Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एक लाखलाई रोजगारी दिने भन्दै वनमन्त्री बस्नेतले ल्याए यस्तो योजना

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रबाट एक वर्षमा एकलाख रोजगारी सिर्जना गर्ने बताएका छन् । उनले वन क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा २० प्रतिशत योगदान पुर्याउनेसमेत घोषणा गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार दिउसो गरिएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले सरकारले १ बर्षमा ५ लाख जनालाई रोजगारीको व्यवस्था गर्ने कार्ययोजना अघि सारेको बताएका हुन् । जसमधये २० प्रतिशत रोजगारी वन क्षेत्रबाट उपलब्ध गराँउने उनले बताए । उनले भने, ‘सरकारले १ बर्षमा ५ लाख जनालाई रोजगारीको व्यवस्था गर्ने कार्ययोजना अघि सारेको छ । २० प्रतिशत रोजगारी वन क्षेत्रबाट उपलब्ध गराँउने हाम्रो कार्ययोना छ ।’ मन्त्री बस्नेतले वन सम्वनधी केही नीतिमा सुधार गर्दै सरकार र जनता दुबैलाई लाभ पु¥याउने कार्ययोजना अघि बढाएको बताए । नेपालको कुल भूभागको ४० प्रतिशत वन क्षेत्र हुँदाहुँदै बिदेशबाट काठ आयात गर्नुपर्ने अवस्था सकारात्मक नभएको उनले बताए । उनले वनक्षेत्रबाट देखिनेगरी काम गर्ने भन्दै फाइदामा काठ दाउरालाई मात्र नलिई बहुआयामिक उपयोग गर्ने नीति लिने बताए । वातावरणीय सन्तुलनका दृष्टिले नेपालमा वन संरक्षणमुखी योजनाका कारण नीति तथा कानुन कठोर भएको उनले बताए । मन्त्री बस्नेतले ऐनलाई व्यवहारिक वनाएर लैजान आफुले तयारी गरिरहेको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending