Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

विवादपछि अध्यक्ष नेम्वाङबाट सभासद्लाई त्रिपाल वितरण रोक्का

काठमाडौँ, संविधानसभा भवन नयाँ वानेश्वरमा बुधबार सरकारले सभासद्हरूलाई त्रिपाल वितरण गर्दा विवाद भएपछि सभाध्यक्ष सुवास नेम्वाङले वितरण कार्य रोक्न आदेश दिएका छन् । सहरी विकास र गृह मन्त्रालयको आग्रहका आधारमा संसद् सचिवालयले पाल वितरण गरेको थियो । पीडित जनताले पर्याप्त पाल नपाएको स्थितिमा सभासद्ले पाल लिनु कति उचित ? भन्ने प्रश्न उब्जिएको र केही सभासद्ले अध्यक्ष नेम्वाङलाई सो कार्य रोकाउन आग्रह गरेका तिए ।  नेम्वाङले आफ्नो जानकारीविना सभासद्लाई पाल वितरण गरिएको जनाउँदै रोक्न आदेश दिएपछि सो कार्य स्थगित भएको थियो । सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने सहरी विकास र गृह मन्त्रालयको आग्रहमा त्रिपाल वितरण गरिएको पत्रकारलाई बताए । रोक्का गर्नुअघि करिव २०० सभासद्ले पाल लिइसकेका थिए । पाल वितरणको विवादका कारण दिउँसो १ बजे बोलाइएको व्यवस्थापिका संसद्को बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूले सो त्रिपाल नलिने घोषणा गरेका थिए । एनेकपा (माओवादी) का मुख्य सचेतक गिरिराजमणि पोखरेलले त्रिपाल लिएर भूकम्प अतिप्रभावित जिल्ला दोलखाका जनतालाई पठाउन सभासद्लाई निर्देशन दिइएको जानकारी दिए । नेकपा ९एमाले० का नेता सुरेन्द्र पाण्डेले पनि विवाद देखिएपछि त्रिपाल फिर्ता गरेको बताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि जनताले नपाएको अवस्थामा आफूहरुले पाल नलिने बताए । संसदमा प्रस्तुत सङ्कल्प प्रस्तावको छलफलका क्रममा सांसद्हरुले सरकारले राहत वितरणमा आफूहरुसँग समन्वय नगरेको गुनासो गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending