गत बैशाख १२ को विनासकारी भूकम्पकाे त्रासदी नसकिँदै मंगलबार पुनः अर्को ठूलो भूकम्प गयो । मंगलबार मध्यान्हको ठूलो भूकम्पको धक्काले मुलुक पुनः विचलित बन्यो । भूकम्पको त्रासले सर्वसाधरण सडक, हुँदै खुल्ला आकाश खोज्दै भौंतारिए । भूकम्पको धक्का कम हुँदै थियो । म्याग्नीच्युट पनि त्यहि गतिमा ओरालो लाग्दै थियो । मानिसहरुमा त्रासको म्याग्नीच्युटको गति भने रोकिएको थिएन । मंगलबारको दोस्रो ठूलो भूकम्प थियो । टिप्पणी लेख्दासम्म ६५ जनाको मृत्यु भइसकेको छ । २ हजार आसपासमा मानिसहरु घाईते भइसकेका छन् ।
दोस्रो ठूलो भूकम्पको केन्द्रविन्दु भनिएको दोलखामा मात्रै ५४ जना भन्दा बढिको मृत्यु भइसकेकेको विवरण सार्वजनिक भइरहेको छ । यद्यपी सम्भावित खतराबाट मानिस सचेत भएकाले ठूलो क्षति हुन भने पाएन ।
बैशाख १२ को भूकम्पमा मात्रै ८ हजार भन्दा बढि सर्वसाधरणले ज्यान गुमाईसकेका थिए । सरकारी तथ्याङ्क अनुसार १७ हजार ८ सय ८५ जना मानिसहरुको आङमा भूकम्पको छिद्र बाँकी नै छन् । २ सय ५४ नेपाली र १ सय ११ विदेशी नागरिकलाई पहिलो ठूलो भूकम्पले कता लाग्यो अहिलेसम्म अत्तोपत्तो छैन । जनताको सुरक्षामा खटिने एक प्रहरी जवान कहाँ छन् ? यो प्रश्नका उत्तर कसैले दिन सकेका छैनन् ।
लाखौं घरहरु क्षतविक्षत बनेका छन् । करोडौं मानिसको मनमा भूकम्पको आलो धक्काले धकेलिरहेको छ ।
अघिल्लो ७.६ म्याग्निच्युटको भूकम्प पछि नेपालका विज्ञहरुले प्राकृतिक विपत्तिको ज्योतिषीय भविष्यवाणी गरेका थिए । प्राकृतिक विपतले अँध्यारो बनेको अनुहारमा ‘अब ठूलो भूकम्प आउँदैन’ भन्दै लेखिएका सन्ध्याकालीन हेडलाईनले क्षणिक उज्यालो दियो । तर मंगलबारको भूकम्पले भूगर्व ज्योतिषीलाई फगत सावित गरिदियो । जनमानसले उनीहरुको भविष्यवाणीलाई पत्याउने आधार देखेनन् । त्यसैले त नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी सामाजिक सञ्जाल फेसबुकमा भूगर्व विज्ञहरुलाई व्यंग्यको भाषामा लेख्दै थिए ‘ आजदेखि म पनि भूगर्भविद्, ठूलो भूकम्प गएपछि सानासाना पराकम्पन गइरहन्छ, कहिले काँहि ठूलै पनि जान सक्छ, आत्तिहाल्नु हुन्न, केहि समय खुल्लै बाहिरै रहनुहोला ।’
खबरडबलीले बैशाख १२ को भूकम्पपछि भूगर्व विभागका उपमहानिर्देशक सोमनाथ सापकोटासँग भेट गरेको थियो । उनले ठूलो भूकम्प जाने शक्ति नै सकिएको ठोकुवा गरेका थिए । सापकोटाको दाबीलाई मंगलबारको भूकम्पले ठाडै अस्वीकार गरिदियो । उनले ससाना पराकम्पन मात्रै आउने दाबी गरेका थिए । तर मंगलबार मध्यान्ह बैशाख १२ कै हाराहारीमा भूकम्पको धक्का महशुस गरियो । भूकम्पको शक्तिको स्रोत नै सकियो भन्दै आएका सापकोटालाई त्यो धक्का के लाग्यो होला ?
हुन त प्राकृतिक विपत्तिको भविष्यवाणी कसैले पनि गर्न सक्दैनँ । यदि कसैले ज्योतिष बनेर प्राकृतिक विपत्तिको हस्तरेखा हेर्छ भने त्यो फगत चर्चाको दुनियाँमा छिर्ने ढोका मात्रै हो । किनकी प्राकृतिक विपत्ति मानिसको हस्तरेखा हेर्नु जस्तो होइन । यदि त्यस्तो थियो भने बैशाख १२ अघि कुनै विज्ञले रेड सिग्नलको भाषामा भन्थे होलान, ‘नेपालमा ७.६ म्याग्नीच्युटको भूकम्प आउँदैछ, सावधान !’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: