Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

राहतमा मनपरी : कतै माथैमाथ, कतै पुर्पुरोमा हात !

पोखरा, विनाशकारी महाभूकम्पबाट क्षति भएका जिल्लाहरुमा राहत लैजाने क्रम जारी छ । राहत वितरणमा सरकारी सुव्यवस्था तथा दलीय इमानदारिता नहुँदा प्रक्रिया पारदर्शी नभएको प्रतिक्रियाहरु आउन थालेका छन् । अतिप्रभावित जिल्लाहरुमा केन्द्रित भएको राहत वितरण प्रक्रिया धेरैजसो जिल्लाहरुमा अनियन्त्रित हुँदै गएकाले विभिन्न सामाजिक सञ्जालहरुमार्फत समेत राहतका नाममा भइरहेको मनपरीको विरोध हुन थालेको छ । राहत वितरण कार्य आवश्यकताको आधारमा भन्दा पनि चिनजान र भनसुनको आधारमा हुन थालेकाले जताततै समस्या देखापरेका छन् । प्रसासनले पनि आवश्यकता हेरेर वितरणको प्रक्रिया सञ्चालन र सुरक्षा प्रदान गर्न नसक्दा राहत लिएर दुर्गममा जान लागेका टोलीमाथि अवरोध हुन थालेपछि मानिसहरु असुरक्षित महशुस गरेर सकेसम्म सुगम क्षेत्रहरुमै मात्र जान चाहेको पीडितहरुको गुनासो छ । केही झुन्डहरुले राहत लिएर गएको टोलीलाई नै अवरोध गर्ने गरेका समाचारहरु आउन थालेका छन् । गोरखाका अतिप्रभावित क्षेत्र, धादिङ, सिन्धुपाल्चोकजस्ता जिल्लाहरुमा राहत वितरकहरु जान चाहे पनि जान नसकिरहेको भनाइ विभिन्न संघ–सस्थाका प्रतिनिधिहरुको छ । ‘राहत लिएर जाँदा कसैको पिटाइ पो खानुपर्छ कि भन्ने डर लिएर जानुपर्छ’, गोरखाको सिम्जुङ पुगेर फर्किएका विजय प्रधानले भने– ‘सुरक्षाका निम्ति प्रहरीसँग अनुरोध गर्दा उपलब्ध गराउन सकिँदैन भन्ने उत्तर आउँछ ।’ राहत वितरण गरेका तस्बिर खिँचेर सामाजिक सञ्जालहरुमा राख्न हतार गर्नेहरु दुर्गममा जान नचाहेको पनि उनले प्रधानको गुनासो छ । विनासकारी भूकम्पको यत्तिका दिन भइसक्दा पनि सरकारी राहत नपुगेकामा पीडितहरु आक्रोशित हुन थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending