Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भूकम्पले नछाेड्दै बाघकाे त्रास सुरू

काठमाडौँ, उपत्यकाको तारकेश्वर नगरपालिका–८ जीतपुरफेदीका बासिन्दालाई भूकम्पसँगै बाघले तर्साउने गरेको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पको पीडा सर्वसाधारणमा एकातिर छँदैछ त्यससँगै बाघले रातमा सुतेको ठाउँ वरपर आएर तर्साउने गरेको स्थानीय रामशरण गजुरेलले बताए । उनले भने, \'भूकम्पले सम्पूर्ण घरगोठ लग्यो बारीमा पाल टाँगेर बसेका छौँ, त्यहाँ पनि शिवपुरी राष्ट्रिय निकुञ्ज र नागार्जुन जङ्गलबाट बाघ आएर त्रास देखाउने गरेको छ ।\' यस्तै तारकेश्वर नगरपालिका–६ का ८० वर्षीय वृद्ध होमनाथ अर्यालको पीडा पनि उस्तै छ । उहाँको भूकम्पले घरगोठ लगेपछि गोठमा बाँधेको पाँचवटा बाख्रा, दुईवटा लैनो गाई र दुई बाच्छाबाच्छीको बिचल्ली भएको छ । सम्पत्तिको नाममा भएको घर भत्केको र हातमुख जोर्न पालिएका पशु चौपायाको समेत असुरक्षित असुरक्षित भएकामा उनि चिन्तित छन् । रातमा आएको बाघले खाइदिने हो कि भन्ने चिन्ताले रातभर जाग्राम बसेको बताउँछन् । यस्तै सोही ठाउँकै ८२ वर्षीया उमापति अर्यालको व्यथा पनि उस्तै छ । उहाँले पालेका दुईवटा लैना गाईको बिजोग भएपछि आफूलाई बास बस्न दिएको पाल गाईलाई ओढाएर आफू अर्कोको छाप्रोमा बस्दै आएको बताउँछन् । दमको व्यथा भएका अर्यालले भूकम्पपीडित बूढापाकाका लागि राज्यले कम्बल र कपडा दिन लागेको छ भन्ने खबर के साँचो हो भन्दै राहत दिन गएका टोलीसँग प्रश्न गरे । यस्तो गाउँलेको पीडामा मलम लगाउन सो क्षेत्रका भूकम्प प्रभावित जनतालाई ब्रह्मकुमारी राजयोग केन्द्रले राहत वितरण गरेको थियो । केन्द्रको सक्रियतामा आज काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाका ८ र ९ वडाका भूकम्प प्रभावित जनतालाई त्रिपाल, कम्बल, बिस्कुटलगायतका सामग्री वितरण गरेको हो । प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, ग्लोबल अस्पताल र मेडिकल विगं माउण्ट आबु भारतको सक्रियतामा सङ्कलन गरिएको कम्बल, खाद्यान्न र त्रिपाल ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको पहलमा वितरण गरिएको केन्द्रका उपाध्यक्ष ब्रह्मकुमार रामसिंह ऐरले बताए । हालसम्म राजयोग केन्द्रले काठमाडौँको साँखु, जीतपुरफेदी, धादिङको जीवनपुर, सिन्धुपाल्चोकको नवलपुर, बराम्ची, पदमवास र स्थानीय सेवा केन्द्रको सहयोगमा दोलखा र रामेछापमा चार हजार कम्बल, दुई हजार त्रिपाल, १० टन खाद्यान्न वितरण गरिएको केन्द्रका ब्रह्मकुमार हरि शर्मा पौडेलले जानकारी दिए । मानव सेवा नै ठूलो धर्म भएको भन्दै ब्रह्मकुमारी राजयोग केन्द्रले देशको विपत्तिमा अझै सहयोग गर्न तयार रहेको पौडेलले बताए । तारकेश्वर नगरपालिकामा भूकम्पले १० जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी मानिस घाइते भएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy