Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

माननीयज्यू ! जनताको पाल खोस्न लाज लाग्दैन ?

काठमाडौं, जनता सरकारको लागि हो, तर सरकार जनताको लागि हुँदै होइन । बुधबार संविधानसभाको दृष्यले यस्तै यस्तै बताउँछ । विनासकारी भूकम्पबाट आहत बनेका जनतालाई विभिन्न मुलुकले दिएको राहत संविधानसभा भित्रै खोसाखोस हुनु नेपाली राज्यको पछिल्लो ऐना थियो । जनताद्वारा निर्वाचित सभासद्हरुले जनताको नाममा आएको त्रिपाल लिएको लाजमर्दो दृष्यले छापा माध्यम तथा अनलाइन माध्यमहरु रंगिए । सामाजिक सञ्जालमा तिब्र विरोधसमेत भइरहेको छ । जनताको आहतमा राहत खोज्नुपर्ने सभासदहरुले सभामुखसमक्ष आफ्नै लागि त्रिपाल मागेका थिए  । मागको चाप बढेपछि सभामुख सुवासचन्द्र नेम्वाङले गृहमन्त्री बामदेव गौतमसँग छलफल गरेका थिए । गौतमले  भूकम्पपीडित जनताको लागि आएको राहतको त्रिपाल बाँड्न सुझाव दिएपछि नेम्वाङले बुधबार संविधानसभा भित्रै पाल बाँड्ने व्यवस्था गरेका थिए । तिब्र विरोध गरेपछि सभामुख आफैले रुलिङ्ग गरेका थिए । रुलिङ्गपश्चात् सबै पाल जम्मा पारेर दोलखा पुर्याउन सहमत भएका थिए । गत बैशाख १२ गतेको विनासकारी भूकम्प र मंगलबारको दोस्रो ठूलो भूकम्पबाट ८ हजारभन्दा बढिले ज्यान गुमाइसकेका छन् । २० हजारको हाराहारीमा घाइतेहरु छन् । ज्यान गुमाएका परिवार र आफन्तले हालसम्म पनि राज्यबाट केहि नपाएको गुनासो समेत आइरहेकै छ । भूकम्पको तीन हप्ता वितीसक्दा पनि लाखौं जनता ओत नपाएर खुल्ला आकाशमा रात बिताउन बाध्य छन् । तिनै मुद्दा सरकारको कानसम्म पुर्याउने जिम्मेवारी लिएका सभासद् आफैले मात्रै पाल पाउँदा निकै  खुसी देखिन्थे । संविधानसभा हलबाट रातो पाल च्यापेर मुस्कुराउँदै बाहिरिएका राजेन्द्र पाण्डे  र सुरेन्द्र पाण्डेसहित अन्य सभासदको  तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । पूर्व मन्त्रीद्वय पाण्डे दाजुभाइ ३ सय नेपाली रुपैयाँ पर्ने पाल किन्न नसक्ने हैसियतका भने होइनन् । उनीहरुले चाहे भने पाल नपाएर छट्पटिरहेका गृहजिल्ला धादिङका अधिकांश गाउँमा छानो दिन सक्छन् । तर सित्तैमा पाए पछि उनीहरुले किन छोड्थे । छोडेनन् । गृह जिल्ला धादिङ्गका अधिकांश गाउँमा अझै पाल पुगेको छैन । संसद सचिवालय कर्मचारी स्रोतका अनुसार सचिवालयमा सभासद्हरुले आफूहरु भूकम्पपीडित भएको भन्दै पाल माग गरेका थिए । पाल दिनु षड्यन्त्र थियो राजेन्द्र पाण्डे आफूहरु माथि ठूलो षड्यन्त्र भएको दाबी गर्छन् । ‘हाजिर गर्ने ठाउँमा संसद कर्मचारीले पाल राखेका रहेछन् ।’ पाण्डे भन्छन् – ‘हामीलाई थाहा भएन र बोकेर आयौं । तर त्यो षड्यन्त्र रहेछ ।’ षड्यन्त्र भन्ने बुझ्दा बुझ्दै किन पाल लिनु भयो ? भन्ने प्रश्नमा भने पाण्डे मौन रहे । काँग्रेस सभासद् रामहरि खतिवडा, रविन्द्र अधिकारीसहित केही नेताहरुले संविधानसभाभित्र दिएको पाल लिएनन् । संविधानसभा भित्र पाल दिनु अपमान भएको उनीहरुको ठहर थियो । तर, केही दलका सभासदले आफूले पाउने भन्दा बढि पाल गाडीमा लुकाएका थिए । ‘पाल लिनेले षड्यन्त्र भयो भन्न मिल्दैन ।’ खतिवडा भन्छन् – ‘लिने मान्छेले पहिल्यै सोच्नु पथ्र्यो, पहिला लिने अनि पछि षड्यन्त्र भयो भन्न कसरी मिल्छ ?’ जनप्रतिनिधीले जनताको यसरी त्रिपाल लिनु नैतिकताले नदिने खतिवडाको तर्क छ । ‘मेरो जिल्लाको सबै भूकम्प पिडितले पाल नपाएसम्म मैले पाल लिएर के अर्थ रह्यो र ?’ उनी भन्छन् – ‘ जनतालाई अपमान गरेर जनप्रतिनिधि सम्मानित हुँदैन । एमाओवादी सभासद् दलजीत श्रीपाइली जनताको नाममा आएको त्रिपाल सभासद् आफैले कब्जाको शैलीमा लिनु लज्जास्पद भएको बताउँछन् । ‘संसद भित्रै यसरी बाँडिनु नै गलत थियो ।’ श्रीपाइली भन्छन् – ‘जनतालाई ओत दिने निति बनाउने सभासद्ले आफ्नै लागि पाल पाउँदा के के नै पाइयो जस्तो गर्नु लज्जास्पद् थियो ।’ संसद सचिवालयका सचिव ठाकुर बराल कर्मचारीले सभामुखकै आदेश अनुसार  पाल व्यवस्था गरेको बताउँछन् । ‘हामी नियम अनुसार काम गर्ने हो ।’ बराल भन्छन् – ‘माननीय ज्यूहरुले आरोप लगाए जस्तो होइन ।’ त्यसो त भूकम्पबाट कोहि पनि अछूतो रहन सकेको छैन । सभासद पनि आम मान्छे जस्तै हुन् । उनीहरु पनि भूकम्पबाट प्रभावित छन् । उनीहरुले पनि राज्यबाट पाल माग्न पाउँछन् । तर सभासद् भनेको आफ्ना लागि मात्रै माग्ने जिम्मेवारीका होइनन् । उनीहरुको जिम्मेवारी ‘दिनु’ हो । आहतमा रहेका जनताको लागि माग्नु हो, तर आफ्ना लािग होइन ।  दिने जिम्मेवारी बोकेकाहरु नै जनताको लागि आएको राहतमा मुख मिठ्याउँछन् भने बिना पाल छिँडिमा रात बिताउनेहरुले कहाँ गएर ओत खोज्ने ?                                       तस्बिरः नयाँ पत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies