Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भूकम्पले नछाेड्दै बाघकाे त्रास सुरू

काठमाडौँ, उपत्यकाको तारकेश्वर नगरपालिका–८ जीतपुरफेदीका बासिन्दालाई भूकम्पसँगै बाघले तर्साउने गरेको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पको पीडा सर्वसाधारणमा एकातिर छँदैछ त्यससँगै बाघले रातमा सुतेको ठाउँ वरपर आएर तर्साउने गरेको स्थानीय रामशरण गजुरेलले बताए । उनले भने, \'भूकम्पले सम्पूर्ण घरगोठ लग्यो बारीमा पाल टाँगेर बसेका छौँ, त्यहाँ पनि शिवपुरी राष्ट्रिय निकुञ्ज र नागार्जुन जङ्गलबाट बाघ आएर त्रास देखाउने गरेको छ ।\' यस्तै तारकेश्वर नगरपालिका–६ का ८० वर्षीय वृद्ध होमनाथ अर्यालको पीडा पनि उस्तै छ । उहाँको भूकम्पले घरगोठ लगेपछि गोठमा बाँधेको पाँचवटा बाख्रा, दुईवटा लैनो गाई र दुई बाच्छाबाच्छीको बिचल्ली भएको छ । सम्पत्तिको नाममा भएको घर भत्केको र हातमुख जोर्न पालिएका पशु चौपायाको समेत असुरक्षित असुरक्षित भएकामा उनि चिन्तित छन् । रातमा आएको बाघले खाइदिने हो कि भन्ने चिन्ताले रातभर जाग्राम बसेको बताउँछन् । यस्तै सोही ठाउँकै ८२ वर्षीया उमापति अर्यालको व्यथा पनि उस्तै छ । उहाँले पालेका दुईवटा लैना गाईको बिजोग भएपछि आफूलाई बास बस्न दिएको पाल गाईलाई ओढाएर आफू अर्कोको छाप्रोमा बस्दै आएको बताउँछन् । दमको व्यथा भएका अर्यालले भूकम्पपीडित बूढापाकाका लागि राज्यले कम्बल र कपडा दिन लागेको छ भन्ने खबर के साँचो हो भन्दै राहत दिन गएका टोलीसँग प्रश्न गरे । यस्तो गाउँलेको पीडामा मलम लगाउन सो क्षेत्रका भूकम्प प्रभावित जनतालाई ब्रह्मकुमारी राजयोग केन्द्रले राहत वितरण गरेको थियो । केन्द्रको सक्रियतामा आज काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाका ८ र ९ वडाका भूकम्प प्रभावित जनतालाई त्रिपाल, कम्बल, बिस्कुटलगायतका सामग्री वितरण गरेको हो । प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, ग्लोबल अस्पताल र मेडिकल विगं माउण्ट आबु भारतको सक्रियतामा सङ्कलन गरिएको कम्बल, खाद्यान्न र त्रिपाल ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको पहलमा वितरण गरिएको केन्द्रका उपाध्यक्ष ब्रह्मकुमार रामसिंह ऐरले बताए । हालसम्म राजयोग केन्द्रले काठमाडौँको साँखु, जीतपुरफेदी, धादिङको जीवनपुर, सिन्धुपाल्चोकको नवलपुर, बराम्ची, पदमवास र स्थानीय सेवा केन्द्रको सहयोगमा दोलखा र रामेछापमा चार हजार कम्बल, दुई हजार त्रिपाल, १० टन खाद्यान्न वितरण गरिएको केन्द्रका ब्रह्मकुमार हरि शर्मा पौडेलले जानकारी दिए । मानव सेवा नै ठूलो धर्म भएको भन्दै ब्रह्मकुमारी राजयोग केन्द्रले देशको विपत्तिमा अझै सहयोग गर्न तयार रहेको पौडेलले बताए । तारकेश्वर नगरपालिकामा भूकम्पले १० जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी मानिस घाइते भएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: