काठमाडौं, ५ जेठ । खानेपानी मन्त्री बिना मगरले राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।
काठमाडौंको नागार्जुन नगरपालिका–२ तिनघरे रातोगुम्बामा आइडब्लूएफएन कराँते डो एसोसिएसन र नागार्जुन तिनघरे युवा क्लबले आयोजना गरेको ३ नम्बर प्रदेश स्तरीय वादो कराँते च्याम्पियनसिप प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन खेलकुदको महत्व रहेको बताइन् । ‘कराँते मात्रै होइन, विभिन्न विधाका खेलले राष्ट्रको गौरव बढाएका छन् । अहिले क्रिकेटर सन्दीप लामिछाने विश्वभरि चर्चामा छन्,’ उनले भनिन्, ‘जनस्तर र युवामाझ खेलकुदप्रति उच्च आकर्षण रहेको छ ।’
खेलकुदले मानिसलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्ने बताउँदै मन्त्री मगरले अनि मात्रै देश विकास र समृद्धिका लागि सोच्न सकिने बताइन् । ‘राष्ट्रका निम्ति योग्य र सक्षम नागरिक उत्पादन गर्न समेत खेलकुदको महत्व छ,’ उनले भनिन्, ‘खेलकुदले समाजका विकृतिविरुद्ध लड्ने उर्जा प्रदान गर्छ, युवालाई समाज परिवर्तनमा लाग्न प्रेरित गर्छ ।’
मन्त्री मगरले खेलकुदको विकासका लागि आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाइन् । ‘खेलकुदको विकासका लागि स्थानीय स्तरमा स्वस्फूर्त हुने प्रयास प्रशंसनीय रहेका छन्,’ उनले भनिन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: