Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रधानमन्त्री अोलीमाथि बाबुरामको शब्द 'हमला'

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘बुद्धिजीवी’ को विरोध गरेका प्रधानमन्त्री केपी ओलीमाथि कडा शब्द प्रहार गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दैैै भट्टराईले बौद्धिकहरूलाई सोलोडोलो मुसासँग तुलना गरेर ठट्टाको पात्र बनाउनु शोभनीय नभएको प्रतिक्रिया दिएका छन् । ओलीको भनाईलाई लक्षित गर्दै बाबुरामले ट्वीट गरेका छन्, ‘प्रमले बौद्धिकहरूलाई सोलोडोलो मुसासंग तुलना गरेर ठट्टाको पात्र बनाउनु शोभनीय भएन ! पिछडिएको समाजमा केही बुद्धी बेचेर खाने ‘बुद्धिजीवी’ भए होलान् ! तर मानव इतिहासमा बौद्धिक चिन्तन–सिर्जना–उत्पादन गर्ने विशेष मान्छेहरू नभएका भए ज्ञानविज्ञानको विकास र समाजको प्रगति यहाँसम्म हुन्थेन कि ?’ अोली के भनेका थिए ? सोमबार एक कार्यक्रममा ओलीले बुद्धिजीवी राष्ट्रिय हितविरुद्ध भ्रम फैलाउने खेतीमा लागेको आरोप लगाएका थिए । ओलीले जीविकाका नाममा कतिपय बुद्धिजीवी राष्ट्रिय हितविरुद्ध लागेको गम्भीर आरोप लगाए । ‘मुसाले दाँतमा धार लगाउन थोत्रो कपडा काटे हुन्थ्यो, थाहा नपाउँदा ससुराली जाने सुटै काटिदिन्छ, तर बुद्धिजीवीले त जीविकाका लागि बुद्धि धार लगाउँदा देशलाई नोक्सान नपारे हुने हो,’ ओलीले भने, ‘म रारामा पुगेर देश समृद्धिको कुरा गर्नेबित्तिकै तालको नामै महेन्द्र ताल लेख्ने हाम्रा बुद्धिजीवी देख्दा अचम्म लाग्छ ।’ प्रधानमन्त्री ओलीले कांग्रेस शेरबहादुर देउवाले अर्थै नबुझेर आफूलाई ‘लम्पसारवाद’ को आरोप लगाएको भन्दै आलोचना पनि गरे । ‘यसपटकको भारत भ्रमणबाट फर्किएपछि एउटा नेताले मलाई लम्पसारवादी भनेको सुनेँ, कसैले कुनैबेला कतै आफैँ लम्पसार परेको सम्झेर त्यस्तै गर्यो होला फर्किएपछि भन्नुपर्छ भन्ने ठानेर बोल्यो होला,’ उनले भने, ‘तर उनले आफैँलाई सम्झेर अर्थ नबुझ्दा अहिलेको प्रधानमन्त्रीलाई त्यसो भन्दा दुनियाँ हाँस्लान् भन्ने बिर्सिएछन्, त्यसको कुनै अर्थ छैन ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending