडिको टी–टेबुलमुनि राखिएको थियो । यही विषयमा आपत्ति गर्दै फेरि हुटिङ भयो । एक मिनेट नहुँदै तस्बिर उठाएर स्टेजको अघिल्लो भागमा कुर्सीमा राखियो । तर, माक्र्सको तस्बिर सानो र लेनिनको अलि ठूलो थियो । यो विषयमा पनि हुटिङ भयो । काठको टेको लगाएर माक्र्सको तस्बिर पनि अग्लो बनाइयो । यसरी सारा बिघ्न समाप्त भएर कार्यक्रम सुरु हुँदा करिब चार बजेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending