जेष्ठ २ गते, २०७२ शनिवार 16th May, 2015 Sat१२:२६:३६ मा प्रकाशित
संसारमा प्राकृतिक वा मानव सृजित विपत्तिहरु हुन्छन् । ठूलो विपत्तिहरु आइलाग्दा त्यस्तो विपत्तिमा परेर बाँचेका मानिसहरु, विपत्तिलाई नजिकबाट नियालेकाहरु, घरबार बिहिन भएका तथा आफन्त गुमाएकाहरुमा थुप्रै खालका तनावका लक्षणहरु देखा पर्छन्, जसलाई मानसिक रोगकै लक्षणहरु भनिन्छ ।
जसले त्यस्ता घटनाहरुलाई प्रत्यक्ष भोगेको हुन्छ, त्यस्ता मानिसहरुमा विभिन्न चरणमा विभिन्न लक्षणहरु देखिन्छन् । यी लक्षण बहुसंख्यक मानिसहरुले अनुभव गर्छन् ।
लक्षणहरु
सुरुवातमा प्रत्यक्ष अनुभव गरेको मान्छे ‘शक’ को अवस्थामा पुग्छ । ‘शक’ भनेको घटना भएको हो वा होइनको अवस्थालाई बुझिन्छ ।
दोस्रो अवस्थालाई ‘डिनायल’ भनिन्छ । आफन्तहरु गुमाउँदा घटना वास्तविक हो कि होइन भनेर ‘कन्फ्युजन’ को अवस्थामा पुर्याउने स्थिती डिनायल हो । यस्ता लक्षणहरु एक पछि अर्को गरेर अथवा सँगै आउँछन् । यसका लागि निश्चित समयसीमा भने हुँदैन ।
कुनै घटना पछि ‘होइन मलाई मात्रै किन ?’ भन्दै आफैभित्र द्वन्द्व हुन्छ जसलाई ‘बार्गेनिङ’ भनिन्छ । ‘मलाई मात्रै विपत्ति पर्यो, दैवले ठग्यो ।’ यो अवस्थामा यस्ता खालका सोचहरु चरणबद्ध रुपमा आउँछन् ।
‘बार्गेनिङ’ पछिको अवस्थालाई ‘ग्रिफ रियाक्सन’ भनिन्छ । आफन्त गुमाउँदा मानिसहरुबाट जुन प्रकारको प्रतिक्रिया आउँछ, त्यसलाई ‘ग्रिफ रियाक्सन’ भनिन्छ । यो स्थिती केही दिनदेखि केही हप्तासम्म रहने गर्दछ । प्राय जसो मानिसहरुले यो अनुभव गरेकै हुन्छन् ।
अर्को अवस्था भनेको ‘एक्युट स्ट्रेस रियाक्सन’ हो । यो अवस्था केही घण्टादेखि केही दिनसम्म रहने गर्दछ । यस्तो अवस्थामा मानिसहरुलाई डर लागिरहने, मुटुको धड्कन तेज हुने, कुनै पनि घटना फेरि भइराखेको छ जस्तो अनुभव हुने, भूकम्प नआउँदा पनि आइहेको जस्तो महसुस हुने, त्यस्तै प्रकारको विभत्स घटना दोहोरिन्छ कि भनेर डराउने, अस्थिरता, चञ्चलता, निरासाजस्ता लक्षणहरु देखा पर्ने गर्दछन् । यसैका कारण कतिपय कुरामा मानिसहरु अचेत हुने, बोलेको ठेगान नहुने, उल्टोपाल्टो बोल्ने पनि गर्दछन् । यस्ता लक्षणहरु औषधीउपचार नगर्दा पनि केहि दिनमा हराउँदै जानुपर्छ । यसलाई मनोसामाजिक परामर्शमार्फत हटाउनुपर्छ ।
अर्को अवस्था ‘एक्युट इस्ट्रेस डिसअर्डर’ हो । यो अवस्थामा मानिसहरुलाई पुरानो अनुभव दोहोरिएजस्तो महसुस हुन्छ । सामान्यतया यी सबै लक्षणहरु एक महिनाभन्दा बढि रहने गर्दछन् ।
एक्युट स्ट्रेस रियक्सन र डिसअर्डर उस्तै प्रकारको हो । एक महिनाबिच त्यो अवस्था हराएर जान्छ । पटक–पटक भूकम्पको धक्का महसुस भइरहेकाले हाम्रो हकमा यो लामो समयसम्म रहिरहने अनुमान गरिएको छ । चार हप्ता पछाडी पनि पुरानो त्रासदी सम्झँदा गाह्रो हुने, त्रासदीमा परेका मानिस देख्दा गाह्रो हुने, त्यो ठाउँमा जान गाह्रो हुने, पुर्नअनुभव हुने, केहि नभएको अवस्थामा पनि आँखा अगाडि विभत्स तस्बिरहरु खेलिरहने, त्यस्ता कुराहरुबाट भाग्न खोज्ने, ननिदाउनेजस्ता लक्षणहरु देखिएमा त्यसलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) भनिन्छ । पिटिएसडी वर्षौंसम्म पनि रहन सक्छ । उदाहरणको लागि २०६३ सालमा युद्धविराम भयो । त्यतिबेला युद्धमा खटिएकाहरुमा पनि अहिले पनि पिटिएसडीको लक्षण देखापर्छन् । अहिले पनि कुनै मानिसहरुलाई आर्मी वा माओवादीको कम्ब्याट ड्रेस देख्यो भने उनीहरुलाई गाह्रो हुन्छ । त्यस्तै, भूकम्पको हकमा पनि त्यहि हो । भूकम्प सम्झियो भने, भूकम्पमा आफन्तको लास सम्झियो भने, घर लडेको सम्झियो भने पनि मानिसहरुलाई गाह्रो हुन्छ । यस्तो सम्भावना वर्षौंसम्म रहन सक्छ ।
कुनै अलि विक्षिप्त खालका मानसिक रोगीहरु पनि पाइने गर्दछन् । कुनै मानिसहरुमा यस्तो रोग लाग्ने सम्भावना थियो तर बाहिरबाट त्यो लक्षण नदेखिएकाहरुमा यस्तो खालको ठूलो विपत्तिले मानसिक रोग प्रष्फूटित गराउने काम गर्छ ।
यसका साथै मानिसहरुलाई डिप्रेसन पनि गराउँछ । परिवारको सबै सदस्य गुमे । सम्पत्ति गुम्यो । आफू मात्रै जिवित भएको खण्डमा मानिसहरुमा होपलेस, हेल्पलेस खालको मनस्थिती आउँछ । ‘म बाँचेर व्यर्थ छ । मेरो जीवन व्यर्थ छ । म एक्लो छु ।’ भन्ने खालका भावना आउने गर्दछ जसका कारण मानिसहरु आत्महत्या पनि गर्न पछि पर्दैनन् । यतिबेला ‘सरकारले केहि राहत दिएन भने हामी आत्महत्या गर्छौं’ भन्ने खालको कुराहरु पनि आइरहेका छन् । यो पनि डिप्रेसनको भावना नै हो जुन बढ्दै गए गम्भीर बन्ने गर्दछ । यसलाई पनि हामी मनोरोगकै रुपमा लिने गर्दछौँ । यस्तो अवस्थामा लागु पदार्थ दुव्र्यसनीहरु बढ्ने, जाँड रक्सीको कुलतमा फस्ने सम्भावना बढि हुन्छ । मानिसहरु असुरक्षित महशुस भएपछि तनाव हुन्छ, तनाव कम गर्न कुलततिर लाग्ने खतरा पनि त्यत्तिकै बढ्ने गर्दछ भूकम्पका कारण मानसिक रोगका क्षेत्रमा प्रभाव नपार्ने क्षेत्र नै छैन ।
समाधान कसरी गर्ने ?
यस्तो प्रकारको समस्यालाई हल गर्नको र मानिसहरुलाई सामान्य जनजीवनमा फर्काउन डाक्टर, नर्स वा साइक्याट्रिसको मात्रै भूमिका नभई सबैको बराबर भूमिका हुन्छ । यसका लागि सचेतनाको आवश्यक छ ।
यी यस्ता खालका लक्षणहरु हुन् जुन सबैले अनुभव गरेका छन् । ‘तपाईं मात्रै एक्लो होइन । तपाईंले मात्रै दुःख पाउनु भएको होइन’ भन्ने खालको सुझाव दिनुपर्छ । उनीहरुलाई मन दह्रो पार्न उत्प्रेरणा दिनुपर्छ । एक आपसमा अपनत्वको विकास गर्नुपर्छ । माया प्रेमको कुराहरु गर्नुपर्छ । अलि थोरै विपत्तिमा परेको मानिसले अलि धेरै विपत्तिमा परेको मान्छेलाई सहयोग गर्नुपर्छ । एक आपसको कुराहरु ‘सेयर’ गर्नुपर्छ । यस्तो गर्दा धेरै जसो समस्या केहि हप्तामा नै हल हुन्छ ।
यसो गर्दा पनि पनि समस्या हल नभएमा अन्तिममा जाने मनोपरामर्शदाता वा मनोचिकित्सककोमा नै हो । एक महिना वा लामो समयसम्म त्रासदी बढ्यो, निराशाका भावनाहरु बढ्न थाल्यो, विक्षिप्तता बढ्यो, कुनै पनि व्यक्तिलाई असामान्य व्यवहार देखाउन थाल्यो भने, त्यस्तो अवस्थामा मनोचिकित्सकको सेवा लिनुपर्छ । यस्तो सेवामा औषधि उपचार र मनोपरामर्श पनि हुनसक्छ । यस्तो सेवा लिन हिच्किचाउनु हुँदैन । यस्तो लक्षण देखापरेमा ‘म कडा खालको मानसिक रोगको सिकार भएँ, म जीन्दगिभरि यस्तै हुन्छु कि ?’ भन्ने साच्नु गलत हो । धेरैजसो मानिसले यस्तो समस्या अनुभव गर्छन् ।
तनाव कम गर्ने, मनमा आउने नकारात्मक सोचहरु कम गराउने औषधीहरु प्रयोग गर्न सकिन्छ । रिल्याक्ससेसन थेरापी, ब्रिदिङ एक्सरसाइज पनि गर्न सकिन्छ । रियालीटिमा बाँच्न सिकाउने कार्य मनोपरामर्शदाताले गर्छन् । त्यो जरुरी छ । यसो गर्यो भने धेरैजसो समस्या समाधान हुन्छ । यति हुँदा हुँदैै पनि अन्य देशको अनुभवले कडाखालको मानसिक रोगी बढेको पनि देखाउँछ । ५ वर्ष अघिको हाइटीे, जापानको भूकम्प वा सुनामीबाट बाँचेका मान्छेहरु मध्ये १० प्रतिशतमा कडा खालको मानसिक रोग देखिएको थियो । पिटिएसडी भएको पनि देखियो । त्यस्तालाई लामो समय चिकित्सकको निगरानीमा राखेर औषधि उपचार गर्नुपर्छ । पुनःस्थापनाको कुराहरु गर्न जरुरी छ । लागुपदार्थ तथा रक्सीजन्य पदार्थबाट टाढा रहनुपर्छ ।
सबै ठाउँमा मानसीक रोग विशेषज्ञ हुन्छन् भन्ने होइन । तर अधिकांश जनता जो त्रास, डर, निराशा अनिश्चितता भयमा बाँचेका छन् उनीहरुको लागि सामाजीक कार्यकता, पत्रकार, रुट ग्राउण्डमा बसेर काम गर्ने अहेब अनमी उहाँहरुले पनि धरै कुरा गर्न सक्नु हुन्छ ।
यो समस्या यो देशका लागि मात्रै होइन । हामीलाई यहाँ विपत्ति प¥यो, भने यसले विदेशमा रहने हाम्रा आफन्तलाई पनि बिरामी पार्छ । यसले भूगोल भन्दैनँ, समय भन्दैनँ ।
यस्तो बेला सबै कुरा राज्यलाई दोष लगाएर केहि भएन भन्नु ठिक होइन । हामी सबैको दायित्व छ । राज्यले क्षमताले भ्याएसम्म गरेको छ । हामी पूर्व तयारीमा थिएनौं । त्यो हाम्रै कमजोरी हो । जो जुन ठाउँमा छ त्यसले गर्न सक्ने गर्ने हो । यस्तो बेला नाफामूखी वा पैसामुखी भएर हुन्न ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: